म ३५ बर्षिया विवाहित नारी हुँ। म २७ बर्षिया युवकसँगको मायामा पनि डुबेकी छु। म अन्योलमा छु । के गरौँ ?

म ३५ बर्षिया विवाहित नारी हुँ । मेरो १३ वर्षको छोरा पनि छ । मलाई एउटा कुराले बेला-बेलामा सताइरहन्छ । यतिबेला म केही कुरा नमिलेर श्रीमान्सँग अलग हुने सोचमा छु भने स्वयं म २७ बर्षिया युवकसँगको मायामा पनि डुबेकी छु । उक्त युवक त झन् मबिना मर्छु भन्छ । हामी एक-अर्काबिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छौँ । मलाई परिवार र समाजसँगको हाम्रो सम्बन्ध टुट्छ कि भन्ने डर  छ । हाम्रो जातभात पनि मिल्दैन । आफ्नो जीवन बिग्रन्छ कि भनेर उक्त युवक पनि चिन्ता गरिरहन्छ । म अन्योलमा छु । के गरौँ ?
समाजको बढ्दो भौतिक विकाससँगै परिवारको विखण्डन र विवाहेत्तर सम्बन्धहरू पनि बढ्दै गएका छन् । श्रीमान् र श्रीमतीबीचको सम्बन्ध टुंगिनु अब हाम्रो समाजका लागि पनि नौलो कुरा रहेन ।
त्यसैगरी  रोजगारीका क्रममा श्रीमान्-श्रीमती एक-अर्कासँग टाढा हुनुपर्ने र सूचना प्रविधिको सहजताले यौन आकांक्षाहरूलाई समेत सम्बोधन गरिरहेको अहिलेको अवस्थामा विवाहेत्तर सम्बन्ध पनि ठूलो कुरा रहेन ।  विवाहेत्तर सम्बन्धले बिगारेको घर-परिवारका बारेमा सञ्चारमाध्यमहरूमा दिनहुँजसो आउने खबर त्यसकै संकेत हो । रह्यो तपाईंको कुरा, तपाईं के कारणले आफ्नो श्रीमान्सँग अलग हुने सोचमा हुनुहुन्छ ?  भन्ने कुरा पत्रबाट खुल्दैन । आर्थिक अभाव वा यौन असक्षमताका कारण श्रीमान्बाट अलग हुन लाग्नुभएको हो भने त्यो तपाइर्ंको निजी स्वतन्त्रताको कुरा हो । होइन, आर्थिक वा यौन असक्षमता भन्दा पर  तपाईं ती युवकको आकर्षणमा रह्नुभएको हो र त्यसै कारणले श्रीमान्बाट अलग हुने चाहना देखाउनुभएको हो भने तपाइर्ं गलत हुनुहुन्छ । किनभने, तपाईंका अगाडि तपाईंको मात्र होइन, तपाईको छोराको  पनि भविष्य छ । १३ वषर्ीय छोराले बाबुआमा अलग भएको कुरा सजिलै पचाउन सक्ने अवस्था नहुन सक्छ । त्यसमाथि श्रीमान्सँग पारपाचुके लिएपछि उक्त युवकले तपाइर्ंलाई सहजताका साथ स्वीकार गर्छ  भन्ने स्थिति पनि म देख्दिनँ । किनभने कतिपय अवस्थामा त्यस्ता युवक फूलको रस चुस्ने भमरामा परिणत हुने गरेका छन् । तपाईंको श्रीमान्लाई तपाईंको वर्तमान सम्बन्धका बारेमा जानकारी छैन भने ती  युवकको मोहलाई त्याग्नुमै तपाईं र तपाईंको परिवारको कल्याण छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out