दसैंमा स्टारपावर फेरि आमने-सामने

पछिल्लो समय नेपाली ब्यावसायिक फिल्महरु दुई ध्रुवमा विभाजित छन् । एउटामा आर्यन सिग्देल र अर्कोमा रेखा थापा । व्यक्तिगत सम्बन्ध जेसुकै होस् तर स्वदेशी सिनेमाका यी दुई स्टारपावर अभिनित सिनेमाको रिलिज डेटमा अन्य निर्माताहरु हत्तपत्त आफ्नो फिल्म रिलिज गर्न चाहँदैनन् ।
तर, सन्दर्भ असोज १६ गते दसैंको फूलपातिका दिन रेखा स्टारर 'अन्दाज' र आर्यन स्टारर 'मेरो लभस्टोरी' जुध्नेछन् । पुनः दुई स्टारपावर आमनेसामने हुनेछन् । उज्वल घिमिरे निर्देशित 'अन्दाज' र सुदर्शन थापा निर्देशित 'मेरो लभस्टोरी' फूलापातिको दिन एकसाथ रिलिज हुनेछन् । 'अन्दाज'लाई डीसीएनले वितरण गर्नेछ भने 'मेरो लभस्टोरी'लाई सुनिल मानन्धरले ।

ठूला ब्यानरका सिनेमा जुध्ने भएपछि वितरक र निर्मातालाई कठिन हुने पक्का छ । दर्शकले अपेक्षा गरेका दुवै फिल्म एकैसाथ हलमा पुग्नेभएपछि जुधाइको समस्या दुवै फिल्मले खेप्नेछन् । जुध्नुको अर्थ टिकट सेलिङमा गिरावट आउनु हो । यसअघि पनि रिलिज डेट जुधेपछि राम्रा ठानिएका फिल्महरु सबै औषतमा खुम्चिएका छन् ।
अप्रत्यक्षरुपमा यो भीडन्त रेखा र आर्यनको मात्र होइन । राम्रा ठानिएका दुवै निर्देशक घिमिरे र थापाबीचको आमनेसामने पनि हो । सुदर्शनका लागि 'मेरो लभस्टोरी' कुनैपनि हालतमा जीतहारको युद्ध हो किनभने अघिल्लो प्रोजेक्ट 'के यो माया हो'ले गुमाएको आफ्नो साखलाई सुदर्शनले चुक्ता गर्नैपर्ने हुन्छ । औषतमा खुम्चिएका आर्यनका लागि पनि 'मेरो लभस्टोरी' चल्नैपर्छ । तर, दसैंलाई दशा भनिएजस्तै रेखा र आर्यनका लागि स्टारपावर देखाउने मेसो हुनुपर्छ असोज १६ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out