उत्कृष्ट कसले चोर्‍यो...

काठमाडौ, भाद्र २९ - 'कसले चोर्‍यो मेरो मन' ले डिजिटल फिल्म अवार्डमा आठ अवार्ड जितेको छ । कथा, पटकथा, निर्देशन, छायांकन र सम्पादनमा नपाए पनि फिल्मले उत्कृष्ट अवार्ड भने जित्यो । नवनिर्देशकमा सवीर श्रेष्ठ पुरस्कृत भए ।
'कसले चोर्‍यो मेरो मन' बाटै उत्कृष्ट अभिनेतामा आर्यन सिग्देलले अवार्ड चुमे भने अभिनेत्रीमा रेखा थापाले उछिनिन् । अवार्ड पाएपछि रेखाले फिल्मका दुई 'हिरो' लाई सम्झन चाहन्छु भनेर आफ्नै निर्माता पति छवि ओझा र निर्देशक सवीरको नाम लिइन् ।
लगत्तै आफ्नो अवार्ड थाप्न आएका आर्यनले भने सम्पूर्ण युनिटको नाम लिँदै भने, 'धन्यवाद छ रेखा मलाई नसम्झेकोमा । बट आई डन्ट माइन्ड ।' दर्शकदीर्घामा रहेकी रेखाले भने कुनै प्रतिक्रिया दिइनन् ।
पछिल्लो समय बोलचालमा समेत कन्जुस्याइँ गरिरहेका बेला आर्यनको उक्त टिप्पणीमा दर्शकले हुटिङसमेत गरेका थिए ।
सहअभिनेतामा बाबु बोगटी र सहअभिनेत्रीमा नन्दिता केसीले 'बाटोमुनिको फूल' बाट अवार्ड पाए । यही फिल्मबाट सुरज सुब्बा 'नाल्बो' उत्कृष्ट निर्देशक र पटकथाकार दरिए । छायाछवि सिने पत्रिकाद्वारा आयोजित समारोहमा २९ विधामा अवार्ड बाँडिएको थियो ।
उत्कृष्ट फिल्म घोषित 'कसले चोर्‍यो...' ले भने कला निर्देशनसहित नृत्य निर्देशन, गीतकार, संगीतकारमा अवार्ड जित्यो । क्रिटिक अवार्ड पाएको 'ठेगाना' ले कथा, चरित्र अभिनेता/अभिनेत्री र पाश्र्व संगीतमा चित्त बुझायो । जुरी अवार्ड जितेका निर्देशक नवल नेपालको फिल्म 'श्रीमान्' १४ विधामा मनोनयन भए पनि तीनवटामा खुम्चियो । पब्लिक च्वाइस अवार्ड 'श्रीमान्' का नायक/नायिका कल्याण घिमिरे र पुजनालाई दिइयो । राजेश हमाललाई सर्वोत्कृष्ट कलाकारबाट सम्मानित भए । छायाछवि पत्रकार सम्मान कृष्ण भट्टराईले पाए ।
समारोहको सुरुवात भने शुभबहादुर सुनाम, रोज कपुर र प्रेम राणासहितको टोलीको सांगीतिक प्रस्तुतिबाट भएको थियो । नायक/नायिका मुकेश ढकाल र नीता ढुंगाना, कोरियोग्राफर गम्भीर विष्ट, शंकर बिसीसहित पार्वती राई, निष्मा घिमिरेका आकर्षक नृत्यले माहौल रंगीन बनाएको थियो । सीजी डिजिटल फिल्म अवार्डमा  गायक/गायिका रूपक डोटेल, मल्लिका कार्की, दुर्गा परियारलगायतले पनि भव्यता थपेका थिए । अभिनेता दीपकराज गिरीले नायकहरूका चालढालमा ठट्यौली पस्कँदा वातावरण हाँसोमा डुबेको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out