मन्त्री साहलाई पक्रने पत्र नम्बर ४४७२

वीरगन्ज, आश्विन १२ - हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्यामा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहको संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरी वीरगन्ज पठाउन प्रहरी मुख्यालय र काठमाडौं प्रहरीलाई पत्राचार गरिसकेको पर्सा प्रहरी प्रमुख रमेश खरेलले बताएका छन् । पर्सा प्रहरीले चलानी नं. ४४७२ को पत्र अञ्चल, क्षेत्र, काठमाडौं प्रहरी र मुख्यालयलाई समेत पठाएको हो ।
यसअघि मन्त्री साहले आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दाबी गरेका थिए ।
प्रहरी उपरीक्षक खरेलका अनुसार प्रहरी अनुसन्धानमा उनको पनि संलग्नता देखिएकाले पक्राउ गरी थप अनुसन्धान आवश्यक देखिएकाले मुख्यालयलाई पत्राचार गरिएको हो । 'प्रक्रिया पुर्‍याएरै पत्राचार गरिएको हो,' उनले भने । 

हिरासतमा रहेका अमन कुशवाहाको बयान र प्रत्यक्षदर्शीले बताएको आधारमा अनुसन्धान थाल्दा मन्त्री साह हत्याका मुख्य योजनाकार देखिएको प्रहरीले जनाएको छ ।
एसपी खरेलले आफ्नो केही गरी सरुवा नै भए पनि तिवारी हत्या प्रकरणको अनुसन्धान प्रभावित नहुने बताए । 'मुद्दामा कागजी प्रमाणले काम गर्ने हो,' उनले भने, 'मेरो सरुवाले कुनै प्रभाव पार्दैन ।' यसअघि सरकारी वकिलले मगंलबार थप अनुसन्धान आवश्यक रहेको भन्दै मिसिल फर्काइदिएको थियो । एसपी खरेलले सरकारी वकिलले मागेको सबै कागजात तयार गरी अदालत खुलेकै दिन मिसिल फेरि पेस गर्ने बताए । उनले भने, 'अपुग अनुसन्धान पूरा गछौर्ं ।'
पर्याप्त प्रमाण जुटाई मिसिल बुझाउँदा पनि सरकारी वकिलले मुद्दा दर्ता नगरी फिर्ता गरेकामा प्रहरी अधिकृतहरूले भने असन्तुष्टि पोखेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकृतले भने, 'यो मुद्दा पन्छाउने खेल हो, मुद्दा चलाउने छाँटकाँट देखिएन ।'
दुईजना प्रत्यक्षदर्शीले समेत कुशवाहालाई पहिचान गरिसकेको अवस्थामा मुद्दा चलाउनुपथ्र्यो,' अनुसन्धानमा खटेका एक अधिकृतले भने । प्रहरी मुख्यालयबाट हत्या प्रकरणमा मन्त्रीलाई नमुछ्न दबाब आएको पनि प्रहरी स्रोतले जनायो । 'मन्त्रीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउने मनस्थिति नभएकाले पक्राउ पुर्जी लुकाइएको हुन सक्छ,' स्रोतले भन्यो । राजधानीमा यसबारे प्रहरी प्रवक्ता विनोद सिंहसँग सोध्दा उनले पर्सा प्रहरीबाट त्यस्तो कुनै पत्र प्राप्त नभएको दाबी गरे ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out