नारी सौन्दर्य

चलचित्रकर्मी नीर शाहले उनकै शब्दमा नारी सौन्दर्य र यौनलाई अत्यन्त नजिकबाट अनुभूत गरेका छन् । त्यसैले उनी नारीका हरेक अंगमा सम्मोहन देख्छन् ।
अनादिकालदेखि आजका दिनसम्म चर्चामा रहेको प्रसंग हो, नारी सौन्दर्य र यौन । यौनबाट अलग्ग राखेर सौन्दर्यको मात्र कुरा हुन सक्दैैन महिलाका सन्दर्भमा । कुनै महिलाको अनुहार जति सुन्दर र आकर्षक हुन्छ, त्यसले पुरुषलाई फूलको सुन्दरताले जस्तो होइन, यौनको सुन्दरताले आकषिर्त गर्छ । जस्तो ः चलचित्रकर्मी शाह भन्छन्, "फूललाई प्रकृतिको सबैभन्दा सुन्दर चीज भनिन्छ । तर पनि फूलमा त्यो आकर्षण हुँदैन, जुन एउटी स्वास्नी मानिसमा हुन्छ । मलाई कसैले गुलाफ र कटरनिा कैफमध्ये एउटाको छनोट गर्न लगायो भने निश्चित रूपमा कटरनिालाई नै छान्छु ।"
नारीको सुन्दरतामा यौनाकर्षणको मात्रा जति अधिक हुन्छ, त्यो त्यति नै पूर्ण मानिन्छ । त्यसैले संस्कृतका महाकवि कालिदासले ध्यानमग्न पार्वतीका शारीरकि अवयवहरूको सौन्दर्यलाई उनको शिरबाट विभिन्न अंगहरूको स्पर्श गर्दै बगेको पानीलाई पछ्याउँदै बडो कलात्मक शैलीमा वर्णन गरेका छन् । कुमारसंभवमा पार्वतीको ललाटबाट निस्केर पहाड -वक्ष)का बीचबाट बग्दै मैदान हुँदै उपत्यकामा गएर बिलाएको प्रसंग छ ।

दुई शतकअघि भृर्तृहरलिे संस्कृतका चार पंक्तिमा नारी सौन्दर्यको वर्णन गरेका छन् । उनको वर्णनमा चन्द्रमाको जस्तै फक्रिँदै गएको अर्थात् विकसित हुँदै गएको सुन्दर मुहार, कमलजस्तै सुन्दर लजालु आँखा, कान्तियुक्त आकर्षक पहेँलो शरीर, भँवराको रङभन्दा कालो कपाल, हात्तीको कनपटजस्तै पुष्ट र उन्नत वक्ष, बाहिर उठेको अर्थात् ठूलो नितम्ब र मृदुवाणी । यत्ति गुण भएकी युवती सुन्दरी हो ।

कुनै युगमा परभिाषित नारी सौन्दर्य, आजको कालखण्डसम्म आइपुग्दा अवश्य परविर्तित भएको होला । तर, नारी आकर्षणमा मिसिएर पुरुषका आँखामा प्रतिविम्बित हुने यौनाभास अहिले पनि यथावत् छ । आज पनि नारीको सौन्दर्य उसको स्वरूप र शरीर एकै ठाउँमा राखेर मापन गरन्िछ । सुन्दरता एकातिर र यौनाकर्षण अर्कातिर राखेर महिला सौन्दर्यको व्याख्या हुन सक्दैन । कम्तीमा यो भौतिकवादी संसारमा असम्भव नै छ । त्यसैले कुनै बेला भोग्याका रूपमा स्वीकारनिे नारी हुन् या अहिले विश्वसुन्दरीका रूपमा हेरनिे नारी हुन्, पुरुषले यिनलाई हेर्ने दृष्टिकोणमा खासै भिन्नता पाइँदैन । त्यसबेला भोग्या अर्थात् शारीरकि भोग गरनिे तथा सन्तान उत्पादनका लागि प्रयोग गरनिे नारी भन्नु र अहिले 'सेक्सी' भन्नुमा खासै अन्तर नभएको अध्येताहरूको ठम्याइ छ । पुरातन कथनमा जोडिएका मानवजीवनका चार पुरुषार्थ ः धर्म, अर्थ, काम र मोक्षमध्येको एक कामलाई आजको समयमा कार्यका रूपमा बुझिए पनि त्यसबेला यसलाई वासनासँग जोडेर अथ्र्याइएको थियो । हो, यसलाई त्यस युगमा परभिाषित गर्दा सेक्सका लागि नभनी सन्तान उत्पादनका अर्थमा सीमित पारयिो । तर, मानवजीवनका चार पक्षमध्ये यौनकर्म पनि मुख्य कार्यमा पथ्र्यो भन्ने कुराचाहिँ शाश्वत र अकाट्य छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल एसियाली अध्ययन संस्था -सिनास)का इतिहास-संस्कृति विषयका अध्येता पेशल निरौला भन्छन्, "कामलाई संकुचित अर्थमा लिने हो भने काम-वासना नै हो ।" यस्ता काममा पारंगत या निपुण सुगठित र आकर्षक पुरुषलाई धार्मिक गन्थहरूमा कामदेव भन्ने गरएिको छ । "यही कामबाट नै कामदेव भएको हो," निरौलाको ठहर छ ।

उत्ताउलो त नभनी हालौँ तर कलात्मक हिसाबले पनि आदिकालदेखि नै नारी शरीर र सौन्दर्यलाई उदारतासाथ प्रकट गरएिको छ । मन्दिरहरूमा बनाइएको पुरातन टुँडालहरूमा अंकित नारी-पुरुषका भोगमग्न नग्नमूर्तिहरूबाट पनि त्यसबेलादेखि नै यौनकर्ममा समाज अगाडि थियो भन्ने अनुमान गर्न सकिन्छ । तर, यसमा निरौलाको भनाइ अलि फरक छ । उनका अनुसार त्यसबेलाका पुरुषहरू बढी धर्मान्ध भएकाले स्त्रीप्रति बढ्दो विकर्षणका कारण सन्तान उत्पादनमा एक किसिमको अवरोध आयो र पुरुषहरूमा कामेच्छा जगाउनका लागि त्यस्ता टुँडाल कुँद्ने काम भयो । यो एक किसिमको यौनशिक्षा पनि थियो र यौनसन्तुष्टिका लागि वात्सायनले उल्लेख गरेका ८४ आसनलाई टुँडालमार्फत व्याख्यान गर्न खोजिएको पनि हुनसक्छ । कुनै समय विशुद्ध कामवासनाका अर्थमै बनाइएका भए पनि कालान्तरमा यी टुँडालहरू नारी सौन्दर्य र नारी सौन्दर्यकलाका मानेमा प्रतिष्ठित र प्रतिस्थापित हुँदै आए । यिनले नारीलाई भोग्याबाट सृष्टिकी जननी, सुन्दरताकी मानक र कलाको सबैभन्दा आकर्षक वस्तुका रूपमा प्रस्तुत गरे ।

वास्तवमा मन्दिरलाई यौन प्रस्तुतिका रूपमा सबैभन्दा गतिलो थलोका रूपमा लिइएको अनुमान गरन्िछ । टुँडालका सन्दर्भमा मात्र होइन, मन्दिरमा कलात्मक रूपमा बनाइएका शिवलिंगहरूले पनि यसको पुस्ट्याइँ गर्छन् । हिन्दु नारीहरूले शिवलिंगलाई भगवान्का प्रतीकका रूपमा आस्थापूर्वक पूजा गर्छन् । तर, धेरैले त्यस लिंगका पछि रहेको रहस्यलाई आँखा चिम्लेका छन् । वास्तवमा शिवलिंग योनिको धरातलमा उभिएको हुन्छ । यसलाई धार्मिक अर्थमा पुरुष अर्थात् लिंगलाई आकाश या बीजको अर्थमा अनि नारी अर्थात् योनिलाई सृष्टि या भूमिका अर्थमा लिइएको छ । मन्दिरहरू त्यसबेलाका सार्वजनिक सूचना सम्प्रेषणका मुख्य थलो भएकाले र यौनकर्मप्रति सबैलाई शिक्षित गर्नुपर्ने भएकाले पनि मन्दिरमै यस्ता कामुक चित्रहरू कुँदिएको अनुमान गर्न सकिन्छ । मन्दिरमै यस्ता टुँडाल र शिवलिंगहरू बनाउनुको कारण उल्लेख गर्दै यौन दर्शनका जानकार तथा प्राध्यापक डीपी भण्डारी भन्छन्, "यसबाट बुझ्नुपर्छ, नारी सौन्दर्य र यौनलाई देवताहरूले नै स्वीकृति दिएका छन् ।" यी पुराना समयका कुरा भए ।

सुन्दरताको मानक
मध्ययुगीन पूर्वीय सभ्यतासँग गाँसिएका विशेष गरी नेपाल र भारतका नारी सौन्दर्यका कुरा गर्ने हो भने आभूषण र वस्त्रभित्र आवृत्त भएर झल्किने नारीको मुहार पहिलो मानक हो । कान्तियुक्त मुहारसँग शारीरकि अंगहरूको सम्मिश्रति सन्तुलित संयोजन नै नारी सौन्दर्य हो । पुरुषका मनभित्र परेको महिलाप्रतिको तरंग, जसले आकर्षण गर्न सक्छ, समष्टिमा त्यही नै हो नारी सौन्दर्य । यस अर्थमा पुरुष मनको तरंग नै नारी सौन्दर्य हो तर यसमा यौन एउटा अविच्छिन्न कडी भएर उपस्िथत हुन्छ । त्यसैले साहित्यकार तथा प्राध्यापक अभि सुवेदी भन्छन्, "नारीको सबैभन्दा सुन्दर वस्तुचाहिँ अंग नै हो ।"

तर, नांगोपन सौन्दर्य होइन । राणाकालीन नेपालमा स्त्रीका अनुहार, हात र गोडाबाट सौन्दर्य मापन हुन्थ्यो । किनभने, त्यसबेला नारी पूर्ण पहिरन र आभूषणहरूमा ढाकिएका हुन्थे । र, पुरुषहरू, विशेष गरी राणा दरबारमा नर्तकीहरू बोलाएर तिनको नृत्यकलासँगै अर्ध रूपमा उदांग हुने शरीरका केही अंग चियाएर बाहिरी रूपमा यौन सन्तुष्टि लिन्थे ।

२००७ सालपछिको प्रजातान्त्रिक कालमा पनि यस कुराले नै मुख्य भूमिका निर्वाह गर्‍यो । आजको समाजमा नारीका अंग उदांग हुनु जति सामान्य हुन पुगेका छन्, त्यसबेला छोपिएका तिनै अंगहरू सर्वाधिक सौन्दर्यबोधी र रहस्यात्मक थिए । त्यसबेला यौनाकर्षण रहस्यमा झल्किन्थ्यो । एक किसिमको खुल्दुली हुन्थ्यो, मानिसलाई गोप्य नारीअंगप्रति । त्यसैले त्यस युगमा सौन्दर्य सौम्य र शालीनतामा झल्किन्थ्यो । "त्यो हाम्रा लागि बढी चुम्बकीय हुन्थ्यो," गीतकार तथा प्राध्यापक विश्वम्भर प्याकुर्‍याल भन्छन्, "गम्लंग घुम्टो ओढेर आउने महिलामा हामी औधी सुन्दरता देख्थ्यौँ ।" उनका अर्थमा नारी सौन्दर्य व्यक्तिपरक हुन्छ । यो विशिष्ट आकर्षणको नमुना हुन्छ । यो महिलामा निहित प्रगाढ आनन्ददायी सांकेतिक शक्ति हो । यस्तो आनन्द हुन त रङ, आवाज र सुगन्धबाट पनि आउला तर नारीको सन्दर्भमा यो अतुलनीय हुन्छ । ००७ सालदेखि ०१७ सालसम्म पनि नारी सौन्दर्य सौम्यतामै झल्किन्थ्यो । संस्कृतिविद् सत्यमोहन जोशीका अनुभवमा राणा दरबारमा उपत्यकापूर्वका महिलाहरूलाई सुसारे, नानीलगायत काममा लगाइन्थ्यो । राता वर्णका तिनीहरू प्रकृतिले नै सुन्दर हुन्थे । जोशी भन्छन्, "तिनका गाला हेलम्बुका स्याउझैँ राता हुन्थे, देख्दै टोकूँटोकूँ लाग्थ्यो ।"

वास्तवमा नारी शरीरका हरेक अंग उल्लेखनीय र प्रशंसनीय हुन्छन् । र, यी हरेक अंगमा चुम्बकीय आकर्षण मिसिएको हुन्छ । तर, यसलाई पवित्र अर्थमा लिइयो भने सुन्दरता हुन्छ, स्वार्थी आँखाले हेरयिो भने अश्लील या अपवित्र हुन्छ । यो सुन्दरतासँग मिसिएर आउने शालीन कुरा हो । यसो नहुँदो हो त मानवसभ्यताको सुरुवातदेखि आजसम्म उही उचाइ, उही आकर्षण र उही मान्यतामा यो कुरा टिकिरहने थिएन । त्यसैले सौन्दर्य र यौन नारीभित्रका अन्योन्याश्रति गुण हुन् । एकअर्कालाई छुट्याएर समग्र नारी सौन्दर्य परभिाषित हुुन सक्दैन ।

"कसैले कुनै नारी असाध्यै राम्री छ तर त्यसको कारण उसको मुहारको सौन्दर्य मात्रै हो, शरीर होइन भन्छ भने र उसको चेतन-अवचेतन मनमा अनेक किसिमका कामेच्छाहरू चलबलाउँदैनन् भने त्यो व्यक्तिको भनाइ सरासर झूटो हो," नीर शाह भन्छन्, "एउटी युवतीलाई देख्दा पुरुषका मनमा कामवासनाका तरंगहरू चल्छन् चल्छन्, यदि कुनै पुरुषका मनमा यस्तो तरंग चलेन भने ऊ एब्नर्मल हो ।"

जसरी पानीबाट पानी छुट्याउन सकिँदैन, हावाबाट हावालाई अलग पार्न सकिँदैन, जसरी फूलबाट सुगन्धलाई पृथक् पार्न सकिँदैन । त्यसरी नै नारीलाई उसको सौन्दर्य र यौन पक्षबाट पृथक् गर्न सकिँदैन । नारीलाई हेर्दा पुरुष मनमा सबैभन्दा तीव्र गतिमा उठ्ने तरंगमध्येको सर्वाधिक शक्तिशाली, आकर्षणयुक्त र सम्मोहनपूर्ण तरंग नै यौनेच्छा हो । त्यसैले चलचित्रकर्मी शाहका अनुभवले भन्छन्, "सुन्दरतासँग नगाँसिएको यौन र यौनविहीन सुन्दरता असम्भव छ ।" हो, सुन्दरतालाई परीक्षण गर्ने आ-आफ्नै आँखा हुन्छन् । कसैलाई नराम्रो लागेकी युवती कसैलाई विछट्टै राम्री लाग्न सक्छ । शाह थप्छन्, "यो व्यक्तिको हेराइ र उसको मनले खोज्ने रुचिमा निर्भर हुने कुरा हो ।" त्यसैले सुन्दर नारी भनेको काली पनि हुनसक्छे, गोरी पनि हुनसक्छे, पुड्की, अग्ली, मोटी, पातलीजस्ती पनि हुनसक्छे । र त, पुरुषले कहिलेकाहीँ कुनै नारीमा अरूले नदेखेको आकर्षण र सुन्दरता देख्छ । यसको उदाहरण आख्यानकार ध्रुवचन्द्र गौतमका कथनमा पाइन्छ । उनका अनुसार मुस्िलम कथाहरूमा प्रसिद्ध लैला-मजनूको जोडीमध्ये सारा दुनियाँका आँखामा लैला नराम्री थिई तर मजनूले उसैको सौन्दर्यमा वशीभूत भई आफ्नो जीवन उत्सर्ग गर्‍यो ।

लैला-मजनूको प्रसंग आउँदा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयका प्राध्यापक सञ्जीव उप्रेती, जो घनचक्करका लेखक पनि हुन् र उनकी पत्नी अर्चनाका प्रेमकथा पनि त्यस्तै अनुभव हुन्छ । "मैले आफूलाई कहिल्यै राम्री मानिनँ," अर्चना भन्छिन्, "तर, मैले बारम्बार प्रतिकार गर्दागर्दै पनि सञ्जीवले मलाई लगातार एक वर्षसम्म आशक्त भएर पछ्याइरहनुभयो ।" अनि, उनीहरूको विवाह भयो । विवाह भोजमा गोरा, राम्रा सञ्जीव र श्यामल वर्णकी मध्यम खालकी अर्चनाको जोडीलाई देखेर निम्तालुहरूले 'यति राम्रो केटालाई यस केटीले नै फसाएकी हो' भन्दै कुरा पनि काटे । तर, यसो भएको थिएन । सञ्जीवले एक वर्षसम्म अविराम अर्चनाको सौन्दर्यको प्रशंसा गररिहे । र, विवाहको प्रस्ताव पनि राखिरहे । अर्चनालाई लाग्थ्यो कि यो आफूमाथि सञ्जीवले गररिहेको कुनै चलखेल हो । तर, अचेल पनि अर्चनालाई 'तिमी साँच्चिकै सुन्दर स्वास्नीमान्छे हौ' भन्छन् सञ्जीव । आज पनि सञ्जीवका आँखामा अर्चनाभन्दा सुन्दर अर्की नारी संसारमै जन्मिएकी छैन । अनि, अर्चनालाई पनि 'म पनि सुन्दर छु कि !' भन्ने लाग्न थालेको छ रे ! चलचित्रकर्मी शाहले भनेको विशेष आँखाको विशेष आकर्षण सम्भवतः यही नै हो । त्यसैले सुन्दरताको परभिाषा कहिलेकाहीँ व्यक्तिपरक र पृथक् हुन्छ ।

आफ्नै प्रेमकथासँगै उभिएर उप्रेती दम्पतीचाहिँ नारी सौन्दर्यको परभिाषा आज आएर बौद्धिकतासित पनि जोडिएको तर्क दिन्छन् । उनीहरूका भनाइमा जो महिला हक्की छ, आफ्ना मनका कुरा खुलस्त राख्छे र निर्भीक देखिन्छे, त्यही नारी सुन्दर हो । अनुहार र शरीरका आधारमा मापन हुने सौन्दर्य बैँसभर िमात्र टिक्छ तर बौद्धिक सौन्दर्यले जीवनपर्यन्त छाड्दैन । यो उप्रेती दम्पतीको ठहर हो ।

सौन्दर्य विज्ञानसमेत पढेका दन्तचिकित्सक सुशील कोइराला भने यस कुरामा विश्वास गर्दैनन् । भन्छन्, "पुरुषले पहिलो नजरमा स्त्रीको रूप र शारीरकि बनावटलाई नै हेर्छ । कसैले पहिलो भेटमै युवतीको गुण, चरत्रि, विद्वता, बानी-व्यवहार हेरेँ भन्छ भने उसले झूटो बोलिरहेको हुन्छ ।"

सन्दर्भ शरीरको
आख्यानकार ध्रुवचन्द्र गौतम पनि सौन्दर्यका पारखी हुन् । तर, यिनी पनि झ्वाट्टै भन्न सक्तैनन्, के-के तत्त्व भयो भने नारी सुन्दर मानिन्छे । उहिलेका अंग्रेजी चलचित्रकी नायिका मार्लिन मुनरो या हिन्दी चलचित्रकी मधुवालामा के त्यस्तो आकर्षण थियो, जसका कारण यिनलाई सर्वाधिक सुन्दर युवती भनियो ? उनी भन्न सक्तैनन् । तर, जुन युवतीलाई देख्दा पुरुषका आँखा र मन दुवै आकषिर्त हुन्छन्, स्वप्निल तरंगहरू उठ्न थाल्छन्, गौतमका दृष्टिमा त्यो नै खास नारी सौन्दर्य हो । उनी पनि शाहले जस्तै प्रकृतिमध्येकै सर्वाधिक सुन्दर वस्तु नारीलाई नै मान्छन् । भन्छन्, "नारी प्रकृतिको सबैभन्दा सुन्दर वरदान हो, त्यसैले ऊ जति प्राकृतिक हुन्छे, त्यति नै सुन्दर लाग्छे ।"

सौन्दर्यको सीमा छैन तर पनि अनुमान लगाउने हो सबैका आँखामा राम्री लाग्ने नारी एक किसिमले सुन्दर लाग्छे भने उसले प्रस्तुत गर्ने बोलीवचन र सौम्य-शिष्टताले उसलाई अझ सुन्दर बनाउँछ, सुनमा सुगन्ध थपिएझैँ ।

ख्ाासमा महिलाप्रतिको पुरुष आकर्षण उसको 'अपिल' नै हो । पुरुषले पहिलोपटक नारीलाई हेर्दा उसको अनुहारबाहेक उसका विभिन्न अंगहरूमा दृष्टि छरन्िछन् । दन्त चिकित्सक कोइराला भन्छन्, "महिलाको सुन्दर र स्वस्थ शरीर नै पुरुषका आँखाको सौन्दर्य हो ।" त्यसैले सन्तुलित शारीरिक संरचनायुक्त नारी अकाट्य सुन्दरी हो ।

कसरी नापिन्छ त नारीको वास्तविक सौन्दर्य ? फेर िकोइरालाकै कुरा सुनौँ । उनका भनाइमा पुरुषले सर्वप्रथम महिलाको आँखामा हेर्छ । त्यसपछि मुस्कान अनि ओठ र दाँतमा हेर्छ । यी तीन कुराले पनि बाँध्न सकेनन् भने मात्र ऊ त्यसमुनिका अवयवहरूमा ओर्लंदै जान्छ । उनका अध्ययनमा यस अवरोहको क्रममा पुरुषको दृष्टि पहिला महिलाका गलामा ठोकिन्छ र विस्तारै वक्ष, कम्मर, नाभी हुँदै नितम्बमा पुगरे सकिन्छ । यदि महिलाको अनुहार अनाकर्षक छ भने पुरुषले चित्त बुझाउने ठाउँ उसको शारीरकि यिनै अवयवहरू हुन सक्छन् ।

संगत, उठबस र वार्तालापबाट विस्तारै विकसित हुने सौन्दर्य आन्तरकि सौन्दर्य हुन्, खास सौन्दर्य होइन । खास सौन्दर्य त पहिलो हेराइमै झल्किन्छ । यस्तो सौन्दर्यलाई परख गर्न समय नै लाग्दैन । प्रकाश र ध्वनिजस्तो एकपलमै ठम्याउन सकिन्छ । गर्जनभन्दा पहिला आकाशमा विद्युतीय ज्योति प्रज्ज्वलित हुन्छ, त्यसपछि मात्र सुनिन्छ आवाज । यो कुरा नारी सौन्दर्यसँग अत्यन्त निकट छ । कुनै नारी साँच्चिकै सुन्दर छे भने पुरुषको पहिलो दृष्टिमै उसको मुहार सौन्दर्य र अन्य अंगहरूले आकषिर्त गर्छ । यो भनेको नै बिजुली चम्किनुजस्तो हो । अनि, त्यसपछि मात्र त्यस नारीको स्वर, स्वभाव र संस्कारगत कुराहरू विस्तारै खोतल्न थालिन्छ । यो भनेको बिजुली चम्किसकेपछि गर्जने मेघ हो ।

विज्ञानले पनि भन्छ, कुनै महिला सौन्दर्यको परीक्षामा खरो उत्रिन उसका स्वरूपांगहरूले पुरुषका आँखामा बिजुली चम्काउनैपर्छ । अनि मात्र उसको मनमा नारी सौन्दर्यको चट्याङ तरंगित हुन्छ । विज्ञानसँगसँगै हाम्रा शास्त्रहरूले पनि नारी सौन्दर्यलाई आकर्षककै विभिन्न आधारमा परभिाषित गरेको छ । नारीको अनुहारमा पुरुष दृष्टि पर्नासाथ उसको मनमा विद्युतीय झट्का दिने पहिलो अंग हो आँखा । भविष्य पुराणजस्ता पूर्वीय शास्त्रहरूले सुन्दर नारीको पहिलो विशेषता आँखालाई मानेको छ । आँखाबाट नै सबैभन्दा धेरै अभिव्यक्ति हुने भएकाले पनि ती आँखाका हेराइ, हेराइमा मिसिएर आउने लज्जापूर्ण आग्रहले यस अंगलाई सांकेतिक अभिव्यक्तिको माध्यमको सशक्त माध्यम मानिन्छ । त्यसैले त्यसबेलाका साहित्यहरूमा आँखालाई नारी सौन्दर्यको आँखीझ्याल मानिन्थ्यो भने नारीहरू आफ्ना हृदयका भावहरू यिनै आँखामार्फत पुरुष हृदयमा सम्प्रेषित गर्थे ।

सौन्दर्यको अर्को अंग कम्मर हो । नीर शाहका अनुसार त्यसबेलाको समाजमा गुन्युचोली र फरयिाले ढपक्क ढाकिएकी नारीको कुनै पनि अंगमा 'सेक्स अपिल' हुनसक्थ्यो । त्यसमध्ये थोरै उदांग कम्मर र पाखुरा नै किन नहोस्, सुन्दरताको सबैभन्दा 'अपिलिङ्' पाटो त्यही हुन्थ्यो । त्यस युगमा आभूषण र वस्त्र-परधिानभित्र छोपिएका नारीहरूलाई सुन्दर मानिन्थ्यो । तर, सुन्दरताको कसी वस्त्र र परधिान अवश्य थिएनन् । ती वस्त्र-परधिानभित्र छोपिएका रहस्यपूर्ण अंगहरूको परकिल्पना पुरुष कल्पनामा अनुपम नारी सौन्दर्य थियो । राजा महेन्द्रले आफ्ना गीतमा आँखा, केश, कम्मर, ओठ आदिको चर्चा गर्नुले पनि यसको पुस्ट्याइँ गर्छ ।

विज्ञान र आधुनिक मापदण्डले नारीहरूको सौन्दर्यलाई सीमांकन गरे पनि पुरातनकालका परभिाषाबाट फड्को हानेर नयाँ अभिव्यक्ति दिन सकेको छैन । आँखापछि सौन्दर्यको खोजी दाँतहरूबाट गरन्िछ । अनारका दानाजस्ता लहर मिलेका, चमेलीजस्ता चम्किला श्वेत, हाँस्दा २४ वटा दाँतहरू देखिने हुनुपर्छ नारीका दाँतमा सौन्दर्य झल्किन । "पश्चिमाहरूले यस्तो मुस्कानलाई वाइड या  हलिउड स्माइल भनेका छन्," डा कोइराला भन्छन्, "तर, यो वैदिककालीन पूर्वीय मान्यता हो ।" त्यसैले यिनै परभिाषामा ढालेर मात्र नारी सौन्दर्यको मापन गर्नु त्यति न्यायिक छैन । तर पनि अधिकांश हाम्रो सामाजिक र संास्कृतिक मान्यतामा नारी सौन्दर्य भन्नाले दागरहित अनुहार र अन्य अंगका स्िनग्ध छाला, सानो बाटुलो चिउँडो, लामो चिटिक्क मिलेका आँखीभौँ, कालो लामो अलिअलि घुमि्रएको केश, अनुहारको अनुपातमा ठीक्क मिलेको नाक, ठूला र बाटुला आँखा अनि त्यही अनुपातमा मिलेको अनुहार संयोजन ।

कुनै पनि महिलाको पहिलो महत्त्वाकांक्षा सुन्दर देखिनु हो । चाहे त्यो आजका क्रान्तिकारी हुन् या हिजोका घुम्टो ओढ्ने ब्राह्मणी । यसलाई मनोवैज्ञानिक पाटोबाट हेर्दा नारी सौन्दर्य अग्लाइमा मात्र हुँदैन । हरेक पुरुषले आफ्नै उचाइ अनुरूपकी महिला छान्छ । बरु आफूभन्दा अलिकति होची । प्रकृतिले फेर िनारीलाई यस्तो विलक्षण गुण दिएको छ, उसको उचाइकै अनुपातमा सुहाउँदा आँखा, नाक, घाँटी, वक्ष, तिघ्रा र नितम्ब हुन्छन् ।

वास्तवमा नेपाली नारीको सौन्दर्य हिन्दी चलचित्रका नायिकासँग तुलनीय भएर परभिाषित हुँदै आएको छ । हिन्दी चलचित्रका कुनै समय चल्तीका नायिका मधुवाला, हेमा मालिनी, रेखा, श्रीदेवी, माधुरी दीक्षित हुँदै अहिले आएर प्रीति जिन्टा, पि्रयंका चोपडा र करनिा कपुरसम्म आइपुग्दा हाम्रा तत्तत् समाजका नारीहरूले आफूलाई त्यही अनुसारको सौन्दर्यमा ढाल्दै गए र पुरुषहरूले पनि आफ्नो रोजाइमा त्यही कालखण्डका अभिनेतासँग प्रणय गर्ने अभिनेत्रीहरूसँग दाँजेर आफ्ना प्रेमिका र जीवनसाथीको छनोट गर्दै आए । ध्रुवचन्द्र गौतम र विश्वम्भर प्याकुर्‍याल त हिन्दी चलचित्रहरूले नै नेपाली महिलालाई आफ्नो सौन्दर्यको बोध गर्न सिकाएको मान्छन् । त्यसैले हरेक कालखण्डमा फेरएिर आउने महिला फेसन र नारी सौन्दर्यको मुख्य मापक भनेकै हिन्दी चलचित्र हुन् । आज आएर टेलिशृंखला र म्युजिक भिडियोहरूले पनि यसको मानक बनाउने काम गररिहेका छन् ।

हुन पनि, मधुवाला-हेमा मालिनीको समयमा नेपाली समाजका नारी साडी-चोलीमा अप्सरा लाग्थे भने आजको पि्रयंका चोपडा र करनिा कपुरको युगका युवतीहरू 'जीरो फिगर'मा र्झन थालेका छन् । कुनै समय भाटोजस्तो सुकेकी भनेर अनाकषिर्त ठानिएकी महिला आज आएर जीरो फिगरको जमानामा अब्बल सुन्दरी ठानिन थालेका छन् । अझ करनिा कपुरले आफूलाई जीरो फिगरमा झारेको भन्ने समाचार सम्प्रेषित भएपछि हिन्दी चलचित्रका पारखी हाम्रा किशोरीहरूले पनि धेरै छाक खान छोडेका छन् ।

तर, आज मोटा भनेर भाउ नपाएका युवतीहरू कुनै समय मधुवालाकै जस्तो शारीरकि बनावटको भनेर सुन्दरीमा स्वीकारन्िथे ।  हुन त आज पनि सारै पातली अर्थात् जीरो फिगरलाई स्वीकार्ने वर्ग कमै रहेको विश्लेषण छ, कोइरालाको । उनका भनाइमा यस्ता युवतीलाई प्रेमिकाका रूपमा स्वीकारे पनि जीवनसाथीकै लागिचाहिँ हाम्रा युवकहरूले वरण गर्दैनन् ।

"यो आजको उपभोक्तावादी बजारले सिर्जना गरेको सुन्दरताको मापदण्ड हो," विज्ञापन व्यवसायी रञ्जित आचार्य भन्छन् । उनका अनुसार अहिले बहुराष्ट्रिय कम्पनीहरू आफ्ना उत्पादनका प्रसाधन सामग्रीहरू बिक्री गराउन नारी सौन्दर्यको मापदण्डलाई नयाँ रूपमा परभिाषित गररिहेछन्् । त्यसैले पहिला साहित्यले नारी सौन्दर्यको परभिाषा गथ्र्यो भने अहिले नारी सौन्दर्य प्रसाधनका उत्पादकहरूले गररिहेछन् ।


सिर्जनामा नारी वर्णन
चित्रकार किरण मानन्धरले संसारका राम्राराम्रा चित्रकलाहरूको अवलोकन गर्ने अवसर पाएका छन् । पश्चिमा संसारमा नारीका नग्नचित्रकलाहरू पनि त्यत्तिकै आकर्षक मानिएका छन् । यसको अलिअलि प्रभाव पूर्वीय चित्रकलामा पनि पर्न थालेको छ । तर, यसलाई हाम्रो समाजले सुन्दरताभन्दा पनि अश्लील चित्रका रूपमा लिएको देखिन्छ । त्यसैले हिन्दु सम्प्रदायले एमएस हुसेनले बनाएको सरस्वतीको वस्त्रहीन चित्रलाई अश्लील मात्रै मानेन, अपितु हिन्दुहरूकी विद्याकी देवीको अपमान गरेको भनी ठूलो विरोध पनि गर्‍यो । किरण मानन्धर यसैसँग गाँसेर भन्छन्, "कुनै पनि धर्मको मान्यतालाई अपमान गर्नु आफैँमा खेदजनक कुरा हो तर चित्रकलामा आमनारीको उदांगोपनमा अश्लीलता खोज्नु पनि मूर्खता हो ।" पश्चिमी मुलुकमा त चित्रकलाका लागि नारीहरू वस्त्रहीन भएर 'पोज' नै दिन्छन् । तर, त्यो अश्लीलताभन्दा पनि कलात्मकता हो ।

किरणका भनाइमा नारीको शरीरभन्दा सुन्दर कला केही हुँदैन । किनभने, सृष्टिको सबैभन्दा सुन्दर रचना नै नारी हो । उसका हरेक अंगहरू कारीगरीयुक्त हुन्छन् । "नारीको एउटै अंगमै मात्र पनि पूर्ण चित्र कोर्न सकिन्छ," किरण भन्छन्, "तर, हामी नारी शरीरलाई यौनसँगसँगै सुन्दर कलाका रूपमा पनि हेर्ने गर्छौं ।" वास्तवमा सम्पूर्ण नारी शरीर आफैँमा एउटा सुन्दर, आकर्षक र अद्वितीय कला हो अनि यौवनको सर्वाधिक आकर्षण पनि । फरक यत्ति हो, यसलाई कतिले भोगका रूपमा मात्र लिए, यीभित्रको बौद्धिकतालाई सकारेनन् । कतिले भित्रभित्रै भोगे अनि बाहिर-बाहिर तिरस्कार गरे । तर, सत्य एउटै हुन्छ, त्यसलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ ।

चित्रकलाजस्तै साहित्यमा पनि नारी सौन्दर्यको वर्णन पाइन्छ, जो अनगिन्ती छन् । जस्तो ः संस्कृतका महाकवि कालिदासदेखि युवाकवि मोतीराम भट्ट, बीपी कोइराला र मवीवि शाहसम्म । नेपाली साहित्यमा गजलमार्फत नारी सौन्दर्यको सबैभन्दा राम्रो ढंगले वर्णन गर्ने भट्ट नै हुन् । मवीवि शाहले पनि 'गाजलु ती ठूलाठूला आँखा' बोलको गीतमा आफ्नी प्रेमिकाको तस्िबर मन पर्नाको कारण बताएका छन् । त्यसमा नारी अंग सौन्दर्यको वर्णन छ । उनले नारी सौन्दर्यको पहिलो अंग ठूलाठूला र गाजलु आँखालाई मानेका छन्, त्यसपछि कालो, लामो र घुम्रेको केशराशिलाई । त्यसैले निधारको रातो टीका, टल्केको नाकको फुली, पातलो ओठ र मोतीजस्ता मिलेका दाँतहरू कवि शाहका परभिाषामा सुन्दर युवतीका विशेषता हुन् ।

प्रसिद्ध नेवारी लोकगीत 'राजमती कुमती'मा पनि नेवार समुदायको नारी सौन्दर्यको बयान गरएिको छ, जसका आधारमा पुरातन नेवारी समाजमा कस्ता युवतीलाई सुन्दर मानिन्थ्यो भन्ने कुराको लख काट्न सकिन्छ । गीतले भन्छ, 'राजमती कुमती, मसँग आयौ भने पिरती बस्छ । तिम्रो घुँघुरएिको केश छ, धर्के परेको आँखा छ, तिमी साँखुकी चेली हौ कि ?' यस गीतका अन्य पंक्तिहरूमा राजमतीको वर्णन गर्ने क्रममा सुन्दरतालाई परभिाषित गरएिको छ । गीतमा राजमतीको अनुहार गोरो भएको, त्यो गोरो अनुहारमा दुईवटा कोठी पनि छन् । त्यसैले तिनी इतुम्बहालकी पो हुन् कि भन्ने अनुमान गरएिको छ । गहना र सिँगारले झन् राम्री देखिएकी राजमती सुन्दरी भएर पनि बैँसमा पति नभएकामा उनको कर्मलाई कविले धिक्कार भनेका छन् ।

बीपी कोइरालाले नारी शरीर र यौनको सशक्त सांकेतिक र मनोवैज्ञानिक वर्णन गरेका छन्, उपन्यास सुम्निमामा । उनले नारी आकर्षण, यौन र सुन्दरताको अत्यन्तै पृथक् र स्वैरकाल्पनिक उदाहरण प्रस्तुत गरेका छन् ।

सारमा मानिसको जाति, धर्म, पेसा, वर्ग र भूगोल जे भए पनि आखिर नारी सौन्दर्य र प्रेम भनेको एउटा यस्तो रहस्य हो, जसमाथि जति मोटामोटा किताब लेखिऊन्, जति सुन्दर चित्रहरू कोरउिmन्, जति नै सशक्त नाटक मञ्चन गरउिmन् या जति नै रोमाञ्चक चलचित्र बनिऊन्, नारीका सौन्दर्य र यौनका नयाँनयाँ आयामहरू उद्घाटित हुँदै जान्छन् । शंकर लामिछानेको एब्स्ट्राक चिन्तन प्याजझैँ नारी सुन्दरताको रहस्यलाई छोडाएर कहिल्यै सकिँदैन । जति छोडाउँदै गयो, त्यति रहस्य र सौन्दर्य उद्घाटित हुँदै जान्छ ।


नारीका चार रूप
महषिर् वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्,

ती हुन् ः
पद्मिनी ः यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न धेरै होचो अर्थात् ठिक्कको हुन्छ । स्त्रीमध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन् । यिनका आँखा हरण्िाका जस्ता, तिलको फूलजस्तो सलक्क परेको स-साना पोहरा भएका नाक हुन्छन् । मुहार पूणिर्माको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ । यिनको पुष्ट र ठाडा स्तन, केशराशि कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध आउँछ । यिनको कम्मर सिंहको जस्तो खिरलिो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छ ।

चित्रिणी ः यस वर्गमा पर्ने नारीका सबै अंग सुन्दर हुन्छन् । यिनको उचाइ, मोटाइ, स्तर, केशराशि र नाक-नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ । तर, यिनका आँखा ठूला र मादकतापूर्ण हुन्छन् । शरीरको रङ सुनझँै पहेँला, मोटा तिघ्रा र छरतिो शरीर हुन्छ । यिनको शरीरबाट महको सुगन्ध आउँछ ।

शंखिनी ः यस वर्गका स्त्री पनि पद्मिनी वर्ग्ाका जस्तै मृगनयनी हुन्छन् । तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन् । यिनका वक्ष कठोर र ठूला हुन्छन् । अनि, शरीरबाट खरानीको गन्ध आउँछ । यिनको घाँटीमा तीनवटा रेखा हुन्छन् । यी मृदुभाषी र निर्भयी हुन्छन् । यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन् ।

हस्तिनी ः यी शारीरकि रूपमा मोटा र अग्ला हुन्छन् । रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन् । यिनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ ।


सौन्दर्य आ-आफ्नै
नारी सौन्दर्यको विश्वव्यापी जोडघटाउ जे भए पनि सबै जात, वर्ण र भूगोलका महिलालाई एउटै मापदण्डको फिताले नापेर फलानो सुन्दर र फलानो असुन्दर भन्न सकिँदैन । "महिला होची नै भए पनि उसको शरीर अनुसारको नाक-नक्सा समानुपातिक छ भने त्यो महिला नै सुन्दर महिला हो । शारीरकि अंगहरू समानुपातिक छैनन् भने अग्ली हुँदैमा कुनै महिला सुन्दर कहलाउँदिन," डा सुशील कोइरालाका यी भनाइमा के आग्रह देखिन्छ भने नारी सौन्दर्यको मापदण्ड बनाउँदा आर्य, अनार्य, अपि|mकी, अरबी महिलालाई बेग्लाबेग्लै मापदण्डमा राखेर हेरनिुपर्छ । प्राध्यापक अभि सुवेदीका अनुसार जिम्बावेमा निख्खर काला वर्णका, ठूल्ठूला ओठ-वक्ष भएका र उछिट्टएिका नितम्बधारी महिलालाई सर्वाधिक सुन्दर मानिँदो रहेछ । तर, यही कुरा युरोप-अमेरकिी देशहरूमा उल्टो हुन्छ । त्यहाँ सिकटे, गोरी र अग्ली महिलालाई सुन्दर मानिन्छ ।

सुन्दरता आर्य जातिका महिलाको ठूला आँखा, उठेको वक्ष र कालो लामो केसमा मात्र खोज्नु हुँदैन । जापानी, चिनियाँ, कोरयिाली महिलाहरूको चिम्सा आँखा, सानो वक्ष, छोटो केशराशिमा पनि त्यो त्यत्तिकै झल्केको हुन्छ । अरबी र अपि|mकी महिलाका चाक्लो नितम्ब र उभारति वक्षमा त्यस समाजका पुरुषले सौन्दर्य अनुभूत गर्छन् ।

नारीका बत्तीस लक्षण
शरीर र स्वभाव अनुसार एउटी सम्पूर्ण नारीमा ३२ लक्षणको परिकल्पना गरिएको हुन्छ । ती लक्षणहरू हुन् ः
१. पद्मासनमा बस्दा वृत्ताकार -गोलो) आसनमा हुनु, २. हातका औँला लामा-लामा हुनु, ३. औँलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु, ४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु, ५. शरीरमा विभिन्न सात सुगन्ध हुनु, ६. हरिणका

जस्ता फिला हुनु, ७. गुप्ताङ्गहरू हात्तीका अण्डकोषझैँ गुप्त रहनु, ८. शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क मिलेको हुनु, ९. शरीरका अङ्गहरू सुगठित हुनु, १०. काँध पुष्ट, चौडा र गोलो हुनु, ११. पाखुरा राम्ररी र्फकने हुनु, १२. पाखुरा लामा हुनु, १३. सम्पूर्ण शरीर तेजोमय हुनु, १४. शंखसमान घाँटी हुनु, १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु, १६. ३२ वटा दाँत हुनु, १७. चम्किला र टमक्क जोडिएका दन्तपंक्तिहरू हुनु, १८. समान मिलेका दाँत हुनु, १९. बंगारा स्वच्छ र सुन्दर हुनु, २०. जिब्रो लामो हुनु, २१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु, २२. भँगेराको जस्तो स्वर हुुनु, २३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु, २४. आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु, २५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु, २६. मिलेको कपाल हुनु, २७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु, २८. प्रवल र प्रभावशाली व्यक्तित्व हुनु, २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु, ३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु, ३१. न्याग्रोध परिमण्डलायुक्त -स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक) हुनु र ३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।
पण्डित र कम्युनिस्टहरू पाखण्डी
प्राचीनकालदेखि नै पुरुषहरू नारी सौन्दर्यप्रति आशक्त छन् । चिनियाँ हुन् या हाम्रा पुराण हुन्, यिनले नारीलाई कहिले पतन र कहिले उत्थानको कारण मानेका छन् । यी सबै कुरा मानिसको सिद्धान्त, आत्मचिन्तन र मूल्यपद्धतिमा निर्भर गर्छन् । नारी सौन्दर्यको व्याख्या गर्न त्यति सजिलो छैन तर त्यति जटिल पनि छैन । बाह्य, आन्तरकि र बौद्धिक तीन पक्षको उचित संयोजन भएकी नारी वास्तवमै सुन्दर हो । यस्ता नारीहरू हम्मेसी विचलित हुँदैनन् । प्राचीनकालमा कति नारीहरूको बलात्कार भएको प्रसंग हामी पढ्छौँ तर तिनको शरीरको मात्र बलात्कार भएको हो, उनीहरूको आत्माको बलात्कार त कसले गर्न सकेको छ र ? त्यो कहिल्यै हुन पनि सक्तैन । तर, हाम्रा सडेगलेका धारणाले गर्दा हामी यस्ता नारीको सम्मान गर्नबाट चुकिरहेछौँ ।

केही पण्डितहरू नारीलाई पतनको द्वार र नारकीय तत्त्व पनि भन्छन् । यी पाखण्डी हुन् । उनीहरू नारीलाई हेर्नु हुँदैन, छुनु हुँदैन भनेर छिःछिः दूरदूर गर्छन् तर उनीहरू नै अँध्यारोमा केके गर्छन् केके ? भित्रभित्रै नारीभोगबाट कुण्ठित भइरहेका हुन्छन् । त्यस्ता पाखण्डी पण्डितहरूको पण्डित्याइँको चर्चा सञ्चारमाध्यमहरूमा पनि बरोबर आइरहन्छन् ।

पाखण्डी पण्डितजस्तै सोचाइ आफूलाई माक्र्सवादी भन्नेहरू पनि राख्छन् । कोलकातामा बस्दा मैले धेरै माक्र्सवादीहरूलाई नजिकबाट अध्ययन गर्ने मौका पाएको छु । उनीहरू बाहिरबाहिर स्वास्नीमान्छेलाई हेर्नुसम्म हुँदैन भन्छन् तर तिनै भरे वेश्यालय जान्छन् । नारी सौन्दर्यप्रति आकषिर्त र आशक्त हुनु हुँदैन भन्छन् । कतै यो सम्भव कुरा हो ? यसो भन्ने कम्युनिस्ट, माक्र्सवादीहरू पनि हिप्पोक्य्राट हुन्, आडम्बरी हुन् । यी मुखले एउटा बोल्छन् र व्यवहारले अर्को गर्छन् । आममानिसभन्दा बढी उनीहरू नै भित्रभित्रै नारीप्रति आशक्त भइरहेका हुन्छन् ।

माक्र्सवादी भौतिकवादी हुन् । उनीहरू अध्यात्ममा आस्थै राख्दैनन् । उनीहरू भौतिक, स्थुल कुरामा मात्र विश्वास गर्छन् । नारी देह त स्थुल हो, भौतिक हो । त्यसैले सिद्धान्तकै हिसाबले पनि उनीहरू नारी देहप्रति नै बढी आशक्त हुन्छन् । उनीहरू नारीप्रति आकषिर्त हुन ओस्ताद छन् । त्यसैले कम्युनिस्ट र कट्टर पण्डितहरूले नारीलाई छुनु हुँदैन, हेर्नु हुँदैन भन्नु बकवास हो । उनीहरू सत्यसँग बिल्कुलै नजिक छैनन् । अनि, सत्य कुराको बोध गर्ने क्रममा उनीहरू प्रारम्भिक चरणमै छन् । माक्र्सले पनि नारी आकर्षणको विरोध गरेका छैनन् । उनकी पनि प्रेमिका थिइन् ।

नारीले पनि पुरुषसमान भोग गर्छे तर पुरुषहरूले भनिदिए नारी त हामीले मात्र भोग गर्ने कुरा हो । नारीलाई मात्र भोग्या भन्ने पनि यिनै कट्टर पण्डित र कम्युनिस्टहरू नै हुन् । यी दुवै वर्गले नारीको चरम शोषण गररिहेका हुन्छन् भित्रभित्रै । तर, बाहिर भनिदिन्छन् समाजले नारीको शोषण गररिहेछ ।

जहाँसम्म नारी, सौन्दर्य र यौनको प्रश्न छ, यी तीनबीच गहिरो सम्बन्ध र संयोजन छ । शिवजीजस्ता महादेवताले त पार्वतीको सौन्दर्यमा सम्मोहित भएर 'म आजदेखि तिम्रो दास भएँ' भन्छन् भने मानिसको के कुरा ? यदि नारीमा कामातुर आकर्षण नहुने हो भने नारी र रूखको ठुटोमा के अन्तर भयो र ? शिवलिंग र कामवासनापूर्ण विभिन्न शैलीका टुँडालहरू मन्दिरहरूमै किन बनाइए त ? यसबाट बुझ्नुपर्छ, नारी सौन्दर्य या यौनलाई उपभोग गर्न देवताहरूले नै स्वीकृति दिएका छन् । तर, पण्डितहरूचाहिँ त्यही मन्दिर जान्छन्, टुँडालको दर्शन गर्छन्, शिवलिंगको पूजा गर्छन् अनि भन्छन्, "नारीलाई हेर्नु हुँदैन ।" पाखण्डी हुन् उनीहरू ।

नारी, यौनबाट मुक्तिभन्नु प्रकृतिको विपरीत जानु हो । नारी शरीरको आकर्षणसँगै तिनमा आध्यात्मिक सौन्दर्य पनि मिसिएको हुँदा नै इन्द्रादि देवता या ऋषिमुनिहरूसमेत आकषिर्त भएका हुन् । रामायणजस्तो महाकाव्य लेख्ने तुलसी दास त कुनै बेला नारी आशक्तिमा चुर्लुम्म डुबेका थिए भने नारी यौन-सौन्दर्यको अभावमा त समाजको कल्पनै गर्न सकिँदैन । त्यसैले साहित्य, कला, चलचित्र ः सिर्जनाका जुनसुकै विधा हुन्, नारी सौन्दर्यको वर्णन नगरी ती पूर्ण हुँदैनन् । तर, यस्तो सौन्दर्यलाई नारीको शरीरलाई लिएर मात्र होइन, नारीभित्रको सत्यम्, शिवम्, सुन्दरम् तीनैवटा गुणलाई संयोजन गरेर हेर्नुपर्छ ।
 (भण्डारी अंग्रेजी विषयका प्राध्यापक हुन् ।)
 प्रा डीपी भण्डारी
सौन्दर्यका लागि संघर्ष
नारी सौन्दर्यका दुईवटा पाटा छन् । एउटा, नारीको वास्तविक मुक्ति र नारी सौन्दर्यसँग जोडिन्छ, अर्कोचाहिँ नारीलाई विलासिताको साधन ठान्ने, उपभोग्य वस्तु ठान्ने र हेप्नेसँग सम्बन्धित छ । सामन्तीसत्ता र पितृसत्तावादद्वारा नारी बन्धनमा परेकी छन् र उत्पीडित छन् । त्यसलाई मुक्त गर्नुपर्छ । नारीमा सन्निहित सिर्जनात्मक ऊर्जालाई उद्घाटित गर्नुपर्छ । नारीले श्रम, सीप, क्षमता र योग्यतालाई प्रस्तुत गर्न पाउने समग्र अधिकारीबाट समृद्ध तुल्याउनुपर्छ । नारीलाई विलासिताको वस्तु ठान्ने, नारीलाई अवला र भोग्य ठान्ने जुन प्रवृत्ति सामन्तवादी समाजमा छ, त्यो गलत हो । यही कुरालाई अहिले प्रश्रय दिने कार्य भइरहेको छ ।

सौन्दर्यको आत्मिक र शारीरकि पक्ष हुन्छ र त्यसमा आत्मिक प्रधान हो । मान्छेको रूप मुख्य कि गुण ? सौन्दर्यको कुरा गर्दा पनि रूप मुख्य कि गुण भन्ने प्रश्न आउँछ । मुख्य रूप त गुण नै हुनुपर्छ । रूप र गुण दुवै मिल्यो भने सुनमा सुगन्ध भयो । राम्रो रूप र अन्तरवस्तुका बीचमा एकत्व हुनुपर्छ । सौन्दर्यशास्त्रले साहित्य, कला, संस्कृति सम्पूर्णको रूप र सौन्दर्यका बीचमा एकत्व हुनुपर्छ भन्ने माग गर्छ । नारीका आकांक्षाहरूलाई कुण्ठित तुल्याउने अनि शारीरकि सौन्दर्य प्रतियोगिता भन्ने त बिल्कुल गलत हो ।

प्रायःले पुरुषको व्यक्तित्व तर महिलालाई सुन्दरतासँग जोडेर हेर्ने गरेका छन् हाम्रो समाजमा । तर, त्यो धारणा गलत हो । राम्री भन्ने कुरा रूप र गुणमा पुरुषले पनि चाहन्छ, नारीले पनि । तर, त्यो चाहने कुरामा उनीहरूले गुणलाई महत्त्व दिएर खोजिरहेका हुन्छन् । गुणको हिसाब नगरी रूपको अर्थ हुँदैन । सृष्टिले सिर्जना गरेका फूलहरू सबै राम्रा हुन्छन् । त्यसैले रूपले यो राम्रो/नराम्रो भन्ने गलत हो । सुन्दरतालाई हामी वर्गीय समाजमा वर्गचेतनाका आधारमा हेछौर्ं । कुनै मान्छे सुन्दर छ, सामन्त वर्गका लागि त्यो कुरूप लाग्छ । कुनै महिला सुन्दर छे तर ऊ सर्वहारा वर्गकी रहिछे भने सामन्त वर्गका निम्ति ऊ कुरूपै हुन्छे । त्यसैले वर्ग समाजमा चरत्रि पनि वर्गीय हुन्छ ।
आदर्श नारी भनेको रूप र गुण दुवै हो । शारीरकि रूपले हेर्दा पनि चिटिक्क परेको हुनुपर्‍यो, त्यसका साथै गुण पनि हुनुपर्‍यो । पुरुषको वासनाको एकदम दासीजस्तो भएर त्यसका विरुद्ध लड्न नचाहने, शोषण तथा दमन/उत्पीडनलाई प्रश्रय दिने अनि रूपमा एकदम राम्रो भएर मात्र हुँदैन । पहिले गुणमा अन्याय, अत्याचारका विरुद्ध लड्न चाहने, आफ्नो सिर्जनात्मक ऊर्जालाई उद्घाटित गर्न चाहने, आफ्नो मुक्तिको आदर्शलाई सशक्त रूपमा प्रस्तुत गर्ने र अत्याचारका विरुद्ध सशक्त रूपमा संघर्ष गर्ने गुणले समृद्ध हुनुपर्छ नारी ।
सुन्दरता संस्कारले पनि जन्माउँछ । संस्कार दुई किसिमका हुन्छन् । एउटा प्राप्तम संस्कार भनिन्छ, जो जन्मजात हो । कैयौँ चीज जन्मजात आनुवंशिकता अनुसार आएको हुन्छ । कैयौँ संस्कार समाजबाट प्रदत्त हुन्छन् । समाजमा बसेर मानिस सुसंस्कृत हुन्छ ।
रह्यो साजसज्जा र शृङ्गारको कुरो । साजसज्जा भएर, राम्रो चिटिक्क पर्नु भनेको नराम्रो होइन । सजावट हुनैपर्‍यो तर शृङ्गारवाद हुनुभएन । किनभने, शृङ्गार नै सबैथोक होइन । शृङ्गारले मात्र समाजको चिन्तन पुँजीवादतिर लैजान्छ । अहिले जसरी महिलालाई बिकाउ माल बनाइएको छ, त्यो असाध्यै खराब हो ।
सुन्दरी प्रतियोगितामा बाह्य आधारबाट सौन्दर्य मापन गर्ने कुरालाई प्राथमिकता दिइएको हुन्छ । को कति चलाख छ, कति जानेको छ भन्ने कुरा दोस्रो प्राथमिकतामा पर्छ । त्यसैले सुन्दरी प्रतियोगिता नारीलाई वासनाकी पुतली मान्ने सामन्तवादी चलनकै दोस्रो रूप हो । पुँजीवादी समाजले नारीलाई मुक्तिको संवाहक सवलाभन्दा पनि उपज्ञा ठान्छ । नारीलाई चाहिँ विज्ञापनमा देखाउने, शरीर प्रदर्शन गराएर सन्तुष्टि लिने जुन चलन छ, त्यो सौन्दर्य होइन, कुरूपता हो ।
सत्तामा पुरुष भएपछि नारीलाई सुरुदेखि नै माल र विलासिताको वस्तुका रूपमा ठानिएको हुनाले नारीको बेइज्जती भयो । विज्ञापनमा नारीलाई सजाउनु नारीकै बेइज्जती हो । जस्तो ः गोरुलाई पनि शृङ्गार गरेर सजाइएको हुन्छ, घोडालाई पनि । ती मालका रूपमा हुन्छन् । त्यसकारणले नारीलाई मालका रूपमा सजाइएको हो । सम्मान गरएिको पटक्कै होइन । त्यसकारण सौन्दर्य प्रतियोगिताहरू सबै गलत छन् ।
नारी सौन्दर्य गुण, क्षमता र योग्यतामा भर पर्छ । साथै, रूप पुरुषको पनि हुनुपर्छ, महिलाको पनि । यौन भनेको प्राकृतिक र जैविक चीज हो । सामाजिक मान्यतासँग जोडिएको हुन्छ, यौन सम्बन्ध । त्यसैले यौन भन्ने चीज शारीरकि हुनुका साथसाथै सांस्कृतिक पनि हो । सम्बन्धित समाजको सांस्कृतिक मान्यता अनुसार यौनसम्बन्धी मान्यता पनि गाँसिएका हुन्छन् । त्यही भएर हामी यौनलाई विशुद्ध शारीरकि र जैविक दृष्टिकोणबाट मात्र हेर्दैनौँ ।
खासगरी विवाहको सन्दर्भमा प्रेम विवाह हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । एकदम सही मान्यता हो । प्रेम विवाहलाई हामी एकदम प्रश्रय दिन्छौँ । तर, त्यो प्रेम विचारमा आबद्ध हुनुपर्छ । हाम्रो समाजका परविारका पुरुषहरू समाजलाई मुक्त गर्ने क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेका छन् । यस्तोमा महिला सामन्तवादी पुँजीवादी चिन्तनको भयो भने हुँदैन ।
सारमा नारीको सौन्दर्यलाई रूपमा मात्र खोज्नु हुँदैन । मुख्यतः योग्यता, क्षमता, उसको सिर्जनशील प्रतिभामा हामी सौन्दर्य देख्छाँै । उसका सुन्दर सपनाहरूमा, उसका आदर्शहरूमा, वीरता, बलिदानका कीर्तिमानहरूमा हामीले सौन्दर्य देख्छौँ । र, त्यसैका निम्ति हो हामीले संघर्ष गर्ने । ध
-सौन्दर्यशास्त्रका जानकार वैद्य एकीकृत नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष हुन् ।)
 मोहन वैद्य 'किरण’

पुस्तकमा नारी
"...त्यस दिन फागुनी फागुनी थिइन । त्यो कोसी नदीको त्यस्तो भँगालो भएकी थिई, जो बाढीमा प्रलयको वेग लिएर उर्लिन्छ । र उग्र, भयंकर, प्रलयकारी हुन्छ, जब त्यसले मानिसका प्रति उन्मत्त भएर सबैलाई निल्दै हिँड्छ- हाहाकार मच्याउँदै । त्यस्तै श्वेत भैरवी जाग्रत भएकी फागुनीको जटा हावामा फैलिएको, आँखा निभेको आगो, चरणमा ताण्डवको शक्ति, कालो-नीलो थियो, वक्षमा शृङ्गाकुर, खुलेको मुखको गुफाबाट तप्त उच्छवास्को वाफ । श्वेत भैरवी- फागुनी । म भागिरहेको थिएँ, कातरभीत बालक । उन्मत्त यौनको अँध्यारो भीरबाट तर्सेर श्वेत भैरवी मेरो खेदो गररिहेकी थिई । लाग्यो, भागिरहेका मेरा गोडा भासिइरहेछन् र भीरमाथिको गर्त मलाई निल्न झन्झन् ठूलो मुख बाउँदै आइरहेछ- कोसीको असंयमित बाढीजस्तै ।"
-बीपी कोइरालाको कथा श्वेत भैरवीबाट)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out