सुकुटे पुगेर यसो भने प्रचण्डले

काडमाडौँ । उपाध्यक्ष मोहन वैद्यलाई पार्टीबाट निकाल्न अध्यक्ष प्रचण्डले नयाँ जुक्ति निकालेका छन्। गत आइतबार साँझ सिन्धुपाल्चोकको सुकुटेमा अप्रत्यासित रूपमा ताम्सालिङ राज्य इन्चार्ज अग्नि सापकोटाका साथ पुगेका प्रचण्डले निकटस्थहरूलाई भने, 'वैद्यलाई कारबाही होइन आफैं निस्केर जान बाध्य पारिनुपर्छ।' आरामका लागि भन्दै सुकुटे इक्वेडर रिसोर्टमा पुग्नुभएका प्रचण्डले सोही साँझ ताम्सालिङ राज्यसमितिका आफूनिकटस्थहरूलाई प्रशिक्षण दिएका थिए। करिब तीन घन्टा लामो प्रशिक्षणमा प्रचण्डले उपाध्यक्ष वैद्य तथा वैद्य पक्षधर नेताहरूको विरोधमा समय खर्चिनुभएको थियो। प्रशिक्षणमा सहभागी सिन्धुपाल्चोकका एक नेताका अनुसार ठट्यौली शैलीमा अध्यक्ष प्रचण्डले भने, 'यो वैद्ययुग होइन, विज्ञानको युग हो, त्यसैले हामी पनि वैज्ञानिक ढङ्गबाट चल्नुपर्छ, साथीहरूले त्यसैअनुसार बुझ्नुहोला।' 
पार्टीनीतिविरुद्ध जाने जोकोहीलाई पनि कारबाही हुन्छ, गरिन्छ पच्चीसजनाभन्दा बढी सहभागीलाई प्रशिक्षित गर्दै प्रचण्डले भने, 'कारबाहीको प्रक्रिया कस्तो हुन्छ भन्ने मात्र हो।' 'मोहन वैद्यका पछिल्ला गतिविधि पार्टी नीतिविपरीत मात्र होइन, गम्भीर प्रकारका भएकाले उहाँलाई बहिष्कार गर्ने निष्कर्षमा हामी पुगेका छौं, बहिष्कार गर्नु नै सबैभन्दा ठूलो कारबाही हो,' प्रचण्डको भनाइ थियो। वैद्यलाई कारबाही गर्दा पार्टी उनीहरूमाथि पर्न सक्ने र त्यही बहानामा पार्टी फुटाउन सक्ने भएकाले उनलाई एक्ल्याइने र पार्टीलाई एकढिक्का पारेर लैजानेमा आफू प्रतिबद्ध भएर लागेको जानकारी गराएका थिए। 'पछिल्लोपटक पार्टीको हरेक निर्णयमा वैद्यको सहभागिता रहेको छैन, यो तपाईंहरूलाई जानकारी छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै ती सहभागीले भने, 'वैद्य अथवा उनका मानिसलाई बैठकमा सहभागी गर्नेबित्तिकै बैठक भाँडिन्छ, कुनै निर्णयमा पुग्नै सकिँदैन अनि किन सहभागी गराउनु।' पार्टीमा वैद्य एक्लिँदै गएको र उनको पक्षमा बहुमत नभएको प्रचण्डको दाबी थियो। उनले भने, 'यदि वैद्यजीको पक्षमा बहुमत भएको भए उहिल्यै पार्टी फुटाइसक्थे।' 
प्रशिक्षणमा प्रचण्डले धोबिघाट भेलाको प्रसङ्गमा वैद्यको मात्र नभएर घुमाउरो शैलीमा बाबुराम र नारायणकाजी श्रेष्ठको समेत आलोचना गरेका थिए। उनको भनाइ थियो, 'साथीहरू आवेगमा निर्णय गर्छन्, पछि पछुताउँछन्।' प्रचण्डले वैद्यले पनि आफ्ना कमजोरीबारे आत्मसमीक्षा गरेर आए पार्टीले क्षमा गर्न सकिने पनि बताएका थिए। आराम र नितान्त व्यक्तिगत काम सक्नका लागि सुकुटे गएको भनिए पनि प्रचण्डको अधिकांश समय राजनीतिक कार्यक्रममा नै बितेको थियो। उहाँ आफ्ना विश्वासपात्र एवम् ताम्सालिङ राज्यसमिति इन्चार्ज अग्नि सापकोटाका साथ सुकुटे पुग्नुभएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out