धोका दिएका कारण विदेशिएका पति सम्बन्ध विच्छेद चाहन्छन्

हेटौँडा, साउन २३- मकवानपुर जिल्लामा आर्थिक वर्ष २०६७-६८ को अवधिमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या तीव्ररूपमा वृद्धि भएको छ। श्रीमान् र श्रीमतीको नाता तोड्न चाहनेहरूमा धेरैजसो वैदेशिक रोजगारीका लागि विदेसिएका पति एवम् मदिराको लत लागेका पतिबाट आजित भएका महिला छन्।
 मकवानपुर जिल्ला अदालतमा आर्थिक वर्ष २०६७-६८ मा कुल एक सय तीन थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।
यसमध्ये अदालतले ७२ थान सम्बन्ध विच्छेदको मुद्दा फर्छ्यौट गरेको थियो।
जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०६६-६७ मा जम्मा ४५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए।
आफूले विदेशबाट कमाई पठाएको रूपैयाँ र सुन अन्य युवकसँग लागी दुरूपयोग गरेर धोका दिएका कारणबाट कतिपय पतिले सम्बन्ध विच्छेद गर्न चाहेका देखिएको छ।

केही मुद्दामा त्यस्ता सम्पत्ति पीडित पतिलाई केटा पक्षबाट अदालतले फिर्ता दिलाएको अदालतका श्रेस्तेदार हरिप्रसाद भट्टले बताए।
यसैगरी, जिल्ला अदालतले गत आर्थिक वर्षमा दर्ता रहेको जम्मा सात सय ९० थान मुद्दामध्ये चार सय ८४ थान मुद्दाको फर्छ्यौट गरेको छ।
सो अदालतमा दर्ता रहेका व्यक्तिको जग्गाको स्वामित्व कायम, जग्गाधनी र जग्गा कमाउने मोहीबीच जग्गाको स्वामित्व बाँडफाँट, ऐलानी जग्गा दर्ता, पारिवारिक अंशबण्डा, लेनदेन, सवारी दुर्घटना, लागुऔषध बिक्री, बलात्कार, ठगी र भ्रष्टाचारसम्बन्धी मुद्दा फर्छ्यौट गरिएको हो।
पुराना बाँकी तीन सय ६ थान मुद्दा चालु आर्थिक वर्षको भदौको तेस्रो हप्ताबाट फर्छ्यौटका लागि प्रक्रियामा लगिने जिल्ला अदालतले जनाएको छ। रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out