नास्तिकको यौन जीवन राम्रो

काठमाडौ, आश्विन २८ - यौनसम्पर्कको आनन्द उठाउने मामिलामा धार्मिक व्यक्तिहरूभन्दा नास्तिक व्यक्तिहरू बढी भाग्यमानी हुन्छन् । नास्तिककै यौनजीवन तुलनात्मक रूपमा राम्रो हुन्छ । अनुसन्धाताहरू यस्तै दाबी गर्छन् । धार्मिक मनोवृत्तिका व्यक्तिहरू यौनको समय प्रयोग गर्नबाट हच्किन्छन् रे,  ।
अनुसन्धाताहरू भन्छन्, 'धार्मिक व्यक्तिहरू सुरुमा त यौनको नाम सुन्नासाथ हच्किएजस्तो गर्छन् । सहवासको नयाँ विधि प्रयोग गरेर मन लगाउन खोजे पनि उनीहरूको मस्तिष्कबाट पापधर्मको कुरा हट्दैन र यौनसम्पर्क गरिहाले पनि पछि अपसोस जनाउँछन् ।' नास्तिक व्यक्तिहरूचाहिँ खुलेर यौनबारे कुरा गर्छन् र त्यस्ता अनुभव एकअर्कासँग साटासाट गरिरहन्छन् । उनीहरू यौनसम्बन्धको कल्पना गर्छन् र त्यसलाई साकार पार्न प्रयासरत हुन्छन् । यसमा उनीहरूले आफ्नो पार्टनरको सहयोग पनि पाउँछन् ।
तर धार्मिक प्रकृतिका व्यक्तिहरूले यस्तो यौनानन्द उठाउन सक्दैनन् । उनीहरू यस्तो कर्म धर्म र नीतिअनुसार छैन भन्ने भ्रममा बसिरहेका हुन्छन् ।

एउटा अध्ययन अनुसार १९ प्रतिशत भारतीय दिनहुँ यौनक्रियामा लिप्त हुन्छन् । सातामा तीनदेखि पाँच पटकसम्म यौनसम्बन्ध गर्ने पुरुष र महिलाको संख्यामा वृद्घ िभइरहेको छ । सर्वेक्षण अनुसार यौनको समय २० प्रतिशत भारतीय सक्रिय हुँदा रहेछन् । उक्त सर्वेक्षणमा एक हजार व्यक्तिसँग उनीहरूको यौनजीवनबारे प्रश्न गरिएको थियो । २६ प्रतिशतले सातामा दुईदेखि तीन पटकसम्म यौनजीवनको आनन्द उठाउने बताए । १५ प्रतिशतचाहिँ सातामा एक, दुई महिनामा दुईपटक मात्र यौनसम्पर्क राख्दा रहेछन् ।
नहतारिनुस् आई लभ यु भन्न

कुनै युवतीलाई 'आई लभ यु' भनेर ठाउँको ठाउँ आफ्नो बनाउन सकिन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत बुझाइमा हुनुहुन्छ । त्यसैले मनको गाँठीकुरो खोल्न धेरै हतार नगर्नुस् । केही समय पर्खेर नै आफ्नो मायालाई अभिव्यक्ति दिनुस् ।
पछिल्लो अनुसन्धानले के दाबी गरेको छ भने प्रायः युवतीहरू छिटो अर्थात् दुईतीन महिनाकै सम्बन्धमा प्रेम प्रकट गर्ने युवकहरूमाथि विश्वासै गर्दैनन् । यस विपरीत युवतीहरू त्यस्ता युवकलाई महत्त्व दिन्छन् जो लामै सम्बन्धपछि मात्रै माया प्रकट गर्छन् ।
यो अनुसन्धान पर्सनालिटी र सोसल साइकोलोजी सम्बन्धी एउटा जर्नलमा प्रकाशित भएको हो । अमेरिकाको एउटा इन्स्िटच्युटद्वारा गरिएको सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफबाट देखिएअनुसार पुरुषहरू महिलाको दाँजोमा ६ साता छिटो आफ्नो प्रेम प्रकट गर्ने गर्छन् । सामान्यतः पुरुषहरूले सम्बन्ध सुरु भएको ९७.३ दिनमा मायाबारे खुलेर कुरा गर्ने सर्वेक्षणमा उल्लेख छ ।
यसो हुनुको कारण युवतीहरूले 'आई लभ यु' सुन्ने चाहनाअनुसार युवकहरूलाई कुराएका भने होइनन् । 'छिटो प्रेम प्रकट गर्नुपछाडि पुरुषहरूको उद्देश्य के हुन सक्छ भने,' अनुसन्धानमा उल्लेख छ, 'उनीहरूमा यौन सम्बन्ध कायम गर्ने तीव्र इच्छा हुन्छ । त्यसैले महिलाहरू उनीहरूको विश्वसनीयता जाँच्न चाहन्छन् ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out