पोर्न स्टार नभन्नुस् - विद्या बालन

मुम्बई (एजेन्सी), भाद्र १८ - 'परिनीता' बाट भलाद्मी महिलाको भूमिकासाथ फिल्म दुनियाँ देखापरेकी बलिउड अभिनेत्री विद्या बालन यति बेला एउटा समस्या खेपिरहेकी छन्- पोर्न स्टारको । आउँदो फिल्म 'द डर्टी पिक्चर' मा उनले गरेको भूमिकालाई लिएर 'पोर्न स्टार'को रूपमा चर्चा हुन थालेपछि उनले भनेकी छन्, 'कृपया मलाई त्यसो नभनिदिनुस् ।'
फिल्ममा उनले दक्षिण भारतीय सेक्स सिम्बोल सिल्क स्मिथाको भूमिका गरेकी छन् । फिल्म 'द डर्टी पिक्चर'मा उनले लाएको असाधारण पहिरन र अभिनयको गलत रूपबाट मूल्यांकन गर्दै 'पोर्न स्टारको रूपमा पहिचान दिनु अस्पष्ट र तर्कहीनता भएको उनले बताएकी छन् ।
फिल्ममा बालनको पहिरन सबै उत्तेजित प्रकृतिका छन् । छोटा ब्लाउज, जसका कारण अर्धनग्नताको स्थितिले दर्शकलाई लोभ्याउने प्रयास गरिएको छ । सिल्क स्मिथाको जीवन र समयसँग आधारित फिल्ममा विद्याले दुरुस्तै स्मिथाको अभिनय गरेकी छन् । स्मिथा कुनै जमानाकी चर्चित दक्षिण भारतीय फिल्म स्टार थिइन्, यौनोत्तेजक अश्लीलताका लागि कहलिएकी उनले छोटो उमेरमै आत्महत्या गरेकी थिइन् ।
पोर्न स्टारको रूपमा उनलाई विभिन्न साइट र सामाजिक सञ्जालहरूमा ट्याग गर्न थाले पनि उनले 'त्यो निरर्थक हुने' दाबी गरेकी छन् ।
एक समाचार एजेन्सीसँग कुरा गर्दै विद्याले आफूले 'एक अभिनेत्रीको रूपमा स्मिथाको चरित्र चित्रण मात्र गरेकाले पोर्न स्टारको संज्ञा नदिन' सबैलाई आग्रह पनि गरेकी छिन् । 'मलाई पोर्न स्टारको संज्ञा दिँदा अभिनयप्रति मेरो निराशा बढेर जानेछ,' उनले भनेकी छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out