'काठमाण्डू नाइट'की हिरोइन विनिता

विनिता बराललाई प्रोजेक्टहरुले पछ्याउन थालेजस्तो छ । 'चपली हाइट' प्याकअप भएको साता नबित्दै उनी दीपेन्द्र के. खनालको अपकमिङ प्रोजेक्ट 'काठमाण्डू नाइट'मा अनुबन्धित भएकी छिन् । 'चपली हाइट'को अभिनयबाट प्रभावित भएकाले नयाँ प्रोजेक्टमा पनि उनलाई साइन गराएको दीपेन्द्रले बताए । तिहारपछि छायांकन सुरु हुने चलचित्रमा विनिता हिरो आर्यन सिग्देलको अपोजिटमा हुनेछिन् ।
शनिबार सुटिङ सकिएको 'चपली हाइट'मा विनिता मुख्य भूमिकामा थिइन् । उनी यसै चलचित्रमार्फत डेब्यु गरेकी हुन् । यौन मनोविज्ञानमा आधारित 'चपली हाइट'मा विनिता दुई नयाँ हिरो आमिर गौतम र राज घिमिरेसँग देखिएकी थिइन् । 'यो मेरो लागि अवसर र चुनौति दुवै हो' 'काठमाण्डू नाइट' गर्ने निधो भएपछि मेरोसिनेमासँग कुरा गर्दै विनिताले भनिन् 'मिहेनतको फल मीठो हुन्छ भनेको यही रहेछ ।'
दसैंअघि सम्पादन सकिने 'चपली हाइट'मा विनिताले गरेको अभिनयले क्रीउलाई नै प्रभावित तुल्याएको दीपेन्द्रले बताए । थ्रीलर श्रेणीको चलचित्र 'काठमाण्डू नाइट'का लागि हिरो आर्यनले कुरेको झन्डै वर्ष हुन लागिसक्यो । त्यतिबेलै आर्यन ६ लाखमा अनुबन्धित भैसकेका थिए । 'काठमाण्डू नाइट'का अन्य कलाकारहरु तय गरिएको छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out