रविना र राजवल्लभबीच रोमान्स

अविवाहित हिरो राजवल्लभ र काठमाडौंकी बैंकर्स महिला रविना जोशी (देशराज श्रेष्ठ)बीचको रोमान्सले यतिबेला काठमाडौंको बैंकिङ क्षेत्र र सिनेमा क्षेत्रमा चर्चा बटुलेको छ । बैंकर्स महिलाले खाजा खाने ठाउँमा यतिबेला राजवल्लभ र उनले चढ्ने रातो कारको गफ चलिरहेको हुन्छ । अधिकांश नेपाली फिल्म त्रिकोणात्मक कथामा आधारित हुन्छन् । राजवल्लभ थुप्रै त्रिकोणात्मक फिल्ममा हिरो पनि बने । तर, यतिबेला राजवल्लभ त्रिकोणात्मक होइन चतुर्थकोणात्मक रिएल लाइफका पात्र बनेका छन् । यो प्रसंग हो मेगा बैंकमा कन्ज्युमर बैंकिङ एन्ड कर्पोरेट अफेयस्रका रुपमा कार्यरत रविना देशराज श्रेष्ठ (जोशी)को । हिरोसँग रविनाको सोचेभन्दा बढी हिमचिम बढ्न थालेपछि हिजोआज सोही बैंकका कार्यकारी अधिकृत अनिल शाह पनि विक्षिप्त छन् । किनभने अनिल रविनालाई मनपराउँछन् । पहिला अनिल र रविना स्ट्यान्डर्ड चार्टड बैंकमा सँगै काम गर्थे । त्यही बैंकमा रविनाका जोशी थरका पति पनि काम गर्थे । अनिलले स्ट्यान्डर्ड चार्टड बैंक छाडेपछि रविनाले अनिलसँगै त्यो बैंक छाडिन् र दुवै त्यहाँबाट नबिल बैंकमा काम गर्न गए । नबिल बैंकमा काम गर्न थालेपछि नयाँ पुस्तामा चलेका हिरो राजवल्लभसँग रविनाको भेट भयो ।
रविनाको अफिस पुल्चोकमा राजवल्लभ बस्ने कुपण्डोलमा । यसले उनीहरुबीचको भेट गाढा हुन थाल्यो । यसपछि रविनाको प्रेम तीनबाट चार कोण लियो । राजवल्लभसँग रविनाको हिमचिम बढेको र राजवल्लभलाई रविनाले गाडी समेत किनिदिएको कुरा सुनेपछि पाटनका धनाढ्य जोशी र रविनाको डिभोर्स भयो ।
त्यसपछि रविना र अनिल दुवैले नाबिल बैंक छाडेर मेगा बैंकमा काम गर्न थाले । अनिलको साथमा रविनाले बैंकमा राम्रो पोजिसन पाइरहिन र उनले कमाएको पैसाबाट राजवल्लभ निरन्तर लाभान्वित हुँदै गए । हुँदा-हुँदा फुस्रद हुनासाथ रविना राजवल्लभसँग क्याफेतिर निस्कने घर आवत-जावत गर्ने र अनिलले भेट्न खोज्दा नभेटिने भएपछि क्रमशः अनिल रविनाप्रति निराशा बन्दै गएको मेगा बैंकका एकजना कर्मचारी बताउँछन् । रविनाले आफ्ना नजिकका साथीसँग राजवल्लभले आफूसँग चाँडै विवाह गर्न लागेको पनि बताउन थालेकी छन् जुन कुरा अनिलको कानमा पुगिसकेको छ । यतिन्जेलसम्म बैंकमा काम गर्नेहरुले अनिललाई कुरा लगाइसकेका छन् कि 'अविवाहित हिरो पाएपछि विवाहित मान्छेको घरबार बिगार्न कुनचाहिँ स्त्री पछाडि पर्छन् र ? के सबैजना किशोर महर्जनसँग जोडी बाँधिने सिर्जना जोशीजस्ता हुन्छन् र ?'
यतिबेला रविनाका १२ वर्षे एकजना छोरा पनि छन् । उनका अधिकांश साथीले राजवल्लभलाई भावी पतिका रुपमा हेरेका छन् । यहाँसम्मकी उनीसँग सम्बन्धित कुनै जमघट भए राजवल्लभ छुट्दैनन् । त्यस्ता जमघटमा राजवल्लभसँग रविनाको उन्मुक्त चुम्बन हुने गर्छ । राजवल्लभ भने लजालु शैलीमा उनको चुम्वन स्वीकार्ने गर्छन् । रविना यो सम्बन्धलाई आफ्ना साथीभाइमाझ बढी नै चर्चामा ल्याउन रुचाउँछिन् भने उनका कुरा फेसबुकमा प्रसारित मोबाइल अपलोडबाटै प्रष्टिन्छ । तर राजवल्लभ भने सकेसम्म यो सम्बन्ध त्यसप्रकारको नभएको देखाउन रुचाउँछन् । पतिले घरपरिवार र इज्जतको ख्याल नगरी अर्को केटासँग लागेको भन्दै सम्बन्धविच्छेद गरेपछि उनलाई आफन्तले नै हेर्ने नजर बद्लिएको थियो । त्यसपछि उनले पहिलेदेखि नै मित्रता रहेका राजवल्लभसँगको सम्बन्धलाई बढी प्रचारमा ल्याएकी हुन् । एकजना आफन्त भन्छन् -सम्पत्ति भएको लोग्ने छाडेर रुप र नाम कमाएको युवक रोज्ने होडबाजी आजकलका सहरी महिलाबीच प्रतिस्पर्धाझैं चल्ने गरेको छ । उनी त्यो प्रतिस्पर्धामा अन्य साथीभन्दा अगाडि छिन् ।
रविनासँगको सम्बन्धबारे मेरोसिनेमासँग कुरा गर्दा राजवल्लभले उनीसँग राम्रो मित्रता रहेको मात्र बताए । 'बाहिर आएका हल्ला गसिप मात्र हुन्' राजवल्लभ भन्छन् 'कसले के भन्यो त्यो सरोकारको विषय होइन ।' सामान्य मित्रतालाई प्रेमका रुपमा हेर्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि पनि जनाए । 'साथी जो पनि हुनसक्छन्, त्यसमा पनि हामी सार्वजनिक रुपमा चिनिएको मान्छेलाई साथी बनाउन रुचाउने थुप्रै पुरुष वा महिला हुन्छन्' उनले भने ।
'जनआस्था साप्ताहिक'को सहयोगमा 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out