करिनाको भाग्य

मुम्बई (एजेन्सी), भाद्र ३० - सलमान खानका साथ 'बडिगार्ड'मा धमाका मच्चाएकी करिना कपुर अहिले बलिउडमा सफलताको दौडमा अगाडि छिन् । सफलताको सबै श्रेयचाहिँ उनी भाग्यलाई दिन्छिन् । भन्छिन्, 'सफलताको मन्त्र हुँदैन, भाग्यमा भरपर्छ ।'
एकपछि अर्को फिल्ममा पाएको सफलतालाई विश्लेषण गर्ने हो भने पनि यिनको सामु टक्कर लिने नायिका कोही छैनन् भन्न सकिन्छ । पछिल्लो फिल्म 'बडिगार्ड'को सफलतासँगै आउँदो फिल्महरूको पनि भविष्यवाणी हुन थालेको छ । यसअघि 'थ्री इडियट्स' र 'गोलमाल थ्री' ले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरेका थिए ।
उनको भाउ पनि दिनदिनै बढ्दै छ । 'बडिगार्ड' को सफलतापछि पारिश्रमिक बढाएकी छन्, दश करोड । यसअघि फिल्म 'हिरोइन' का लागि आठ करोड रुपैयाँ माग्दा मधुर भण्डारकरको होस उडेको थियो । उनी सेफ अलि खानको साथ एक्सन थि्रलर फिल्म 'एजेन्ट विनोद' मा पनि देखिँदै छिन् । यसबाहेक करिनाको अर्को फिल्म आउँदो साल रिलिज हुनेवाला छ, जसमा रानी मुखर्जी र आमिर खानका साथ उनी हुनेछिन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out