माओवादी नेताका सबै मुद्दा फिर्ता हुन्छः महान्यायाधिवक्ता

काठमाडौ, भाद्र २७ - नवनियूक्त महान्यायाधिवक्ता मुक्ती प्रधानले सशस्त्रद्वन्द्वको क्रममा माओवादी नेताहरुमाथि लगाईका सबै मुद्दा फिर्ता हुने बताएका छन् । उनले राजनीतिक प्रतिसोधका आधारमा लगाईका सबै मुद्दा फिर्ता लिइने बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा प्रधानले भने-'शासन ब्यवस्था विरुद्ध लड्ने क्रममा लागेका सबै मुद्दा राजनीतिक हुन । राजनीतिक प्रतिसोधको आधारमा लगाईएका मुद्दा फिर्तामा आपत्ति प्रकट गर्नुहुँदैन ।'

२०४६ सालपछि देखिनै राजनीतिक प्रकृतिको मुद्दा फिर्ता लिन सुरु भएको उल्लेख गर्दै उनले भने मुद्दा फिर्ता नलिएको भए माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनाल सबैले ज्यानमार्ने उद्योगमा २० वर्ष जेल सजाय काट्नु पर्दथ्यो ।
उनले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएका माओवादी सभासद बालकृष्ण ढुङगेललाई पनि द्वन्द्वकै क्रममा मुद्दा लगाईएको भन्दै त्यो पनि फिर्ता हुने जानकारी दिए ।
प्रधानले भने-'बालकृष्ण ढुङगेललाई जेल हाल्नु अघि जनयूद्धमा मारिएका माओवादी तर्फका मारिएका १३ हजारको मृत्यूको जिम्मा राज्यले लिनु पर्छ । ढुङगेलमाथि जनयूद्धकै क्रममा ओखलढुङगाको ईन्चार्ज भएको बेला आरोप लगाईएकोले पनि त्यो राजनीतिक प्रकृतिको हो भन्ने प्रष्ट छ । त्यसैले पनि उहाँमाथि लगाईएको मुद्दाफिर्ता हुनु पर्छ ।  फिर्ता हुँदैन भन्नु हुँदैन ।'
उनले राजनीतिक प्रतिसोध, द्धन्द्ध, आन्दोलनको आधारमा लगाईएका मुद्दा फिर्ता गर्ने सिद्धान्तमा आपत्ति प्रकट गर्न नहुने भन्दै राजनीतिक खोल आढेर भएका गम्भीर प्रकृतिका मुद्दा भने फिर्ता लिन नहुने तर्क गगरे ।
भारतको पटना उच्च अदालतले माओवादी नेता कार्यकर्तामाथि सुनाएको सजाको विषयमा फैसला अध्ययन गर्ने काम भईरहेकोले अध्ययन पछि मात्रै सरकारले आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी दिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out