भारतको 'चलखेल'मा सरकार बनेको माओवादी नेताकै आरोप

धरान, भाद्र २८ - माओवादी सचिव सीपी गजुरेलले पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार भारतकै 'चलखेल'मा बनेको आरोप लगाएका छन् ।
धरानमा बुधबार आफूपक्षीय कार्यकर्ताको गोप्य प्रशिक्षणपछि साँझ भएको पत्रकार सम्मेलनमा गजुरेलले भने, 'हाम्रा अध्यक्ष प्रचण्ड र मधेसी दलबीच भएको चार वुँदे सहमतिले यसलाई प्रमाणित गरेको छ ।' उनले सुरक्षासम्बन्धि मन्त्रालय मधेसी दललाई बुझाएर पार्टीले राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्ने काम गरेकोसमेत बताए ।

गजुरेल उपाध्यक्ष मोहन वैद्यनिकट हुन् । लडाकुका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएपछि रिसाएको वैद्य समूहले देशव्यापी भेला र प्रशिक्षण चलाउँदै आएको छ ।
माओवादी पूर्वाञ्चल ईञ्चार्जसमेत रहेका गजुरेलसहितका वैद्यपक्षीय नेताहरुले धरानमा किरात, लिम्बूवान र कोचिला राज्य समितिका कार्यकर्तालाई गोप्य प्रशिक्षण दिएका थिए ।
उनले गुटको भेला र प्रशिक्षण पार्टी हित विपरीत नभएको जिकिर गरे । 'तर अहिले चलेको अन्तरपार्टी संघर्ष सामान्य छैन,' उनले भने, 'वैचारिक राजनीति त जसले पनि गर्छ नै ।' कन्टेनरको साँचो बुझाएकोमा आपत्ति जनाउँदै उनले धोविघाट समीकरण पनि तोडिएको बताए ।
वैद्य समूहको प्रशिक्षणमा गजुरेलसहित पोलिटव्युरो सदस्य हितमान शाक्य, केन्द्रीय सदस्य सावित्रकुमार काफ्ले, सभासद तथा केन्द्रीय सदस्य पदम राई र केन्द्रीय सदस्य हिमाल किराती थिए ।
धरानस्थित गिता भवनमामा भएको कार्यक्रममा जिल्लास्तरका एक सयको हाराहारीमा तथा कोचिला र किरात स्तरका ५०-६० जना नेता कार्यकर्ताको सहभागिता थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out