सुष्माको रेट चारलाख !

सुष्मा कार्कीको ग्राफ उकालो चढिरहेको छ । यी डिभाले आइतबार सुरज आचार्यको अपकमिङ प्रोजेक्टमा चारलाखमा साइन गरिन् जसलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । योसँगै सुष्मा नेपाली सिने उद्योगकी सर्वाधिक महङ्गी हिरोइन बनेकी छिन् । 'मेरो लभस्टोरी' निर्माण गरिसकेका आचार्यले लभस्टोरी श्रेणीको दोस्रो सिनेमा बनाउन लागेका हुन् । रोचक कुरा त, नेपाली फिल्मका महङ्गा हिरो आर्यन सिग्देलसँग सुष्माले रोमान्स गर्नेछिन् ।
'सो रकममा सुष्मालाई अनुबन्धित गरेका छौं । केही दिनमा आर्यनलाई अनुबन्धित गर्छौं' निर्माता आचार्यले भने । यस्तो लाग्छ- अपवादबाहेक 'मेरो लभस्टोरी' को टीम नै बनाउन लागिएको नयाँ फिल्ममा दोहोरिएको छ । 'लभ' वर्किङ टाइटल दिइएको फिल्मलाई 'के यो माया हो' लेखेका मुम्बइका निरजविक्रमले लेखेका हुन् । आगामी चैतबाट सुटिङ सुरु हुने सिनेमाका अन्य कलाकारबारे सार्वजनिक गरिएको छैन । ९० लाख बजेटको सिनेमालाई सुरंगना फिल्मस प्रालिले निर्माण गर्न लागेको हो । कम्पनीले यसअघि 'के यो माया हो' बनाएको थियो ।
चलचित्रमा सुष्मा दोहोरो भूमिकामा देखापर्दैछिन् । दोहोरो भूमिकामा उनी लभरगर्ल बन्नेछिन् । यसैबीच सुष्मा सविर श्रेष्ठकी हिरोइन बनेकी छिन् । सविरले निर्देशन गर्न लागेको चलचित्र 'शत्रु'मा सुष्माले शनिबार साइन गरिन् । सहरका डनहरुको कथामा बन्न लागेको सिनेमामा राजेश हमाल डनको भूमिकामा खेल्दैछन् । फिल्ममा सुष्मा सुमन सिँहको अपोजिटमा देखापर्नेछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out