युवतीलाई नेपालबाट दुवई र सिंगापुर पुर्यावउने

नाङ्गो नाच नचाउने डान्स व्यवसाय राजधानीमा ओरालो लागेपछि नर्तकीहरुको धमाधम दुवई र सिंगापुरमा तस्करी।
काठमाडौं । नाङ्गो नाच नचाउने डान्स रेष्टुरेन्टहरुको व्यवसाय राजधानीमा ओरालो लागेपछि नेपाली नर्तकीहरुको धमाधम दुवई र सिंगापुरमा तस्करी भइरहेको छ। दलालहरुले पर्यटक भिषामा युवतीलाई नेपालबाट दुवई र सिंगापुर पुर्यावउने र भिषा थप्दै त्यहाँ रहेका डान्स रेष्टुरेन्टहरुमा नाङ्गो नाच नचाउन लगाउने गरेका छन्। नेपाली नर्तकीहरुलाई दुवइका डान्स रेष्टुरेन्टमा नचाउन लैजान दुवईबाट अलि खान भन्ने व्यक्ति नेपाल आउने र महंगो पैसा तिरेर नेपाली डान्स रेष्टुरेन्टमा काम गर्ने युवतीहरु लैजाने गरेका छन्।
अलि खान दुवईमा रहेको किङ खान डान्स रेष्टुरेन्टका मालिक हुन्। नेपाली नर्तकीहरु दुवई र सिंगापुर पठाउने धन्दामा राजधानीमा रहेका डान्स रेष्टुरेन्टका सञ्चालक देखि रेष्टुरेन्टमा नै काम गर्ने डान्सरहरु सक्रिय रहेका छन्।
नेपाली युवतीलाई मुल्य बढवा गर्दै विदेश पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थल एयरपोर्टमा कार्यरत कर्मचारी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट खटिएका गुप्तचर प्रहरी तथा एयरपोर्ट अध्यागमनको प्रत्यक्ष सहभागितामा विना रोकतोक ढोका खुल्छ। स्रोत भन्छ–'एयरपोर्टमा रहेका सबै सुरक्षाकर्मीहरुबाट खटिएका प्रहरी, अध्यागमन र त्रिविमा कार्यरत कर्मचारीहरुले पैसाको राम्रो भागवण्डा पाउँछन्।' चावहिलस्थित लकिरा डान्स रेष्टुरेन्टका अनिल भन्नेले पनि नेपाली नर्तकी दुवई र सिंगापुर पठाउने गरेका छन्। उनको मोवाइल नम्बर ९८०८५३९९३४ मा सम्पर्क गरी यसबारेमा जिज्ञाशा राख्दा उनले भने–'हो मैले पहिला–पहिला पठाउने गर्थे तर अहिले त्यस्तो काम गर्दिन।' उनले एयरपोर्टमा गएर सोधे क–कसले त्यस्तो धन्दा गर्छन, सबै थाहा हुने समेत बताए। राजधानीमा रहेका डान्स रेष्टुरेन्टहरुमा पाँच हजारका लागि नाच्ने केटा र केटीहरु यतिखेर करोडौंको बङ्गलामा बस्छन् भने करोडौंको गाडिमा सयर हुन्छन्। केटी पठाउने दलालहरुले नेपाली नर्तकीलाई शुरुमा नेपालमा नै एक महिनाको तलव ५० हजार र सपिङका लागि २० हजार दिने गरेको स्रोतले बताएको छ। उक्त रकम उनीहरुले भारतीय मुद्रामा लिने गरेका छन्। तीन महिने पर्यटक भिषामा लगेर अवैध रुपमा दुवई र सिंगापुरमा नाङ्गो नाच नचाउन नेपाली केटीहरु प्रयोग हुने गरेका छन्।
यस्तो धन्दा नेपालबाट गर्नेहरुमा कालीमाटी चोकमा रहेको एक डान्स रेष्टुरेन्टका सञ्चालक ज्ञानकुमार गौतम पहिलो नम्बरमा पर्छन्। उनलाई कालीमाटी, सोल्टीमोड वरपर चिन्नेहरुले केटी बेच्ने दलालरका रुपमा लिने गरेका छन्। त्यसैगरी जाउलाखेलमा रहेको मुनलाईट डान्स रेष्टुरेन्टका सञ्चालक राजन केसीको पनि धन्दा दुवई र सिंगापुरमा केटी पठाउने हो। अनिल परियार र दिपा परियार मेहन्दी डान्स रेष्टुरेन्टका सञ्चालक हुन्। उनीहरुले पनि नेपाली युवतीलाई दुवई पठाउने गरेका छन्। डान्सर केटीहरु बजारबाट बटुल्दै एकल पठाउने धन्दामा राजकुमार सिलवाल पनि सक्रिय छन्। शैलेन्द्र, सन्तोष, कृष्ण, हिमाल, लक्की र नविन भन्नेले पनि तीन महिने भिषामा दुवई पुर्याई अबैध रुपमा डान्स रेष्टुरेन्टमा काम गर्न लगाउने गरेका छन्। लक्की बागबजारस्थित ड्रेस हायर सेन्टरकी सञ्चालिका हुन्। गोर्खा निवासी अनिल ठमेलको पिङ्क प्यालेस डान्स रेष्टुरेन्टमा चार वर्षअघि डान्सरका रुपमा काम गर्ने गर्थे।
ब्लुबारमा काम गर्ने दीपा परियारलाई उनले विवाह गरेर दिपालाई पनि दुवईमा डान्सरका रुपमा काम गर्न पठाएका थिए भने पछि आफैले सो धन्दा गर्न थालेको स्रोतको दावी छ। उनले सर्वसाधरणलाई आँखामा छारो हाल्नका लागि दरबारमार्गमा मेहन्दी नामको डान्स रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। दरबारमार्ग प्रहरी प्रभागले उक्त डान्सबाट मासिक बुझ्दै आएको छ। नेपाली युवतीलाई नयाँ तरिकाबाट विदेशमा अवैध काम गर्न लगाउने यस्ता गिरोहको प्रहरीसँग राम्रो उठबस हुने गरेका कारण उनीहरुलाई कसैले पनि पक्राउ गदैनन्। राजधानीमा हुने अबैध धन्दा नाङ्गो नाचमा प्रहरीले प्रतिवन्ध गरेलगत्तै नेपाली नर्तकीहरुको दुवई र सिंगापुरमा माग बढेको स्राेतले बताएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out