प्रभु साहलाई जोगाउन यसरी भगाइयो गोली हान्ने व्यक्ति

सुन्दर खनाल/उपेन्द्र लामिछाने, वीरगन्ज, असोज ३०- प्रभु साहलाई काशीराम हत्याकाण्डबाट जोगाउन सरकारी पक्षले उनका स्वकीय सचिव तथा गोली हान्ने भनिएका सियाराम कुशवाहा फरार हुने वातावरण जानेरै बनाएको पाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बुधबार प्रभुलाई मुद्दा नलगाउने निर्णय गर्दा सियाराम पक्राउ परिनसकेको कुरालाई मुख्य कारणकै रुपमा उल्लेख गरेको थियो। मुद्दा दायर गरिँदा अभियुक्त बनाइएका सियाराम प्रशस्त दबाबको स्थिति बनेपछि असोज पहिलो सातामात्र फरार भएका हुन्।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार भदौ २८ गते नै पक्राउ पुर्जी जारी गरिएका सियारामलाई समात्न वीरगन्ज प्रहरीको एक टोली काठमाडौं गएको थियो। पुर्जीसहित पक्राउ सहायताका लागि महानगरीय प्रहरी अपराध महाशाखा पुगेको टोली 'तत्काल त्यसो नगर्ने' प्रहरी प्रधान कार्यालयको आदेशपछि रित्तो हात फर्क्यो।

तिवारी परिवारले हत्याकाण्डको दुई दिनपछि २०६७ असार १४ गते दर्ता गरेको किटानी जाहेरीमा परेका पाँच जनामध्येमै पहिलो नम्बरमै सियाराम रहँदै आएका छन्। यही भदौ २१ गते पक्राउ गरिएका अमन कुशवाहाले गोली हान्नेकै रुपमा सियारामलाइ पोलेपछि प्रहरीले उनको खोजी बढाएको थियो।

अमनले सुरुदेखि नै प्रभुको आदेशमा सियारामले गोली चलाउँदा आफूले मोटरसाइकल चालकको काम गरेको स्वीकार्दै आएका छन्। उनको त्यही बयानलाई सियारामविरुद्दको किटानी उजुरीमा टेकाएर सरकारी वकिलकहाँ असोज २ गते प्रमाणित गराइ सक्दा पनि उनी पक्राउ गरिएनन्।

अमनको बयान प्रमाणित भएयता सियारामलाई भगाउने, मुद्दा ढिलो गराउने र प्रभु जोगाउने खेल सुरु भएको अनुसन्धान स्रोतहरु बताउँछन्। प्रमाणित बयानमा प्रभुको संलग्नता उल्लेख भएपछि सरकारी वकिलले उनलाई जोगाउन अनुसन्धान अल्मल्याएको प्रहरी पक्षको दाबी छ। 'सरकारी वकिलले अमनविरुद्ध लगाएको सार्वजनिक मुद्दा सिडिओबाट क्लियर गराएपछि मात्र हत्यासम्बन्धी मुद्दा ल्याउन भने, त्यहीअनुसार गर्‍यौं। आखिर त्यो षडयन्त्र रहेछ,' प्रहरी स्रोत भन्छ।
यता प्रहरीले सरकारी वकिल पक्षबाट असहमति हुँदाहुँदै असोज ८ गते तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि दुवै पक्षबीच कित्ता काटिन पुगेको हो। असोज १० मा प्रहरीले प्रभुविरुद्धको पुरक अभियोगसहितको राय प्रतिवेदन पेश गर्दा सरकारी वकिलले विभिन्न ६ बुँदामा प्रस्टता मागेको थियो।
दशैं विदालगत्तै प्रहरीले पेश गरेको परिमार्जित राय प्रतिवेदनमाथि निर्णय गर्दा सरकारी वकिलले अमनको एकोहोरो बयान पर्याप्त नभएको र सियाराम पक्राउ नपरेको हुनाले प्रभुमाथि मुद्दा चल्न नसक्ने भनेको हो।

'सियाराम पक्राउ नपरेको अवस्थामा सरकारी वकिल कहाँनेर हाम्रो त्रुटी भेटिन्छ भनेर कुरेर बसेको देखियो दुबै पटक निर्णय गर्दा। जबकि उनीहरूले नै अनुसन्धानमा नियमित र प्रतेक्ष्य सहयोग पुर्‍याउनुपर्ने हो,' प्रहरी अधिकृतहरु भन्छन्।

यस विषयमा पर्सा जिल्ला प्रहरी प्रमुख एसपी रमेश खरलले कुनै प्रतिक्रिया दिन मानेनन्।
अनुसन्धान अधिकृतहरुको बुझाइमा सियाराम पक्राउ परेका भए उनको सम्भावित इन्कारीका बाबजुद अमनले दिने बयानले उनी र प्रभु दुबै तानिने वातावरण बन्ने थियो। अमनको बयानले सियाराम नउम्कने र उनी नफुत्केपछि प्रभु पनि पर्ने अनुमानमा अधिकृतहरु थिए।

'माहौल नै अर्कै बन्नेथियो,' मुद्दै हेरिरहेका एक अधिकृत भन्छन्। 'तर यहाँ सियाराम भगाएर च्यानल ब्रेक गर्ने काम भयो।'
अमनको बयान अझै सबैभन्दा शक्तिशाली
प्रभुलाई मुख्य योजनाकार र सियारामलाई हत्यारा भनेर पोल्ने अमनले प्रहरीसँग सुरुआतमा दिएको बयानलाई न्यायाधीशसम्म पुग्दा पनि फेरेनन्। प्रहरीबाट विश्वासमा लिइएका उनले न्यायाधीशसमक्षको साविती बयानमा आफूलाई प्रयोग मात्र गरिएको, खास अपराधी मन्त्री र उनका पिए नै भएको बताएका थिए।
प्रहरी अधिकृतहरुका अनुसार सर्वोच्च अदालतको आदेशबाट प्रभुविरुद्ध मुद्दा चलाइएको खण्डमा त्यो साविती बयानले निर्णायक भुमिका खेल्नसक्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out