अब सगरमाथाको लाइभ तस्बिर

काठमाडौ, आश्विन २३ -  जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न सगरमाथाको कालापत्थरमा वेबक्याम जडान भएको छ । अब सगरमाथाका लाइभ तस्बिर इन्टरनेटको सहायताले हेर्न सकिने भएको छ ।
यो प्रणाली राखिएको ठाउँ समुद्र सतहदेखि ५ हजार ६ सय ७५ मिटर उचाइमा छ । यसले विश्वकै अग्लो ठाउँमा जडित वेबक्यामको रेकर्ड राखेको छ । यसअघि अर्जेन्टिनाको अकोन्कागुआ हिमालको आधार शिविरमा जडित क्यामेराले यो रेकर्ड राखेको थियो । उक्त आधार शिविर समुद्र सतहदेखि ४ हजार ३ सय ८९ मिटर उचाइमा छ ।
सन् २००६ देखि जलवायु परिवर्तनबारे नेपालमा अध्ययन गरिरहेको इटालियन वैज्ञानिकहरूको समूहले यो प्रणाली जडान गरेका हुन् । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नेहरूले यसलाई 'ऐतिहासिक फड्को,' भनेका छन् ।
'एउटा ठूलो उपलब्धि,' पूर्ववातावरणमन्त्री गणेश शाहले कान्तिपुरसित भने, 'एकातिर विश्वकै ध्यान तानिने भयो अर्कोतिर सगरमाथाको सुरक्षा पनि ।'
उनका अनुसार नेपालमात्रको ध्यान खिच्न विश्वकै अग्लो स्थानमा राखिएको क्यामेराले थप सघाउ पुर्‍याउनेछ । विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल (नास्ट) का योजना प्रमुख शेखर शाहले यो सफलताले अनुसन्धानमा थप सघाउ पुर्‍याउने उल्लेख गरे । 'अरूलाई काम गर्न हौस्याउनेछ,' उनले शनिबार कान्तिपुरसित भने ।
यो क्यामेरा सोलारमार्फत सञ्चालित छ । हिमाली अध्ययन समूह इभिकेटुसिएनआरले जडान गरेको यो प्रणाली जर्मनी कम्पनी मोबोटिक्सले बनाएको हो । इभिकेटुसिएनआर विगत डेढ दशकदेखि नास्टसँगको सहकार्यमा नेपालमा अनुसन्धान गर्दै आएको छ । 'हामीले महिनौं खर्च गर्‍यौं,' समूहका प्रविधि प्रमुख गियामपेट्रो केलले भने, 'यो प्रणाली जडान गरेर विश्वकै अग्लो स्थानमा वेबक्याम राखेको रेकर्ड राख्ने इच्छा थियो, पूरा भयो ।'
वेबक्यामले बिहान ६ बजेदेखि १२ घन्टासम्मका सगरमाथाका तस्बिरहरू कैद गर्नेछ । प्रत्येक ५ मिनेटमा अनुसन्धानकर्ताले बादलको प्रकृतिअनुसार क्यामेरालाई घुमाउने छन् । समूहका नेपाल प्रतिनिधि इन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार नास्टको विशेष सहयोगमा यो उपलब्धि हासिल भएको हो । 'नेपाल सरकारले पनि धेरै सहयोग गरेको हो,' उनले भने । 'अनुसन्धानकर्ताहरूले कालापत्थरलाई क्यामेरा राख्ने स्थान रोज्नुको कारण,' मोबोटिक्सका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनेका छन्, 'त्यहाँबाट सगरमाथाको उत्तरी र दक्ष्ािणीसहित पश्चिमी भाग निकै सफासँग देखिन्छ ।'
अघिल्लो महिनादेखि प्रयोगमा आएको यो क्यामेरा इभिकेटुसिएनआरको प्रयोगशालासँग बेतारे कनेक्सन गरिएको छ । यो प्रयोगशाला ५ हजार ५० मिटर उचाइमा छ । क्यामेराले खिची पठाएका तस्बिरलाई प्रयोगशालामा इटालियन वैज्ञानिकहरूले विश्लेषण गर्नेछन् । ती वैज्ञानिकहरूले प्राप्त सगरमाथाका तस्बिरहरूमार्फत आइरहेका परिवर्तनहरूबारे अध्ययन गर्ने बताइएको छ । सन् १८५६ मा गरिएको नापअनुसार सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको पत्ता लागेको थियो । तर यो उचाइमा थपघट भएको हुनसक्ने कतिपय विश्लेषकहरूको आंकलन छ । सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपल्ट यसको चुचुरोमा पाइला टेकेका थिए । त्यसयता ३ हजारभन्दा बढीले सगरमाथा चढिसकेको तथ्यांक छ ।
There was an error in this gadget
Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out