विकिलिक्स खुलासा : आफ्नै छोरालाई विश्‍वास गर्दैनन् दाहाल

सिङ्गापुरमा कसलाई भेटेका थिए दाहालले ?-
उमेश श्रेष्ठ, काठमाडौं, भदौ २०- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरा प्रकाश दाहाललाई विश्‍वास गर्दैनन्, किनभने उनी धेरै रक्सी पिउँछन् र भरपर्दा छैनन्- अमेरिकी दूतावासले वासिङ्टनस्थित विदेश मन्त्रालयमा पठाएको यो जानकारीको खुलासा विकिलिक्सले गरेको छ।
सन् २००९ को डिसेम्बर १ मा काठमाडौंस्थित अमेरिकी दूतावासका चार्ज डे अफेयर्स र्‍यान्डी डब्ल्यु बेरीले पठाएको यो केबलमा दाहालको बहुचर्चित रहस्यमय सिंगापुर भ्रमणबारे समेत उल्लेख छ। उपचारका लागि तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारका लागि गएका बेला दाहाल एक्कासी सिंगापुर उडेका थिए। सिंगापुर भ्रमणका क्रममा उनले क-कसलाई भेटेका थिए भन्नेबारे आजसम्म कसैले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
अमेरिकी दूतावासले भने दाहालको टोलीसँगै रहेका एक नेपाली व्यापारी दिनेश मानन्धरमार्फत् उनको सम्पूर्ण गतिविधिको रिपोर्ट भ्रमणको दुई साता नबित्दै वासिङ्टन पठाइसकेको थियो। मानन्धरका अनुसार सिंगापुरमा दाहालले भारतीय कुटनीतिज्ञ र चिनियाँ अधिकारीहरुलाई समेत भेटेका थिए।
'दाहालको सिंगापुर भ्रमणको बिजनेस क्लासको टिकट, बीएमडब्ल्यु कार भाडा र फोर सिजन्स होटलको खर्च सबै सिंगापुरमा मुख्य कार्यालय रहेको कम्पनी स्मार्ट टेलिकमले बेहोरेको थियो', मानन्धरलाई उद्धृत गर्दै दूतावासले आफ्नो केबलमा लेखेको छ, दाहालले सुरुमा भारतीय प्राध्यापक एसडी मुनीलाई भेटेका थिए। मुनी भारत सरकार र नेपालका माओवादीबीच राम्रो सम्बन्ध कायम हुनुपर्छ भन्ने पक्षमा थिए।
दाहालले नेपालका लागि भारतका पूर्व राजदूत केभी राजन र वर्तमान वरिष्ठ अधिकारीलाई समेत भेटेको मानन्धरले बताएका छन्। ती अधिकारीको नाम भने आफूलाई थाहा नभएको मानन्धरले बताएका छन्। आफूले माओवादी प्रतिनिधि मण्डललाई ठाउँमा पुर्‍याइदिने काम मात्र गरेका र बैठकमा सहभागी नभएको कारण आफूलाई बैठकको विषयवस्तुबारे केही थाहा नभएको पनि उनले दूतावास अधिकारीलाई बताए, केबलमा लेखिएको छ।

सिंगापुर भ्रमणकै क्रममा दाहालले दुई पटक चिनियाँ अधिकारीहरुलाई भेटेको पनि मानन्धरले बताएका छन्। चिनियाँ अधिकारीको परिचय भने खुलाइएको छैन।

भारतीय र चिनियाँसँगको प्रारम्भिक छलफलपछि दाहालले सभापति कोइरालासँग आधा घण्टा गोप्य वार्ता गरेको र त्यसपछि कोइरालापुत्री सुजाता र कृष्णबहादुर महराको साथमा थप २० मिनेट वार्ता गरेको केबलमा उल्लेख छ।
भारतीय अधिकारीसँगको छलफलपछि प्रचण्ड निकै खुसीको मूडमा देखिएका थिए, मानन्धरलाई उद्धृत गर्दै केबलमा लेखिएको छ, 'ती भारतीय अधिकारीले नोभेम्बर १७ मा प्रचण्डका लागि रात्रीभोजसमेत आयोजना गरेका थिए।'
आफूलाई महरानिकट तर माओवादी पार्टीको सदस्य नभएको बताउने स्मार्ट टेलिकमका स्थानीय नेपाली साझेदार मानन्धरलाई दूतावासका अधिकारीले माओवादीका अन्य प्रतिनिधि मण्डलमा जस्तै दाहालपुत्र प्रकाश पनि थिए कि भनी दूतावासका अधिकारीले प्रश्‍न राखेका थिए। त्यसको जवाफमा मानन्धरले भनेका रहेछन्, 'उनी थिएनन् किनभने प्रचण्डले उसलाई विश्‍वासै गर्दैन। प्रकाशले धेरै पिउँछन् र भरपर्दा छैनन्।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out