भुवनले केटी जिस्काएपछि लफडा !

स्त्री र सत्ता यस्ता चीज हुन्, जुन एकपटक चाखेपछि सँधै चाख्न मनलाग्छ । भुवन केसी यस्तै एक पात्र हुन् । केही महिना पहिले गर्लफ्रेन्डका श्रीमानबाट बीचसडकमा दिउँसै पिटाइ खाएका अभिनेता केसी केटीका कारण फेरि अर्को स्कयान्डलमा फसेका छन् । भुवनले केटीलाई जिस्काएकै कारण उनका साथीले नराम्रैसँग धुलाइ खानुपर्‍यो भने भुवन त्यहाँबाट टाप ठोके । घटना मंगलबार राती १० बजे दरबारमार्गस्थित प्रहरी चौकी पछाडिको सिमल लाउन्ज एन्ड क्याफेको हो । नाम नखुलेका आफ्ना एक साथीलाई लिएर भुवन उक्त क्याफेमा मदिरा पिउन छिरेका थिए ।
भुवन छेवैको अर्को टेबलमा चारजना केटीहरु पनि मदिरा पिउँदै थिए । प्रत्यक्षदर्शीका अनुसार केही मिनेटमै भुवन र ती लेडिज बसेको टेबल चिप्लिएर आपसमा जुध्यो । ती केटीहरुले आफूहरु भुवनको फ्यान भएको बताउँदै भुवनको प्रशंसा गरिरहेका थिए । भुवनले यही मौकाको फाइदा उठाउँदै तीमध्ये एक केटीको संवेदनशिल अंगमा चिमोटिदिएछन् । चिमोटेका मात्र थिएनन् केटीको स्तन पनि मुसार्न थालेछन् । भुवनले यस्तो गर्न थालेपछि ती केटी चिच्याइन् ।
भुवनले आफूलाई दुब्र्यवहार गरेको कुरा साथीलाई बताएपछि केटीहरु चिच्याउन र उफ्रन थाले र भुवनलाई छाडा शब्दमा गाली गर्न थाले । 'साला ! आफूलाई नेपाली फिल्मको सुपरस्टार भन्छ…' केटीहरु आक्रोशमा भुवन र नेपाली फिल्मलाई गाली गर्दै थिए । भुवनजस्ताकै कारण नेपाली फिल्म बदनाम भएको बताउन पछि परेनन् । अब लफडा चर्कने भयो भन्ने थाहा पाएर भुवन सुटुक्कै सो लाउन्जबाट कुलेलाम ठोके । भुवन भागेपनि उनको गाडी भने अहिलेसम्म उक्त होटलमै छ । संचालकका अनुसार उनी अहिलेसम्म गाडी लिन पुगेका छैनन् । विचरा ! उनका अर्का साथीले भने नराम्रोसँग ती केटी र छेउका केटाहरुको रामधुलाइ खानुपर्‍यो । भुवनको केटी जिस्काइकै कारण उनलाई बचाउन खोज्ने निर्दोष साथी घाइते हुनुपर्‍यो ।
आफ्नै नाक मुन्तिर घटना भएपनि प्रहरी भने आएन । भुवन यसअघि पनि सो रेष्टुराँमा जाने गर्थे । केटीसँगको हर्कतको कारण यसअघि बदनाम कमाइसकेका भुवनले सेतो टिसर्ट, जिन्स र क्याप लगाएका थिए । यस्तै कारण आफ्नो दाम्पत्य जीवनमा संकट खेपिरहेका भुवन केटी, अफेयर र मदिराका कारण यस्ता बदनाम खेप्दै आएका छन् । उनीजस्ता केही व्यक्तिका कारण सिँगो चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोण राम्रो बनेको छैन । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out