'मेरो लभस्टोरी'लाई एडल्ट सर्टिफिकेट

रोमान्टिक सिनेमा 'मेरो लभस्टोरी'ले एडल्ट सर्टिफिकेट पाएको छ । सिनेमामा प्रयुक्त कतिपय दृश्यका आधारमा सेन्सर बोर्डले चलचित्रलाई वयस्क प्रमाणपत्र दिएको हो । चलचित्रलाई अब १६ वर्षभन्दाका बालदर्शकले हेर्नपाउनेछैनन् । आइकोर फिल्मसले निर्माण गरेको सिनेमा आगामी सोमबारदेखि रिलिज हुँदैछ । आइतबार बेलुका चलचित्रको रेडकार्पेट प्रीमियर गरिँदैछ ।
यसैगरी, चलचित्र 'अन्दाज'ले पीजी अर्थात प्यारेन्टल गाइड सर्टिफिकेट पाएको छ । बालदर्शकले अभिभावकको निगरानीमा मात्र अन्दाज हेर्नुपर्नेछ । क्लाइमेक्ससहितका दृश्य हिँसात्मक रहेको भन्दै जाँचपास समितिले पीजी दिएको हो । रेखा थापा, जीवन लुइँटेल र सविन श्रेष्ठ स्टारर सिनेमा पनि सोमबारदेखि रिलिज हुँदैछ । 'मेरो लभस्टोरी' र 'अन्दाज' बडादशैंको भोलिपल्टदेखि राजधानीमा एकसाथ रिलिज हुनेछन् ।
यतिबेला चलचित्र वृत्तले यी दुई चलचित्रबाट ठूलो आशा गरेको छ । सुदर्शन थापा निर्देशित 'मेरो लभस्टोरी'मा आर्यन सिग्देल, ऋचा शर्मा र विनय श्रेष्ठले रोमान्टिक र भावनात्मक अभिनय गरेका छन् । 'मेरो लभस्टोरी'लाई सुनिल मानन्धरले र 'अन्दाज'लाई डिजिटल सिनेमा नेपालले वितरण गर्दैछन् । यसअघि 'मेरो एउटा साथी छ' निर्माण गरेको आइकोरले 'मेरो लभस्टोरी' निर्माण गरेको हो । दुवै फिल्म फूलापातिमा रिलिज हुँदैछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out