अश्लील एसएमएसको आतंक 'सायद' हिन्दी र बंगालीमा

काठमाडौं, भदौ २७ (नागरिक)- रिलिज नहुँदै चर्चामा रहेको नेपाली फिल्म 'सायद' हिन्दी र बंगाली भाषामा पनि बन्ने भएको छ। सुरज सुब्बा निर्देशित 'सायद'लाई यी थप दुई भाषामा निर्माण र प्रदर्शन गर्नेबारे भएको सम्झौता सोमबार राजधानीमा सार्वजनिक गरियो।
कार्यक्रममा 'सायद'का निर्माता सुनील रावलले देव क्रियटिभका अमर देवलाई सम्झौतापत्र हस्तान्तरण गरे। युवा पुस्तामा मौलाएको लागूऔषध सेवन र अश्लील एमएमएस आतंकको विषयमा बनेको 'सायद'लाई पश्चिम बंगालको देव क्रियटिभले हिन्दी र बंगाली भाषामा निर्माण तथा प्रदर्शन गर्ने अधिकार लिएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक, निर्माता सुनीलकुमार थापालगायतले नेपाली फिल्मको रिमेक विदेशमा हुनुलाई सुखद बताए।
'सायद'लाई सिलिगुडीका फिल्म निर्माता तथा वितरक टिकम शर्माको पहलमा अमरदेवले
बंगाली र हिन्दी भाषामा निर्माण गर्न लागेका हुन। दाजु र भाइ, दुई पुस्ताको कथा प्रस्तुत गरिएको सायदको दोस्रो पुस्ताका दुश्य भारतीय कलाकार राखेर पुनः सुटिङ गरिने छ। तर, स्क्रिप्टमा कुनै परिवर्तन गरिने छैन। बंगालीमा बनाउँदा बंगालका र हिन्दीमा बनाउँदा बलिउडका कलाकार लिने योजना छ।
देब क्रियटिभले 'सायद'को निर्माण कम्पनी दुर्गेश फिल्मसलाई तीस लाख भारु तिरेर रिमेकको अधिकार लिएको जनाइएको छ। रि-सुट गरिने दृश्यको निर्देशन पनि सुरज सुब्बाले नै गर्नेछन्। फिल्मको सुटिङ नेपालमै गरिने निर्देशक सुरजले बताए।
निर्देशक सुरजकै लेखन रहेको फिल्ममा सुनील रावल, झरना थापा, संयम पुरी, बाबु बोगटी, अनिता दाहाल, अराज केशवलगायतले अभिनय गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out