गणतन्त्र नेपालको चौथो प्रधानमन्त्री : चुनावदेखि शपथसम्म

काठमाडौं, भदौ १७ । प्रधानमन्त्री चुनावको क्रममा सभामुख सुवासचन्द्र नेम्बाङले उम्मेदवारको प्रस्तावसम्बन्धी सूचना पेश गर्न प्रचण्डलाई रोष्ट्रममा निमन्त्रणा दिए। त्यसपछि सुरु भयो उम्मेदवार भट्टराईको वर्णन। भट्टराईलाई समकालीन नेपाली राजनीतिज्ञहरूमध्ये सबैभन्दा बौद्धिक, लोकप्रिय र राष्ट्रियअन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तिका रुपमा प्रचण्डले भट्टराईको चित्रण गरे। बुद्धिजीवीदेखि मध्यमवर्ग र दशवर्षे जनयुद्धका बेलाको त्याग, बलिदानका कारण मजदुर, किसान, उत्पीडित, दलित जनजातिका बीचमा भट्टराई लोकप्रिय रहेको र यतिबेला सिंगो मुलुकले भट्टराईलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको उनको भनाइ थियो। यस्तै भट्टराईका समर्थक नारायणकाजी श्रेष्ठले समेत भट्टराई राष्ट्रिय/अन्तराष्ट्रिय छवी भएका व्यक्ति भएको, मुलुकको विकासका लागि योजना बनाउने सक्ने विशेष गुण भएको भन्दै भट्टराईलाई जिताउन सभासद्हरूलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीका कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले भने सहमतिको नाममा आफू पदमा जाने खेल मात्र भएको भन्दै आक्रोश पोखे। चुनावका बेला केही सभासद् भट्टराईको पक्षमा मतदान गर्न जाने कि पौडेलकोमा भन्ने दोधारमा देखिन्थे। एमालेका माधवकुमार नेपाल, प्रधानमन्त्री झलनाथ खनाल, इश्वर पोखरेललगायतका नेताको अनुहार मरिच खुम्चिएको जस्तै देखिन्थ्यो। कांग्रेसलाई चुनाव जिताउन नसकेकोमा नेपाल विशेष खिन्न देखिन्थे।
शेरबहादुर देउवा चुनाव हुनुभन्दा केही अघि मात्र संसद् प्रवेश गरी चुनाव सकिएलगत्तै केही नबोली बाहिरिएका थिए। सभासद् बबन सिंहले इन्जिनियरसमेत रहेका भट्टराईलाई सरकार चलाउन नक्सा बनाए जस्तो सजिलो नहुने घोचपेच गरेका थिए। संविधानसभाको चुनावका बेला प्रहरीको मस्ट वान्टेड सूचीमा रहेकाले फरार भएका सिंहले आफूलाई गान्धीवादी नेता भएको भन्दै पौडेललाई समर्थन गर्ने बताएपछि संसद्मा हाँसो गुञ्जिएको थियो।
मतदानको पर्खाइ भइरहेका बेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मोबाइलमा केही टाइप गरिरहेका थिए। मत दिएर फर्कँदा धेरैजसो सभासद्ले भट्टराई बसेकै स्थानमा गएर बधाई दिएका थिए। मत परिणाम सुनाइनु अघि नै सभासद्हरूले भट्टराईलाई बधाई दिन खोजेपछि सभामुखले रुलिङ गर्नुपरेको थियो। 'मैले परिणाम नै सुनाएको छैन तपाईहरू खादा लाइदिन खोज्नुहुन्छ?' भन्दै नेम्बाङले प्रचण्डलाई समेत रोकेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out