विवाह हुन सक्छ : राजवल्लभ

बैंकर्स रविना जोशीसँगको सम्बन्धलाई लिएर अभिनेता राजवल्लभ कोइराला यतिबेला चर्चामा छन् । गसिप प्रकाशित भएपछि पोखरेली ठिटाले सम्बन्धबारे थप बोलेका छन् । मेरोसिनेमासँग कुरा गर्दै उनले रविनासँग भविष्यमा विवाह हुनसक्ने बलियो सम्भावना व्यक्त गरे । 'भविष्यको निश्चितता हुँदैन' घुमाउरो वाक्यमा राजले भने 'विवाह हुनपनि सक्छ ।'
आफूहरुको सम्बन्धबारे दुवैको घरपरिवारलाई राम्रो जानकारी रहेको बताउँदै दुवैलाई एकअर्काको कहानी सबै थाहा भएको राजले बताए । आफूहरुबीच अहिले पनि डेटिङ भैरहने उनले खुलासा गरे । पछिल्लो समय एनसेलको एउटा पार्टीमा आफूहरु भेट भएको राजले उल्लेख गरे । 'हामी फुर्सद निकालेर हप्तैपिच्छे भेट्थ्यौं र भेट्छौं' उनले भने ।
मिडियामा समाचार आएपछि रविनाले आश्चर्य व्यक्त गरेको राजले जानकारी दिए । 'हो, मेरोसिनेमामा न्यूज आएपछि उनले सरप्राइज जनाइन्' उनले भने । आफूहरुबीच डेढवर्षदेखि गहिरो मित्रता रहेको र मिडियामा आएजति सबै सत्यतामा आधारित नरहेको उनले जनाए । 'कार किनिदिएको कुरा पनि सत्य होइन । मेरो कारण डिभोर्स भएको पनि सत्य होइन' राज भन्छन् 'पहिलो त म रातो रङको कार नै चढ्दिँन ।' तर, स्रोतका अनुसार विहे हुने सम्भावना भने बलियो छ ।
को हुन रविना जोशी ?
बैंकिङ क्षेत्रमा माथिल्लो पदमा पुग्ने थोरै महिलामध्येकी एक हुन् -रविना जोशी । हाल मेगा बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत रविनाले बैंकिङ करियरमा लामो अनुभव हासिल गरिसकेकी छिन् । उत्कृष्ट शारीरिक सौन्दर्य उनको आकर्षक पक्ष हो । फेसन डिजाइनर राजेश धाख्वा, ग्लामर फोटोग्राफर राजिव श्रेष्ठ तथा हिरो राजवल्लभ कोइरालाले रविनाको सौन्दर्यको खुलेर प्रशंसा गरेका थिए जुन समाचारलाई यसअघि प्रकाशित गरिसकेको छ । उनीहरुले रविना सबै दृष्टिकोणले पर्फेक्ट महिला भएको बताएका थिए ।
खासमा रविना अल्टरनेटिभ हिलिङ प्राक्टिसेजकी ज्ञाता हुन् तर नेपालमा यस क्षेत्रमा अवसर नपाएपछि उनी बैंकिङ क्षेत्रमा तानिएकी थिइन् । 'रविना महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने बलियो उदाहरण हो' यसअघि प्रकाशित समाचारमा रविनाबारे राजवल्लभले भनेका छन् 'उनी बैंक प्रमोसनका लागि उत्कृष्ट पोलिसी गराउन पर्फेक्ट छिन् ।' गायन र नृत्यकला रविनाका सौख हुन् । १७ वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी रविनाको अहिले पतिसँग सम्बन्धविच्छेद भैसकेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out