मन्त्री साहको समाचार छापेको भन्दै कान्तिपुर जलाए

काठमाडौं, आश्विन २४ - भुमिसुधार तथा ब्यबस्था मन्त्री प्रभु साह माथि पर्सा प्रहरीले लगाएको हत्या अभियोग सम्बन्धमा समाचार प्रकाशित गरेको भन्दै मंगलबार रौतहट र बारामा माओवादी कार्यकर्ताले कान्तिपुर दैनिकका केहीप्रति जलाएको छ ।
रौतहटबाट शिव पुरी पठाएको समाचार अनुसार पर्सा प्रहरीले मन्त्री साहमाथी लगाएको हत्या अभियोगको खारेजीको माग गर्दै माओबादीको जनवर्गिय सगठनले मंगलबार रौतहट बन्दको आब्हान समेत गरेको थियो ।
त्यसैगरी बाराबाट लक्ष्मी साहले जनाए अनुसार सिमरा चोकमा भने माओवादीको भोजपुरा राज्य समिति अन्तरगतको विद्यार्थी इञ्चार्ज तारा कार्कीको नेतृत्वको एक समुहले पत्रिका जलाएको हो ।
शान्ति प्रकृया भाँड्ने षडयन्त्रको रुपमा प्रहरीले अभियोग लगाएको र कान्तिपुरले समाचार प्रकाशित गरेको आरोप लगाउँदै पत्रिका जलाएका हुन् । उनीहरुले केही बेर बाटोसमेत अबरुद्ध पारेका थिए ।
बन्दका कारण मंगलबार रौतहटको जनजीवन प्रभाबित भयो । कान्तिपुर जलाएकोमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले भर्त्सना गरेको छ ।
पर्साका तत्कालिन हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न भएको आरोपमा मन्त्री साह र उनका स्वकीय सचिब सियाराम कुश्वाह माथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको बिरोधमा माओवादीको जनबर्गिय संगठनले बन्दको आब्हान गरेको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष हरि पौडेलको अगुवाईमा चन्द्रनिगाहपुरमा माओबादीले बाटोमा टेक्टर तेर्स्र्याएर दिनभर सबारी आवगमन ठप्प पारेको थियो ।
गौर हत्याकाण्डमा संलग्नलाई कारबाही, शान्ति प्रक्रिया पछि बिभिन्न समुहबाट हत्या गरिएका माओबादी कार्यकर्तालाई शहिद घोषणा र मन्त्री साह माथि लागेको मुद्दाको खारेजीको माग गर्दै बन्दको आब्हान गरेको माओबादी सभासद देबेन्द्र पटेलले जानकारी दिए । माओबादीले बुधबार साङ्केतिक रुपमा पुर्वपश्चिम राजमार्ग ठप्प पार्ने जनाएको छ ।
बन्दको कार्यक्रम सकिन लाग्दा वाईसिएलका केन्द्रीय सदस्य असन श्रेष्ठ र जनबर्गिय संगठनका ओहिदको नेतृत्वको टोलीले कान्तिपुर पत्रिका हातमा लिई जलाएका थिए । पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष अशोक पहाडीले पत्रिका जलाएर माओबादीले नौटङ्की गरेको भन्दै घट्नाको भर्त्सना गरेको छ । 'समाचार प्रकाशित भएको भरमा पत्रिका जलाउनु मुर्खता हो' उपाध्यक्ष पहाडीले भने ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out