जुम्लामा अश्लील भिडियो छ्याप्छ्याप्ती

जुम्ला। अश्लील भिडियोका क्लिपहरु सङ्कलन गरिएका अवैध सिडी बजारमा छ्याप्छ्याप्ती बिक्री वितरण हुन थालेका छन्।
सदरमुकामका केही सिडी तथा क्यासेट पसलमा यस्ता अश्लील नेपाली सिडीको किनबेच हुने गरेको छ।
विदेशी अश्लील भिडियो केही मात्रामा बिक्री हुँदै आएकामा पछिल्लो समयमा निस्किएका केही नेपाली भिडियोहरू सङ्कलन गरी पसलहरुमा नै सिडी कपी गरेर बिक्री गर्ने गरिएको हो।
सेलीब्रेटीदेखि सामान्य व्यक्तिका यौनक्रीडाका दृश्य भएका सिडी बिक्रेताले रु ५० देखि रु ८० सम्ममा बिक्री गर्ने गरेका छन्।
सिडी खोल्नासाथ मुखपृष्ठमा नम्रता डिजे तान्त्रिक लेखिएको सिडीको व्यापार अधिक रहेको एक सिडी पसलेले बताए।
एउटा सिडीभित्र २५ देखि ३० वटा अश्लील दृश्य छन्। विदेशीको तुलनामा नेपाली भिडियो महंँगोमा बिक्ने गरेको उनले बताए।
पहिले–पहिले विदेशी सिडी अत्यधिक बिक्री हुने गरे पनि हाल नेपाली सिडीको बिक्री बढी भएको पसले बताउँछन्।
यसरी लुकीछिपी बिक्री हुँदै आइरहेको सिडीको कभरमा कुनै नाम अथवा सङ्केत केही पनि लेखिएको पाइंँदैन। अश्लील सिडी किन्नेमध्ये अधिकांश किशोरावस्थाका केटाकेटी हुने गरेको पसलेहरू बताउँछन्। 
यसैगरी मोबाइल पसलमा गीत राख्नेमा पनि यस्तै अश्लील सिडीको माग बढ्दो छ। एक पसलेलेे भने– 'केटामात्र नभई केटीहरुले पनि साँझको मौका छोपी 'देउडा झ्यामझ्याम हाल्दिनुहोस्' भन्छन् झ्यामझ्याम भनेको पनि अश्लील हो भन्ने बुझ्नुपर्छ'– उनले थपे।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out