स्नेहसँग स्वास्थ्य र सौन्दर्यको कुरा

तारा चाम्लिङ- सेलिब्रिटी मेकअप आर्टिस्ट स्नेह राणा जिम जाँदिनन्। न त डाइटिङ नै गर्छिन्। तैपनि उनी स्लिम र चुस्त छिन्। चालीस काटिसकेकी स्नेहा उमेरभन्दा दोब्बर कान्छी देखिन्छन्, जसको रहस्य उनको सुखी जीवनशैली हो।
'कडा मिहिनेत गर्नुपर्दैन,' स्नेह भन्छिन् 'आफूलाई स्याहार्ने समय मसँग प्रशस्त छ। खानामा ध्यान दिन्छु, घरैमा दिनहुँ कसरत गर्छु र समयमै निदाउँछु।' मुख्य कुरो, उनी तनावबाट सधैं टाढा रहने कोसिस गर्छिन्। जतिसुकै ध्यान दिए पनि तनाव लिने हो भने स्वास्थ्यमा प्रत्यक्ष असर देखिन्छ भन्ने उनको भनाइ छ।
बिहान ७ : ३० बजे स्नेहको दिन सुरु हुन्छ। हातमुख धोएपछि एक गिलास पानी पिउनैपर्छ। केही बेरपछि खाजा तयार हुन्छ। प्रायः मेवा, गाईको दूध र बदाम। उनी प्याकेटको दूध पिउँदिनन्। गाई पाल्नेले दूध घरैमा ल्याइदिन्छन्। एक घन्टापछि उनी फेरि खान्छिन्। धेरैले खाजामा अन्डा, टोस्ट खाए पनि स्नेहलाई कर्नफेल्क्स र फलफूल भए पुग्छ।

'बिहानै अन्डा खान मन लाग्दैन,' उनी भन्छिन्, 'हल्का खाए पेटलाई पनि आराम।' १० बजे उनी एक लिटर ग्रिन टि पिउँछिन्। एन्टिअक्सिडेन्ट हुने भएकाले ग्रिन टिले विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ।
दिउँसो ११ बजे खाना खाने समय हो। उनी भात खाँदिनन्, रोटी खान्छिन्। साथमा दाल, तरकारी र हरियो सागपात हुनैपर्छ। दिउँसो २-३ बजे खाजा खाने चलन छ। प्रायः फलफूल खाए पनि कहिलेकाहीँ मुख फेर्न चिया-बिस्कुट लिन्छिन्। सुत्नु तीन घन्टाअघि उनी खाना खाइसक्छिन्। ढिलो भए ८ बज्छ, नत्र ७ : ३० भित्र डिनर भइसक्छ। धेरैजसो रोटी, दाल र तरकारी नै हुन्छ। कहिलेकाहीँ स्वाद फेर्न सुप नुडल्स वा पास्ता खान्छिन्। घरबाहिर डिनर-पार्टी जानु परे भने भात खान पनि हिचकिचाउँदिनन्।

धेरैले बिहान कसरत गर्छन्। तर उनलाई साँझ कसरत गर्न रमाइलो लाग्छ। बेलुकी एक घन्टा डम्बेल उचाल्छिन्। चार वर्षअघि एउटी विदेशी साथीले सिकाएयता उनी घरमै कसरत गर्छिन्। 'तन्दुरुस्त रहन हेल्थ कल्ब वा जिम जानुपर्छ भन्ने छैन,' स्नेह भन्छिन्, 'आफ्नै घरमा कसरत गर्न सकिन्छ।'

सधैं उस्तै कसरत रमाइलो हुन्न। त्यसैले कहिलेकाहीँ उनी बगैंचामा हिँड्छिन्, उफ्रिन्छिन्। पानी परेको दिन घरैभित्र सिँढी उक्लने-ओर्लने गर्छिन्।

आकर्षक देखिन उचित खानपान र कसरतले मात्र पुग्दैन। उनी छाला र कपालमा पनि उत्तिकै ध्यान पुर्‍याउँछिन्। बिहान फेसवासले मुख धोएपछि काँचो दूध दल्न भुल्दिनन्। साँझ अनुहार धोएपछि मोइस्चराइजर वा नाइट क्रिम लगाएकै हुन्छिन्। 'ब्युटी प्रोडक्टमा सम्झौता गर्नहुन्न,' स्नेह भन्छिन्, 'जुन पायो त्यही कम्पनीको क्रिम लगाउनाले अनुहार बिग्रन सक्छ।'

उनी अमेरिकी ब्रान्ड एस्टी लडरमात्र प्रयोग गर्छिन्। हप्तामा दुईपटक घरैमा तयार गरेको फलफूलको फेस प्याक लाउँछिन्। हप्तामा एकपटक स्क्रब नगरी उनलाई चित्त बुझ्दैन। सकेसम्म महिनामा एकदिन फेसियल गर्नैपर्छ। हरेक हप्ता कपालमा तेल मसाज गर्न पनि भुल्दिनन्। सरसफाइ र स्याहारमात्र होइन छाला र कपाललाई घामदेखि बचाउनु जरुरी छ। त्यसैले सकेसम्म दिउँसो बाहिर निस्किन्नन्। निस्कनैपरे आधा घन्टाअघि सनस्क्रिन लाउँछिन्।

बडी मसाज गराउन मन नपराउने स्नेह कहिलेकाहीँ फुट मसाज भने गराउँछिन्। 'खासगरी तनावमा काम गर्नुपर्नेले फुट मसाज लिनु राम्रो,' उनी भन्छिन्, 'यसले शारीरिक र मानसिक तनाव दुवै हटाउँछ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out