बुढ्यौलीमा महिलाहरूको यौनजीवन सक्रिय पार्न

काठमाडौ, भाद्र २४ - उमेर वृद्घसिँगै यौनसम्बन्धी जटिलता देखिनु सामान्य हो । प्रायः महिलामा यस्तो निकै चाँडो देखिन थाल्छ । बुढ्यौलीमा पनि महिलाहरूको यौनजीवन सक्रिय रहने पार्न विश्वभरिका औषधि कम्पनीहरू नयाँनयाँ फर्मुलाको खोजीमा रहने गरेका छन् ।
तर अब वैज्ञानिकहरूले के पाएका छन् भने पाका महिलाहरूको लागि सफलतासँगै उमेरको हरेक अवस्थालाई पार गर्नु र सकारात्मक रहनु यौनजीवनलाई लामो समयसम्म स्वस्थ बनाइराख्ने सबैभन्दा सरल तरिका हो ।
क्यालिफोर्निया विश्वविद्यालयको एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको हो ।
६० वर्षदेखि ८९ वर्षसम्मका महिलामा गरिएको अनुसन्धानमा के पाएका छन् भने सधैं सफल रहेको अनुभूति गर्नु, सधैं हाँसीखुसी रहने बानी बसाल्नु शारीरिक असमर्थतामा पनि यौनजीवन कायम राखिराख्ने सरल उपाय हुन् ।
अनुसन्धाताहरूका अनुसार जुनसुकै उमेरमा पनि हामी केही उपाय अवलम्बन गरेर स्वस्थ यौनजीवन पाउन सक्छौं । हामी कुनै पनि उमेरमा यौनबाट उति नै आनन्द उठाउन सक्छौं । आवश्यकता छ त केवल आफ्नो मन र मस्तिष्कलाई सधैं खुसी र सन्तुष्ट राख्न सक्नु ।
छरितो बनाउँछ ब्राउन फ्याटलेमहिलाहरूलाई आफनो शरीर छरितो बनाइराख्न धेरै मिहिनेत गर्नुपर्छ । आफ्नो फिगरबारे चिन्तित रहने महिलाहरूका लागि राम्रो जानकारी ।
एउटा अनुसन्धानअनुसार शरीरमा पाइने ब्राउन फ्याट नामक तन्तुले हामीलाई छरितो बनाउँछ ।
यो तन्तु धेरैजसो वयस्कमा पाइन्छ । यसको स्थान कलर बोन -छातीमाथि गर्दन छेउ दुइटा हाड) को नजिक हुन्छ । गारवान इन्स्िटच्युट अफ मेडिकल रिसर्चका अनुसन्धाताहरूको टोलीले के थाहा पाएको छ भने शरीरमा ह्वाइट पmयाटको अत्यधिक मात्राले मोटोपना बढाउँछ । 
ब्राउन पयाट कति उपयोगी छ भन्ने हाकलन हामी यो तथ्यबाट गर्न सक्छौं— एक ग्राम ब्राउन पयाटले दिनभरिमा ६ किलो क्यालोरी बढाउँछ ।
जुन वयस्कमा ब्राउन फ्याटको मात्रा बढी पाइन्छ उनीहरू सधैंभरि छरितो देखिने गरेका छन् । अनुसन्धाताहरूका अनुसार अब ब्राउन फ्याटलाई उत्पन्न गर्न सकिन्छ । यसका लागि ती वयस्कको 'स्टेम सेल'को आवश्यकता हुन्छ जसभित्र ब्राउन फ्याट पाइन्छ । ब्राउन फ्याटले शरीरलाई बालबालिकामा जस्तै न्यानोपन कायम राख्छ । ब्राउन पmयाट शरीरमा जन्मजात रूपमा हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out