जापानमा विकिरण नाप्नसकिने स्मार्टफोन बजारमा आउने

टोकियो । जापानको मोबाइल फोन सञ्चालक वृहत संस्था एनटीटी डोकोमोले स्वासको गन्ध, शरीरको मोटाई तथा विकिरण नाप्नसक्ने स्मार्टफोन बजारमा ल्याउने भएको छ ।
डोकोमोले आफूले उपयोगकर्ताहरूले आफ्नो शरीर तथा वरपरको परिस्थिति नाप्न सक्ने सूचकयुक्त प्रविधिको विकास गरेको र त्यसलाई स्मार्टफोनमा जडान गर्न सकिने जानकारी दिएको छ ।
यस कम्पनीले यस प्रविधिलाई अक्टोबर महिनामा नवविकसित प्रविधिको संयुक्त प्रदर्शनीमा राख्ने जानकारी दिएको छ ।
उक्त प्रविधिमा नविनतम तथा उच्च प्रविधियुक्त उपकरणहरू प्रदर्शन हुने अपेक्षा गरिएको छ ।
डोकोमोले यसका लागि तीन प्रकारको ‘‘ज्याकेट’’ यसका सफ्टवेयरसँगै उपलब्ध गराउनेछ । यसबाट विकिरणका साथै स्मार्टफोन बोक्ने व्यक्तिको स्वास गन्हाएको छ कि छैन, रक्सी सेवन गरेको छ कि छैन वा उसको छालालाई विकिरणयुक्त प्रकाशले प्रभाव पारेको छ कि छैन भन्ने पनि जानकारी प्राप्त गर्न सकिन्छ । आउँदो प्रदर्शनीमा डोकोमोले यसलाई प्रयोग गरी देखाउनेछ ।
अर्को एउटा ज्याकेटले स्मार्टफोन उपयोग गर्ने व्यक्तिको शरीरमा कति बोसो छ र मांसपीण्ड कस्तो छ भन्ने कुरा पनि मापन गर्ने बताइएको छ । एएफपी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out