'नायकसँग बिहे गर्दिनँ'

मुम्बई (एजेन्सी), आश्विन १० - ब्लकबस्टर 'दबंग' बाट नायिकामा देखिने मौका पाएकी सोनाक्षी सिन्हा पनि त्यो फिल्मसँगै रातारात हिट बनिन् । हाल प्रभु देवाले निर्देशन गरिरहेको 'राउडी राठौड' मा अक्षयकुमारसँग काम गरिरहेकी सोनाक्षी 'जोकर' मा पनि अक्षय कुमारकै अपोजिटमा छिन् । लगालग दुई फिल्ममा काम गरेपछि उनलाई अक्षय रमाइलो र छिट्टै घुलमिल हुने स्वभावको रहेको आत्मज्ञान भएछ ।
अहिले छ फिल्म हातमा लिएकी २४ वर्षीया नायिका 'दबंग' हिरो सलमान खानसँग उत्तिकै सम्पर्कमा छिन् । 'हाम्रो परिवारकै नाता छ, त्यसैले पनि जन्मोत्सव, विभिन्न समारोहमा भेट भइरहन्छ,' उनले भनिन्, 'म अझै पनि सलमानसँग सरसल्लाह लिइरहन्छु । छिट्टै हामी पुनः सँगै देखिँदै पनि छौं ।' तर हालै एउटा अवार्ड समारोहमा रणवीर सिंहसँग देखिनुअघि उनले कफी गफका लागि उनैलाई रोज्ने 'घोषणा' गरेकी थिइन् । 'मलाई थाहा छैन, व्यक्तिगत कुरामा किन यति बढी मसला हाल्छन्,' उनी चिन्तित देखिइन्, 'म त भर्खरै करिअर सुरु गर्दै छु ।'
'दबंग' मा सोझी, लजालु युवतीको रूपमा देखिएकी सोनाक्षी वास्तविक जीवनमा पनि त्यस्तै छिन् रे । 'म त त्यस्ता गसिप समाचार बनाउनेसँग बोल्नै डर लाग्छ,' धन्न, अभिभावकले त्यस्ता समाचारमा ध्यान नदिने भएकोले समस्या नपर्ने शत्रुघ्न सिन्हाकी छोरीले बताइन्, 'हाम्रो समाज पनि त्यस्तै एकपक्षीय छ, जे कुरा केटाहरूका लागि स्वीकार्य हुन्छ, हाम्रा लागि हुन्न । त्यसैले पनि गसिपहरू नायिकाकै बढी आएका होलान् ।'
केही साताअघि मात्रै आफ्नो टाउको अर्कैको जीउ जोडिएको बिकिनी तस्बिर सार्वजनिक भएपछि समस्यामा परेकी सोनाक्षी यति बेला सञ्चारमाध्यममा छाइरहेकी छन् । तर उनी फिल्मी टिभी कार्यक्रम वा समाचार केही पनि पढ्ने, हेर्ने गर्दिनन् रे ।
'फुर्सदको समय बरु म त साथीहरूसँग बिताउँछु,' फिल्म क्षेत्र बाहिरकाहरू नै आफ्ना हितैषी रहेको जानकारी दिँदै उनले भनिन्, 'मलाई त हिरोहरूसँग बिहे गर्नु छैन । बरु जो यस क्षेत्रसँगै सम्बन्धित छैन, त्योसँग हुन सक्छ ।' फिल्ममा प्रयास गर्दागर्दा थाकेका युवकहरूलाई यो खुसीको कुरा हुन सक्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out