बाबुरामले जुवा खेलेः मैनाली

काठमाडौं, भाद्र ३१ - माओवादी सल्लाहकार एवं पूर्वमन्त्री राधाकृष्ण मैनालीले बहुमतीय सरकारको नेतृत्व गरेर प्रधानमन्त्री बाबुराम भट्टराईले जुवा खेलेको बताएका छन् ।
कमजोर गठबन्धनबाटै शान्ति र संविधानको कार्यभार पूरा गर्न सक्छु भनेर आँट्नु जुवा खेल्नुसरह भएको मैनालीको भनाइ छ । 'बहुमतीय सरकारमा गएर बाबुरामजीले जुवा खेल्नहुँदैनथ्यो,' ईकान्तिपुरसित शनिबार उनले भने, 'उहाँ असफल नै हुनुहुनेछ, सफल हुने सम्भावना ज्यादै कम देख्छु ।'
मधेसवादी दल, कांग्रेस-एमालेको असफल बनाउने नियत र अन्तर्राष्ट्रिय शक्ति (खासगरी भारत)ले भट्टराई सरकारलाई ढालिदिने मैनालीको दाबी थियो । 'कांग्रेस-एमालेको नियत नै बाबुरामजीलाई असफल बनाउने नै छ,' उनको विश्लेषण छ, 'भारतले एक कल टेलिफोन गरेर गठबन्धन भत्काएर सरकार ढालिदिन्छ ।'

बहुमतीयबाटै भए पनि सरकारको नेतृत्व गर्नु भट्टराईको भुल भएको उनले बताए । 'माओवादीले कि सहमति सरकारको नेतृत्व गर्छौं नत्र प्रतिपक्षमा बस्छौं भन्न सक्नुपर्थ्यो,' उनले भने, 'कहिले झलनाथ, कहिले मधेसी दललाई च्यापेर सरकारमा चाँही बस्नैपर्छ भन्ने कांग्रेस-एमालेको जस्तै चरित्र देखाउनु राम्रो भएन ।'
भट्टराई असफल भए राजनीतिक निरासा आउने र संविधानसभा नै नरहने स्थितिसम्म हुने मैनालीको ठम्याइ छ । 'अहिले माओवादीमात्रै हैन, बौद्धिक वर्ग, कांग्रेस, एमालेका तल्लो तहका कार्यकर्ता र सर्वसाधारणमा बाबुरामप्रति ठूलो आशा थियो,' उनले भने, 'तर उहाँ पनि असफल भए न शान्ति न संविधान । संविधानसभा नै विघटन हुने खतरा छ ।'
सैद्धान्तिकरुपमा वैद्यको तर्क ठीक
लामो समय कम्युनिष्ट राजनीति गरेका मैनालीले सेना समायोजनमा उपाध्यक्ष मोहन वैद्यको विरोध सैद्धान्तिकरुपमा ठीकै भए पनि व्यवहारिक नभएको तर्क गरे । 'कम्युनिष्ट आइडोलोजी अनुसार त कमरेड किरणको तर्क ठीकै छ,' कम्युनिष्टहरुको जनसेना विघटन कहिल्यै नहुने तर्क गर्दै उनले भने, 'पहिले नै जनसेना बुझाउँछौं भनेर सहमति जनाएको अवस्थामा फेरि च्यापेरै राखेर त अर्थ भएन नि ।'
मैनालीले माओवादीभित्रको  अन्तर्संघर्ष तत्काल समाधान नगरे पार्टीका लागिमात्रै नभइ समग्र कम्युनिष्ट आन्दोलनकै लागि घातक हुने टिप्पणी गरे । अन्तर्संघर्ष कलहमा परिणत हुँदा बर्माबाट कम्युनिष्ट सकिएको दृष्टान्त पेश गर्दै उनले भने, 'यो छिट्टै मिलाउनुपर्छ ।'
दाहालको भूमिका उचित
मैनालीले माओवादी अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो भूमिकाको प्रशंसा गरे । 'कमरेड प्रचण्डले बडो जिम्मेदार भएर भूमिका खेल्नुभएको छ,' बाबुरामलाई प्रधानमन्त्रीमा भित्रदेखि नै दाहालले सहयोग गरेको दाबी गर्दै उनले भने ।
नेपालमा गणेशमान सिंह, भारतमा सोनिया गान्धी र चीनमा देङ जियाओ पिङले जस्तै छाति ठूलो पारेर दाहालले भट्टराईलाई सहयोग गरेको उनले दाबी गरे । 'जसरी गणेशमानले किशुनजीलाई प्रधानमन्त्री बनाएर संविधान बनाउनुभएको थियो, सोनिया गान्धीले मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएर वास्तविक नेता बन्नुभयो,' उनले भने, 'प्रचण्डले पनि यसैलाई पछ्याउनुभएको छ ।'
राष्ट्रवादी छवि जोगाउन बाबुरामलाई गाह्रो
प्रधानमन्त्री भट्टराईलाई राष्ट्रवादी छवि जोगाउन कठीन हुने नेता मैनालीको धारणा छ । 'चार बुँदे सहमति कार्यान्वयनतिर लागे त्यो अवस्था आउन सक्छ,' सहमतिका कतिपय बुँदाले राष्ट्रियता कमजोर हुने भन्दै उनले भने, 'माओवादीका ७ हजार, १० हजार मधेसीलाई सेनामा प्रवेश गराउँदा उहाँको राष्ट्रवादी छविमा भने दाग लाग्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out