बलात्कार गरेर भिडियो क्लिप सार्वजनिक गर्नेहरु पक्राउ

सुर्खेत, भदौ १६- सुर्खेतको काँक्रेविहार जङ्गलमा एक युवतीमाथि सामूहिक बलात्कार गर्ने अपराधमा संलग्न तथा मतियारमध्ये एक महिला र दुई पुरुषलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
एक युवतीलाई बलात्कार गर्दै गरेको अश्लील भिडियो क्लिप सार्वजनिक भएपछि घटनामा संलग्न व्यक्तिमध्येका महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
क्षेत्रीय प्रहरी कार्यालयलमा बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले बलात्कारमा संलग्न लाटीकोइली- ८ का सरोज जिसी र बलराम रावतलाई सार्वजनिक गरेको छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।
क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी पार्वती थापाका अनुसार सामूहिक बलात्कारको घटनामा रावल र जिसीसहित लाटीकोइली- ८ का भोला भनिने अनन्तराज मानन्धर, लाटीकोइली- २ बामेखोलाका कृष्ण डाँगी, हेमराज गिरी संलग्न थिए। प्रहरीले घटनाका मुख्य योजनाकार सीता चन्द रावतलाई बिहीबार पक्राउ गरेको जनाएको छ।
डिआइजी थापाका अनुसार घटनामा संलग्न व्यक्तिहरुले पीडित युवती र परिवारलाई घटना बाहिर ल्याए ज्यान मार्ने धम्की दिएका थिए। पीडित युवतीलाई पीडकहरुले अपहरण गरेर सुर्खेतको मैनतडा- ८ की ममता कार्कीको घरमा लुकाइराखेको अवस्थामा बुधबार उद्धार गरेको थियो।
'घटनामा संलग्न रावत र जिसीले दिएको सूचनाका आधारमा युवतीलाई मैनतडा- ८ की ममता कार्कीको घरबाट उद्धार गरेर ल्याएका छौं', डिआइजी थापाले भन्नुभयो- 'उनी एकदमै कमजोर छिन्, मानसिक रुपमा अस्वस्थ छिन् र त्रसित छिन्।'
युवतीलाई अपहरण तथा शरीर बन्धक बनाई काँक्रेविहार जङ्गल क्षेत्रको जन्तीसाल भन्ने स्थानमा अनन्त, हेमराज, कृष्णले पालैपालो जबरजस्ती करणी गरेको र बलराम र सरोजले उक्त कार्यमा सहयोग गरेको प्रहरीको भनाइ छ।
जबरजस्ती करणी गरिरहेको भिडियो अनन्तराज मानन्धरले खिचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
भिडियो ब्लू टुथ, मेमोरिकार्ड, सिडी र इन्टरनेटमा समेत सार्वजनिक भएपछि मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा १३ वटा अधिकारवादी सङ्घसंस्थाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीमा घटनाको सत्यतथ्य पत्ता लगाई दोषीहरुमाथि कानुनी कारबाहीको माग गरिएको छ।
'घटना जघन्य छ, हामी घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्छौं', डिआइजी थापाले भनिन् -'संलग्न जो कोहीलाई पनि छोडिन्न।'
उनले पक्राउ परेकाहरु विरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा चलाइने बताइन् 'युवती अत्यन्तै त्रसित छिन्, उनी बोल्नसक्ने अवस्थामा पनि छैनन्, हामीले उद्धार गरेर सुरक्षित राखेका छौं।'
प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सीताले 'तिमी गरिब छौं, मुद्दा लड्न सक्दैनौँ। यो घटना बाहिर कसैलाई नभन्नु' भनेकी थिइन्। भिडियो क्लिप बजारमा छ्यापछ्याप्ती भएपछि पीडित युवतीलाई अपहरण गरेर एक साताअघि मैनतडा पुर्‍याइएको थियो। रासस
१३ असारमा योजनाबद्ध अपहरण गरी काँक्रेविहार जंगलमा सामूहिक बलात्कार भएको थियो

नयाँ पत्रिका
सुर्खेत, १५ भदौ
काँक्रेविहार जंगलमा 
अपहरण गरी सामूहिक बलात्कारमा संलग्न आरोपीलाई बिहीबार वीरेन्द्रनगरमा सार्वजनिक गरिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी सुर्खेतले पत्रकार सम्मेलन गरी घटनाका मुख्य योजनाकार सीता चन्दसहित तीनजनालाई सार्वजनिक गरेको हो ।
१३ असारमा योजनाबद्ध अपहरण गरी काँक्रेविहार जंगलमा सामूहिक बलात्कार भएको थियो । लाटीकोइली-५ बामेखोला बस्ने वर्ष ३० को कृष्ण डाँगी, लाटीकोइली-८ का २५ का बलराम रावल, लाटीकोइली-८ कै वर्ष २४ को सरोज जिसी र वर्ष २९ को हेमराज गिरी, भोला भनिने अनन्तराज मानन्धर र घटनाको मुख्य योजनाकार सीता चन्द -रावत) रहेको प्रहरीले जनाएको छ ।
घटनाको मुख्य योजनाकार सीता चन्द (रावत), घटनामा संलग्न बलराम रावल र सरोज जिसीलाई पक्राउ गरी जबर्जस्ती करणी भएको भिडियो, मोबाइल र सिडीमार्फत बिक्री भएको हल्ला चलेपछि घटनासम्बन्धी अधिकारवादी संघसंस्थाले सक्रियता जनाएका थिए । घटनाका पीडित २२ वर्षे महिलालाई डर-धम्की देखाएर लामो समयसम्म मैनतडा गाविस-८ ममता कार्कीको घरमा लुकाइरहेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । उद्धारपछि पीडितको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । घटनाका बाँकी आरोपीलाई खोज्ने काम सँगसँगै जारी रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्द परियारले जानकारी दिए । 
जबर्जस्ती करणी गरेपछिको दृश्य  भिडियो रेकर्डिङ गरी  प्रचार-प्रसार गरिएको थियो । भिडियो बलात्कारीहरूले नै सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
महिला मानवअधिकार सञ्जाललगायत १३ वटा संघसंस्थाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आवश्यक छानबिनसहित दोषीलाई कारबाहीको माग गरेका थिए । क्षेत्रीय प्रहरी प्रमुख डिआइजी पार्वती थापाले घटनाका विषयमा छानबिन प्रक्रिया अघि बढिरहेको बताउँदै घटनाका दोषीलाई अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीको मुद्दाअनुसार कारबाही हुने बताइन् ।
जबर्जस्ती करणीअन्तर्गत ५ देखि १२ वर्ष जेल सजाय तथा महिलाको हकमा पुन पाँच वर्ष थप सजाय र अपहरण तथा शरीर बन्धकअन्तर्गत ७ देखि १५ वर्ष सजाय र ५० हजारदेखि २ लाख जरिवाना र महिलाको हकमा थप दुई वर्ष सजाय हुने कानुनी प्रावधान छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out