मिस नेपाल Miss Nepal Manila Joshi

महिलाहरूले मात्र विश्वमा राज्य गर्न मौका पाएमा सन् २०५० सम्ममा यो विश्वको स्वरूप कस्तो हुन्थ्यो होला ? मुख्य निणर्ायक यशोवर्द्धन प्रधानको प्रश्नको जवाफ उनले प्रतिप्रश्नबाटै प्रारम्भ गरिन्। प्रश्नकर्तालाई नै चुनौती दिँदै उनले भनिन्— 'सबैभन्दा पहिले म तपाईंको प्रश्नमाथि नै तर्क गर्न चाहन्छु। तपाईंले यदि राज्य गर्न मौका पाएमा भन्नुभएको छ, तर मेरो विचारमा महिलाले अहिले नै राज्य गर्न थालिसकेका छन्। आजभोलि हरेक क्षेत्रमा हामी देख्न सक्छौँ कि महिलालाई बढी प्राथमिकता दिइएको छ, चाहे त्यो सार्वजनिक यातायातमा होस्, चाहे सम्मान पाउनमा होस् अथवा सौन्दर्यमा नै किन नहोस् ? म विश्वस्त छु, यदि यही क्रम जारी रह्यो भने आगामी २०५० सम्ममा विश्व अझ बढी बस्न लायक हुनेछ। अन्त्यमा म आफूलाई महिला हुन पाएकोमा एकदम गर्व गर्दछु र महिला भएर यहाँ उपस्थित हुन पाउँदा खुसी छु।'
मंगलबार राति सम्पन्न 'लक्स मिस नेपाल-२०११' को निणर्ायक प्रतियोगितामा धरानकी २३ वषर्ीया मलिना जोशीलाई यही जवाफले विजेता बनायो। निणर्ायक चरणमा पुगेका पाँच प्रतिस्पर्धीमध्ये मलिनाको यो जवाफका कारण निणर्ायक मण्डलले उनलाई नै वर्ष २०११ को मुकुट पहिराउने निर्णय गर्‍यो अनि उनी बनिन्— नेपालकै १६ औं मिस नेपाल।

प्रतियोगी नम्बर ७ का रूपमा प्रतिस्पर्धामा सहभागी मलिना ५ फिट ६ इन्च अग्ली छिन्। ५७ किलोकी मलिना पछिल्लो तीन वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आइरहेकी छिन्।

सिनामंगलस्थित एस इन्टिच्युट अफ इम्यानेज्मेन्ट कलेजबाट एमबिए गरेकी मलिनाले ग्लोबल कलेज अफ म्यानेज्मेन्टबाट बिबिएस गरेकी हुन्। धरानको विजयपुर हाइयर स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी मलिनाले धरानकै वीरेन्द्र मेमोरियल कलेजबाट प्लस टु गरेकी हुन्। धरानमै बिबिएस दोस्रो वर्षसम्म अध्ययन गरेकी मलिनाले तेस्रो वर्षदेखि ग्लोबल कलेजमा पढ्न थालेकी हुन्।

पूर्व मिस नेपाल माल्भिका सुब्बा तथा बलिउड नायिका ऐश्वर्या रायको शिरमा सजिएको क्रमशः मिस नेपाल तथा मिस वल्र्डको मुकुटले उनलाई किशोरी छँदैदेखि आकषिर्त गरेको रहेछ। मिस नेपाल-२०११ का रूपमा आफ्ना नाम घोषणा नहुँदै आफू विजयी भएको थाहा पाएकी मलिनाले खुसीको क्षणलाई आँखाबाट आँसुका रूपमा खसाएकी थिइन्। मिस नेपालको मुकुट पहिरिएलगत्तै साप्ताहिकसँग कुराकानी गर्दै मलिनाले भनिन्— 'जीवनमा आफूलाई इच्छा लागेको कुरामा समय छँदै प्रयास गरिएन भने पछि पछुताउनुपर्ला भन्ने लागेर म यसपटक मिस नेपालमा सहभागी हुन आएकी थिएँ। मैले आफ्ना अभिभावकको अनुमति लिएर मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी हुँ।' गत वर्ष सम्पन्न एञ्जल-२०१० प्रतियोगितामा टप फाइभ तथा मिस इन्टेलिजेन्टको शीर्षक उपाधि विजेता मलिनाले सानै छँदा विज्ञापनको क्षेत्रमा आफ्नो भविष्य देखेकी थिइन्। 'तर पछि मैले व्यवस्थापन विषय रोजें,' उनी भन्छिन्— 'मार्केटिङ एमबिए गरेकाले भविष्यमा म यही क्षेत्रमा करियर बनाउनेछु।' मलिनालाई नृृत्य, गीत संगीत तथा मोडलिङमा रुचि छ। निरन्तरको मेहनत, लगनशीलता तथा आफूले प्राप्त गर्ने चाहना राखेको विषयमा अन्तिम समयसम्म पनि जुझारु भै लागिपर्ने आफ्नो स्वभाव नै आफूलाई मिस नेपाल-२०११ को उपाधि दिलाएको उनको तर्क छ। मिस नेपाल-२०११ मा मलिनाले १८ जना प्रभावशाली प्रतिस्पर्धीलाई पाखा लगाउन सफल भइन्। मिस नेपालको उपाधिसँगै आगामी नोभेम्बर ६ का दिन लन्डनमा सम्पन्न हुने मिस वल्र्ड २०११ मा मलिनाले नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस नेपाल-२०११ को मुकुटसहित मलिनाले नगद ५० हजार रुपैयाँ पनि जितिन्।

बलिउड नायिका मनीषा कोइराला, पूर्व मिस नेपाल जेनिशा मोक्तान, गायक योगेश्वर अमात्य, गायक तथा कर कार्यालयमा कार्यरत दीपक खरेल, व्रमि प्रधान, राजेन्द्र बजगाईं, शैलजा अधिकारी, सिर्जना राणा, अजयभद्र खनाल तथा ऋतुसिंह वैद्य प्रतियोगिताका निणर्ायक थिए। निणर्ायक प्रतियोगिताभन्दा केही दिनअघि र्‍याडिसन होटलमा सम्पन्न पि्र-जजिङ राउन्डमा सबै निणर्ायकले सबै प्रतियोगीलाई पालैपालो परीक्षण गरेका थिए। पि्र-जजिङ राउन्डको मूल्यांकनका आधारमा निणर्ायक प्रतियोगितामा निर्णय गर्न निणर्ायकहरूलाई सहज भएको अनुमान गर्न गाह्रो भएन।

आयोजक हिडेन टे्रजरले यसपटकदेखि अन्तिम चरणमा पुग्न सफल पाँचै जना सुन्दरीलाई खाली हात फर्काएन। अघिल्लो वर्षसम्म मिस नेपाल, फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअपलाई मात्र विजयी बनाइन्थ्यो। यसपटक थर्ड रनर्स अप तथा फोर्थ रनर्स अप गरी थप दुई सुन्दरीले पनि उपाधि जिते।

करिब साढे दुई घण्टासम्म चलेको प्रतियोगितामा चितवनकी अनुपमा औरा गुरुङले फस्ट रनर्सअप तथा चितवनकै सरिना मास्केले सेकेन्ड रनर्सअपको उपाधि जिते। उनीहरूले क्रमशः ३५ हजार तथा २५ हजार रुपैयाँ पाए। भक्तपुरकी मनीषा विष्ट तथा वीरगन्जकी नेहा पौडेलले क्रमशः थर्ड रनर्सअप तथा फोर्थ रनर्सअपमा चित्त बुझाए, तर चौथो र पाँचौं स्थान आगेट्ने सुन्दरीलाई क्राउन भने पहिराइएन, उनीहरूको नगद पुरस्कारको राशि पनि खुलाइएन। शीर्षक उपाधि विजेता ७ सुन्दरीलाई जनही १० हजार रुपैयाँ प्रदान गरियो।

यस्तो रह्यो आयोजना

निर्धारित समयभन्दा केही ढिलो प्रारम्भ भएको मिस नेपाल-२०११ को उद्घोषण रेडियो कान्तिपुरमा दुई चर्चित उद्घोषक रेमन श्रेष्ठ तथा भूमिका थापाले गरेका थिए। प्रेक्षालयको पर्दा उघ्रनेबित्तिकै रातो रंगको वन पिसमा सजिएका १९ जना प्रतिस्पर्धी पालैपालो स्टेजमा आएर आफ्नो नृत्य कला प्रदर्शन गरे। त्यसपछि निणर्ायकको परिचयसँगै मुख्य प्रतिस्पर्धा प्रारम्भ भयो। मिस नेपालको अडिसनदेखि प्रशिक्षण तथा अन्य गतिविधिका फुटेजहरू प्रोजेक्टरमार्फत देखाउँदै अघि बढेको कार्यक्रमलाई सांगीतिक समूह रष्टि नेल्सको लाइभ ब्यान्ड तथा गायिकाहरू श्रेया सोताङ, सिने गुरुङ, रजिना क्षेत्रीको मेड्ली गायनले मनोरञ्जक बनाएको थियो। लगत्तै पि्र-जजिङ राउन्डका दृश्यहरू प्रसारण गरियो।

दोस्रो चरणमा मिस नेपालका प्रतिस्पर्धीहरू यू आर स्टाइलिस बुटिकले तयार पारेका विभिन्न रंगका सारी लगाएर स्टेजमा प्रस्तुत भए। यो चरणले अनौपचारिक रूपमा तीजको स्वाद दिएको देखिन्थ्यो। सारीमा क्याटवाक गर्दै अघि बढेका प्रतिस्पर्धीहरू यही सिक्वेन्सको अन्त्यमा टप टेनका लागि तयार भए। पि्र-जजिङ तथा अघिल्ला दुई सिक्वेन्सका आधारमा उद्घोषकद्वयले टप टेन प्रतिस्पर्धीको नाम घोषणा गरे। टप टेनसम्म पुग्न सफल हुनेहरूमा मनीषा विष्ट, नेहा पौडेल, प्रशंसा राणा, मलिना जोशी, श्रुति पाण्डे, प्रतिभा श्रेष्ठ, विष्णु चेम्जाङ, सरिना मास्के, बिक्की गड्तौला तथा अनुपमा औरा गुरुङ थिए।

त्यसपछिको सिक्वेन्समा निणर्ायकहरूले पालैपालो टप टेन सुन्दरीलाई एक-एकवटा प्रश्न सोधे। यो चरणमा मिस नेपाल विजेता मलिना जोशीलाई निणर्ायक सृजना राणाले 'नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेर साझा नेपाल बनाउन के सुझाव दिनुहुन्छ ?' भन्ने प्रश्न सोधेकी थिइन्। मलिनाको जवाफ थियो— 'नेपाललाई विकसित बनाउन अघि बढ्नुहोस्, नेपाल त्यसै सबै नेपालीको साझा हुन्छ।'

टप टेनको प्रश्नोत्तरपछि निणर्ाणक चरणका लागि टप फाइभ प्रतिस्पर्धीको नाम घोषणा गरियो। मलिना, मनीषा, नेहा, सरिना तथा अनुपमा निणर्ायक चरणका लागि छनौट भए। मिस नेपालको निणर्ायक चरणको सबैभन्दा रमाइलो पक्ष के रह्यो भने, अन्तिम चरणमा पुग्ने अधिकांश सुन्दरी काठमाडौंबाहिरका थिए। सलिना धरानकी हुन्। नेहा वीरगन्जकी। अनुपमा र सरिना चितवनका। मनीषा विष्ट मात्र काठमाडौं उपत्यकाकी हुन्। उनी भक्तपुरकी स्थायी बासिन्दा हुन्।
अनुपमा औरा गुरुङ
फस्ट रनर्सअप 


चितवनकी २२ वषर्ीया अनुपमा औरा गुरुङ मिस नेपालको फस्ट रनर्सअपको उपाधि जित्न पाउँदा असाध्यै खुसी लागेको बताउँछिन्। उनले आगामी नोभेम्बर १२ का दिन थाइल्यान्डको पटायामा सम्पन्न हुने मिस अर्थ-२०११ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। ५ फिट ५ इन्च अग्ली अनुपमा सिंगापुरमा हुर्किएकी हुन्। काठमाडौंको गोल्फुटारमा बसोबास गरिरहेकी अनुपमा बिबिए दोस्रो वर्षकी छात्रा हुन्। मिस नेपालमा सहभागी हुनुअघि अनुपमाले मिस मंगोल प्रतियोगितामा भाग लिएर मिस पर्सनालिटीको उपाधि जितेकी थिइन्। समाजसेवा अनुपमाको रुचिको विषय हो। उनी भविष्यमा सफल बिजनेस ओमन बन्न चाहन्छिन्। 'फस्ट रनर्सअप भएर मैले आफ्नो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न पाउने अवसर पाएकी छु,' अनुपमा भन्छिन्— 'मिस नेपालले नेपाली युवतीहरूलाई सबैका सामु प्रस्तुत हुन पाउने अवसर प्रदान गर्छ। विदेशमा हुर्किएकाले पनि अनुपमाले थाइल्यान्डमा सम्पन्न हुने मिस अर्थमा नेपाललाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने कुरामा ढुक्क छिन्। फस्ट रनर्सअपको उपाधि जित्न आफूमा कुनै पनि प्रकारको चुनौतीलाई सामना गर्न सक्ने क्षमता, आत्मविश्वास, निरन्तर नयाँ कुरा सिक्न र बुझ्न खोज्ने स्वभावले सहयोग गरेको उनको तर्क छ।

सरिना मास्के
सेकेन्ड रनर्सअप

शीर्षक उपाधि विजेताहरू

मिस व्युटिफूल फेयर ः अनुपमा औरा गुरुङ

मिस फोटोजेनिक ः मनीषा विष्ट

मिस ब्युटिफुल स्माइल ः प्रतिभा श्रेष्ठ

मिस पर्सनालिटी ः नम्रता दाहाल

मिस ब्युटिफूल कम्लेक्सन ः निता योगी

मिस ट्यालेन्ट ः विष्णु चेम्जोङ

मिस पि्रजरभेन्स ः मदिना बेगम

मिस पपुलर च्वाइस ः नेहा पौडेल

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out