समलिंगी युवतीको प्रेम

काठमाडौं, भदौ १ (नागरिक)- समलिंगी युवतीको प्रेमकथामा फिल्म बन्ने भएको छ। नेपाली समाजले स्विकार्दै गरेको सम्बन्धलाई 'स्नो फ्लावर' नामक फिल्मले पनि उठान गर्न लागेको हो।
राजधानीमा बुधबार फिल्मको मुहूर्त गरियो। फ्रान्समा बस्ने नेपाली रंगकर्मी सुवर्ण थापाको निर्देशनमा बन्ने फिल्ममा दिया मास्के र निशा अधिकारीले दुई समलिंगी युवतीको भूमिका निर्वाह गर्नेछन्।
'प्रेममा सेक्स नै हुनुपर्छ भन्ने छैन। भावनात्मक रूपमा समलिङ्गीहरू पनि समाजकै सदस्य हुन्,' अभिनेत्री निशा अधिकारीले भनिन्। फिल्मकौ लागि आफ्नो लामो कपाल काटेकी निशालाई यो फिल्मको ठूलो आशा छ। 'ग्रामीण क्षेत्रमा यस्ता मानिसहरू छन्। जो खुल्ला रूपमा आउन सकेका छैनन्। यो फिल्म यस्ता मानिसका लागि प्रेरणाको स्रोत हुन सक्छ,' उनले थपिन्।

कार्यक्रमका अतिथि निर्देशक नवीन सुब्बाले फिल्मको उच्च सम्भावना रहेको सुनाए। उनले भने, 'नेपाली फिल्म रूपान्तरणको प्रक्रियामा रहेको प्रमाण हो यो। यो फिल्म कोशेढुंगा हुनसक्छ।'
'स्नो फ्लावर'का निर्देशक सुर्वण थापाले दुई वर्षको अनुसन्धानपछि फिल्म निर्माण गर्न लागेको बताए। 'समलिंगीबारे फिल्म बन्नै पर्छ भन्ने लागेर स्त्रि्कप्ट तयार गरेको हुँ। नेपालमा लैंगिक अल्पसंख्यकको पक्षमा आवाज उठिरहे पनि खुल्लासँग हिँड्ने वातावरण छैन,' उनले थपे।
अर्की अभिनेत्री दिया मास्केलाई पनि नौलो विषयमा काम गर्न पाएकोमा रोचक महसुस भएको छ। 'विदेशमा यसबारे धेरै फिल्म बने पनि नेपालमा पहिलोपटक समलिङ्गी बन्न लागेको छ। राम्रो हो।'
कार्यक्रममा फिल्ममा राखिने दुई गीत नताशा र सुजिताले सुनाएका थिए। फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, भारती घिमिरे, निशा शर्मा, नम्रता श्रेष्ठ र राजवल्लभ कोइरालाको समेत अभिनय छ। बिहीबार सुरु हुने फिल्मको सुटिङ काठमाडौं र पोखरामा गरिनेछ।
पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'गुडबाई काठमाडौं'का प्रमुख अभिनेता सुवर्णले यसअघि सरुभक्तको नाटकमा आधारित छोटो फिल्म 'मलामी' निर्देशन गरेका थिए।

निशा र दिया अब लेस्बियन
काठमाडौ, भाद्र १ - पछिल्लो समय नेपाली फिल्मले प्रविधिका साथै विषयवस्तुमा पनि केही नयाँपन अपनाउन थालेको छ । बिहीबारदेखि छायांकन थालिने फिल्म 'हिउँका फूलहरू' ले लेस्बियनको कथालाई उठान गर्ने भएको छ । नायिकाद्वय निशा अधिकारी र दिया मास्केले त्यसमा मुख्य भूमिका निर्वाह गर्नेछन् ।
'हिउँका फूलहरू' सुवर्ण थापाले निर्देशन गर्नेछन् । कथा पनि उनैको हो । 'अरू धेरैले पनि दाबी त गर्छन्, तर म विश्वास दिलाउँछु, यो फिल्म एउटा फड्को हुनेछ,' उनले बुधबार फिल्मको शुभ साइतमा भने, 'यसमा दुई प्रेमिकाबीचको माया छ । त्यसैले सामाजिक अवरोध छ, द्वन्द्व छ ।' उनले 'हिउँका फूलहरू' लाई द्वन्द्वात्मक बनाउन चाहेका छन् ।
'झन्डै दुई वर्षअघि नै यसको कथा सुन्दा मार्मिक लागेको थियो,' सोसियल आर्किटेक्ट रिन्छेन योञ्जनले फिल्मको कथाले सामाजिक खोक्रोपनालाई चुनौती दिने पनि दाबी गरिन् । फ्रान्सेली नागरिक सारा कोर्नुले क्यामेरा सम्हाल्ने फिल्मको अधिकांश छायांकन काठमाडौंमै गरिनेछ । कुटुम्ब, सुजिता, आशिष र नताशाको गीत/संगीत रहने 'हिउँका फूलहरू' मा पाश्र्व संगीत सिल्भा मोरिजेले दिनेछिन् । समारोहमा फिल्मको प्रोमोसमेत सार्वजनिक गरिएको थियो । सुबिमाको कोरियोग्राफी रहने फिल्मको कला निर्देशन सगुनमान सिंहले गर्नेछन् ।
मुख्यतः दुई युवतीमै केन्दि्रत हुने फिल्मका लागि सौगात मल्ल, बीएस राणा, लक्ष्मी गिरीसहित सभासद सुनीलबाबु पन्तको अभिनय रहनेछ । राजबल्लभ कोइराला र नम्रता श्रेष्ठ विशेष भूमिकामा प्रस्तुत हुने निर्देशकले जानकारी दिए । फ्रान्समा चलचित्र अध्ययन गरेका सुवर्णले यसअघि सरुभक्तको चर्चित नाटक 'मलामी' माथि लघुफिल्म 'फ्युनरल' बनाएका
थिए । २० मिनेट लामो फिल्मले फ्रान्समा ग्रान्ड प्राइज र इटालीको फिल्म फेस्टिभलमा 'पब्लिक प्राइज' पाएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out