एउटा पढन्त नेता कमरेड फिडेल

उनी शब्दमा अलिकति पनि तलमाथि पर्‍यो कि समातिहाल्छन् । क्यास्ट्रोको सूचनाको महत्त्वपूर्ण स्रोत किताब हो । विरोधीहरूले बनाएको उनको विम्बसँग उनको व्यक्तित्व केही मिल्नुको कारण उनको औधी पढन्ते बानी पनि हो । सामान्य बातचित पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने 'कारगेट'विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । उनमा निद्रामा उठेर हिँड्ने रोग लागेको छ । उनी जोसित जुनसुकै वेला पनि उठेर कतै भ्रमणमा जाने हुनाले सहयोगी रातभर जाग्राम हुन्छन् भन्ने किस्सा चलेको छ ।
धेरै बानीहरू उनले सियरा मायेस्त्राबाट अनुकरण गरेकोले उनको त्यो बिम्ब र किस्सामा केही सत्यता छ । आफ्ना लामा भाषणहरूले मात्रै उनी चर्चित भएका होइनन् । १५ वर्षसम्म पनि उनको न आफ्नो घर थियो, न कार्यालय । न त कुनै निश्चित दैनिकी नै । उनी जहाँ छन्, सरकारी कार्यालय त्यहीँ हुन्थ्यो ।

अहिले विल्कुल फरक छ । आफ्नो चारित्रिक संवेग, जोशबाट अलिकति पनि पछि नहटी उनले आफ्नो जीवनमा अलिकति अनुशासन लादेका छन् । पहिलेपहिले उनी जहाँ थाक्थे, त्यहीँ यसो आँखाको विष मार्थे । यसरी उनको दिनरात एकैसरह बित्थ्यो । अहिले उनी नियमित कम्तीमा ६ घन्टा सुत्ने प्रयास गर्छन् । तर, उनैलाई थाहा छैन, त्यो सुत्ने वेला चाहिँ कहिले आउँछ । कामको प्रकृतिअनुसार उनको सुत्ने समय राति १० बजे पनि हुनसक्छ र बिहान ७ बजे पनि ।

दैनिक कार्यतालिकाको काममा लीन भएर उनी कार्यालयमा घन्टौँ बिताउँछन् । कार्यालयमा एकदम व्यवस्थितसँग मिलाइएको फर्निचर र पुस्तकदराज छ । यो दराजका पुस्तकले बृहत् क्षेत्रलाई प्रतिबिम्बित गर्छन् । यहाँ पानी, बाली लगाउने प्रविधिदेखिका रुमानी उपन्याससम्म छन् । क्रिस्टोफर कोलम्बसले सुर्ती पत्ता लगाएको देशमा धूमपानविरुद्ध लड्ने नैतिक धरातल बनाउन दैनिक आधा बट्टा सिगार तान्ने क्यास्ट्रोले अहिले पूर्ण रूपमा धूमपान त्यागेका छन् ।
तीव्र रफ्तारमा शरीरको वजन बढ्दै गएपछि उनी स्थायी रूपमा नै खाना कटौती गर्न बाध्य भएका छन् । उनको अगस्तिजस्तो खाने रुचि र नयाँ जोशका साथ खाना बनाउन देखाउने अतृप्त आनन्दलाई ध्यानमा राख्ने हो भने उनको यो ठूलो बलिदान हो । एक आइतबार बिहान उनले खाजामा १८ स्कुप आइसक्रिमका साथ ठूलै भाग लडाए । उनी उमालेको तरकारीसँग माछाको परिकार रूचाउँछन् । सधैँजसो पौडी खेलेर अनि केही घन्टा जिममा बिताएर उनी शारीरिक रूपमा तन्दुरूस्त रहन्छन् । आफूलाई एक गिलास हि्वस्कीमा सीमित राख्छन् । उनले आफूले बनाउन जानेको म्याकोरोनीप्रतिको कमजोरी नियन्त्रणमा लिन सकेका छन् । पौराणिक कथाको नायकको जस्तो उनको क्षणिक आवेग अतीतको कुरो भइसक्यो । अत्यन्त धैर्यताका साथ उनले आफ्नो खराब मुड सम्हाल्न सिकेका छन् ।

उनले एकपटक भने, 'अर्को जन्ममा म लेखक हुनुपर्‍यो ।' उनी एकदम राम्रो लेख्छन् । त्यसमा आनन्द लिन्छन् । गुडिरहेको कारमा पनि मनमा जे आउँछ, त्यही नोटबुकमा लेखिरहन्छन् । कहिलेकाहीँ व्यक्तिगत चिठीहरू पनि लेख्छन् । सामान्य कागजका ती नोटबुकहरू नीलो प्लास्टिकमा बेरिएका हुन्छन् । उनले लेख्ने अक्षर एकदमै साना हुन्छन् । सुरुमा हेर्दा त स्कुले केटाकेटीको जस्तै देखिन्छ । पूर्ण व्यावसायिक लेखकले झैँ लेख्छन् उनी । कुनै शब्दावलीलाई उनी धेरैपटक सच्याउँछन्, केरमेट गर्छन्, कापीको मार्जिनमा फेरि लेख्छन् । कुनै सही शब्दको खोजीमा शब्दकोष पल्टाउँदै वरिपरीकालाई सोध्दै दिन बिताउँछन् ।

सन् ७० को दशकमा उनी भाषण लेख्ने बानीमा फँसे । उनी यति ढिलो र सावधानीका साथ लेख्थे कि त्यो पूर्ण यान्त्रिक बन्न पुग्थ्यो । उनको यही बानीले भाषण झन् बिगि्रन्थ्यो । त्यो लिखित पढ्दाखेरि फिडेलको व्यक्तित्व नै परिवर्तन भएकोजस्तो लाग्थ्यो । उनको लय फरक हुन्थ्यो, शैली र आवाजको गुणस्तर पनि फरक हुन्थ्यो । विशाल 'क्रान्तिचोक'मा उपस्थित पाँचौँ लाख मानिसअगाडि बोल्दा आफैँले लेखेको शब्दको कम्बलभित्र क्यास्ट्रो निस्सासिन्थे अनि आफूले लेखेभन्दा अन्य कुरा बोल्न थाल्थे । अर्कोपटक उनका टाइपिस्टले गलत टाइप गरिदिए भने बोल्दाबोल्दै सच्याउनुको साटो उनी बोल्न रोकेर कलम निकालेर भाषण सच्याउन थाल्थे । उनी लिखित भाषणमा कहिल्यै सन्तुष्ट हुँदैनथे । आफ्नो भाषणलाई झन् जीवन्त बनाउने प्रयास थुप्रै सन्दर्भमा सफल भए तापनि भाषण सकिएपछि उनी निराश हुन्थे । उनले भन्न खोजेका सबै कुरा ती भाषणहरूले भन्थे । सायद अझ राम्रोसँग सम्प्रेषित पनि हुन्थे होला । तर, तिनमा उनको जीवनको उत्तेजना रहँदैन थियो ।

उनी बोल्न जानुभन्दा पहिले हुने अप्ठेरोपन जित्न प्रयास गर्छन् । तर, उनको यो डर कसैले थाहै पाउँदैनन् । यसलाई उनी स्वीकार गर्छन् । एउटा सार्वजनिक समारोहमा मलाई भाग लिन आउन गरिएको निमन्त्रणको नोटमा यसो लेखेका थिए, 'स्टेजको भय हटाउन एकपटक बोल्ने प्रयास गरेर मात्रै आऊ । म पनि कहिलेकाहीँ त्यसै गर्छु ।'

कुनैकुनै विशेष अवस्थामा मात्र उनी केही बुँदाहरू टिपेको कार्डको प्रयोग गर्छन् । जुन उनी निसंकोच गोजीबाट निकालेर सबैले देख्ने गरी हेर्छन् । अलि हिच्किचाउँदै लगभग सुन्नै मुस्किल पर्ने आवाजमा उनी बोल्न थाल्छन् । स्रोतालाई विस्तारै कुहिरोतिरको अनिश्चित यात्रामा डोर्‍याउँछन् । तर, शक्तिशाली पञ्जाले झैँ स्रोताको गर्दन समात्छन्, जसले दर्शक र स्रोताहरू उत्तेजित हुन्छन् ।

पहिलापहिला उनी आएपछि मात्र सार्वजनिक कार्यक्रमहरू सुरु गरिन्थ्यो । तथापि उनको आगमन वषर्ाजत्तिकै अनिश्चित हुन्थ्यो । तर, केही वर्षयता उनी एकदम ठीक समयमा आइरहेका छन् र उनको भाषणको अवधि स्रोताको 'मुड'मा भर पर्छ । सुरुसुरुका उनका अनन्त लामा भाषणहरू अब अतीत भइसके, जुन अहिले किस्सामा जोडिएर आउँछन् । उवेलामा मिहिनसँग व्याख्या गर्नुपर्ने कुराहरू अहिले जनताले बुझिसकेका छन् । वक्तृत्वकलाको 'पेडागोजी'को यतिविघ्न 'सेसन'पछि उनको शैली पनि खँदिलो भइसकेको छ । उनले कम्युनिस्टहरूले जस्तो शास्त्रीय नारा दोहोर्‍याएको सुनिएको छैन । न त उनी व्यवस्थाको कर्मकाण्डीय भाषा नै बोल्छन् । उनी रूढीवादविरोधी सर्वोत्तम व्यक्ति हुन् । उनको सृजनशील कल्पना नास्तिकताको दलदलमाथि मडारिरहन्छ । गफगाफ होस् या रोस्ट्रममा, उनी आफ्ना पि्रय लेखक जोसे मार्टीबाहेक कसैको पनि भनाइ वा शब्दावली उल्लेख गर्दैनन् । उनले मार्टीका २८ वटा पुस्तक छिचोलेका छन् । उनको प्रतिभाले मार्टीको विचारलाई माक्र्सवादी क्रान्तिमा जोडेको छ । जनताको सार्वजनिक काम भनेको प्रत्येक व्यक्तिबारे चासो राख्नु हो । यही विचारप्रतिको उनको दृढ विश्वास नै उनको दर्शनको सार हो ।

जनतासँगको प्रत्यक्ष सम्पर्कमा उनको पूर्ण विश्वासलाई यसैले देखाउँछ । सबैभन्दा गाह्रोजस्तो भाषणहरू पनि अनौपचारिक गफजस्ता लाग्छन् । मानौँ, उनी क्रान्तिको पूर्वसन्ध्यामा विश्वविद्यालयका विद्यार्थीहरूसँग गफिँदै छन् । विशेषगरी हवानाबाहिर कुनै सार्वजनिक समारोहमा उनलाई कसैले बोलाइहाल्यो र चर्कोचर्को स्वरमा गफ चल्न थाल्यो भने अनौठो नमाने हुन्छ । प्रत्येक अवसरहरूमा बोल्ने भाषा छ उनीसँग । त्यस्तै श्रमिक, कामदार, किसान, विद्यार्थी, वैज्ञानिक, राजनीतिज्ञ, लेखक वा विदेशी पाहुना, सबैलाई विश्वस्त पार्ने भिन्न तरिका पनि छ उनीसँग । आफूसँग भएको बृहत् र विशाल सूचनाभण्डारको सहायताबाट उनी जोसँग कुरो गर्दै छन्, उसैको तहमा ओर्लिएर कुरो सुरु गर्छन् । तर, उनको व्यक्तित्व यति जटिल छ कि एउटै भेटमा ती विभिन्न व्यक्तिहरूले उनीबारे भिन्नाभिन्नै अवधारणा बनाउन सक्छन् ।

तर, एउटा कुरो निश्चित छ, उनी जहाँ भए पनि जस्तो र जोसँग भए पनि गफमा जित्ने फिडेल क्यास्ट्रो नै हुन् । उनीभन्दा अरू कोही खराब हरुवा यो दुनियाँमा कल्पना गर्न सक्दिनँ । दैनिक जीवनको सामान्य घटनालगायत अन्य पराजयको सम्मुखमा उनको भाव हेरिनसक्नुको हुन्छ । उनी पराजय स्विकार्नु त परै जाओस् बरु परिस्थितिका सर्तहरू नै बदलेर त्यसलाई विजयमा नढालेसम्म चैनको सास लिँदैनन् । जेसुकै होस् र जहाँसुकै होस्, सबै कुरो अथक गफगाफको सीमाभित्रै सकिन्छ । स्रोताको रुचिअनुसार गफको विषय जे पनि हुनसक्छ । तर, उनी विस्तारै आफ्नो रुचिको विषयतर्फ गफ मोड्न थाल्छन् । प्रायःजसो उनलाई धेरै दिनदेखि मथिङ्गल खाइरहेको विचार खोतल्ने वेलामा यस्तो हुन्छ । विषयको गहिराइमा नै पुग्ने तयारी गरेका वेलामा आफ्नो गफको विषयमा उनीजतिकै सम्मोहित अरू कोही हँुदैन होला । कोही उनको कामको विपक्षमा देखिए भने त काम सानो होस् कि ठूलो, उनी दिलोज्यान दिएर लाग्छन् । यस्तो वेलामा उनी जति जोसिला सायदै अरू होलान् । उनलाई राम्रोसँग बुझ्छु भनेर विश्वास गर्ने कसैले एकपटक भनेका थिए, 'तपाईंं एकदम उज्यालो देखिनुभएको छ पक्कै केही गडबड छ ।'

उनलाई पहिलोपल्ट भेट्ने विदेशी पाहुनाले केही वर्षपहिले मलाई भन्थे, 'फिडेल अब बूढा भएछन् । एउटै विषयमा उनले राति सातपटकसम्म कुरो निकाले ।' मैले उनलाई सम्झाएँ । यो बहुलठ्ठीपूर्ण लाग्ने कदम उनको काम गर्ने तरिका हो । त्यस्तै दक्षिण अमेरिकामा विदेशी ऋणका विषय उनको गफमा दुई वर्षअगाडि पहिलोपल्ट निस्किएको थियो । त्यसपछि त्यो विषय बढ्यो, हाँगाबिँगा फैलिए । अझ दह्रो भयो र अन्त्यमा यसले बारम्बार दोहोरिने डरलाग्दो सपनाको रूप लियो । सामान्य अंकगणितीय निष्कर्षको शैलीमा उनले पहिलो कुरो भने, 'यो ऋण तिर्नुपर्दैन ।' त्यो वर्ष तीनपटक मैले हवानाको भ्रमण गरेँ । अलिअलि गरेर यो विषयमा उनका नयाँनयाँ निष्कर्ष जोडजाड पारेँ । ऋणले गर्दा दक्षिण अमेरिकी देशहरूको आर्थिक, राजनीतिक र सामाजिक प्रभाव, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा यसले पारेको निणर्ायात्मक असर र एकीकृत दक्षिण अमेरिकी नीतिका लागि यसको क्षेत्रीय महत्त्व छ । अन्त्यमा उनले विज्ञहरूको महत्त्वपूर्ण सम्मेलनको आयोजना गरे । जसमा उनले भाषण गरे । यो भाषणमा अगाडि गफगाफमा उठेका कुनै पनि प्रश्न छाडेनन् । त्यसवेलासम्ममा उनले यो विषयमा एउटा छर्लंग दृष्टिकोण बनाइसकेका थिए ।

मलाई लाग्छ, राजनीतिज्ञको रूपमा उनको सबैभन्दा ठूलो गुण भनेको समस्याको क्रमविकासलाई पहिचान गर्नसक्ने क्षमता हो । उनी समस्याको दीर्घकालीन निष्कर्षसम्म पुग्छन् । यस्तो लाग्छ, उनी आइसवर्गको बाहिरी भाग मात्रै हैन, समुद्रभित्र डुबेको सातगुणा ठूलो भाग पनि देख्छन् । उनको यो क्षमता चिन्तनबाट सक्रिय हँुदैन बरू तनावपूर्ण र निरन्तरको तर्क-वितर्कबाट चल्छ । विदेशी ऋणको प्रश्नमा झैँ कुनै लगानशील स्रोताले क्यास्ट्रोमा कुनै विचारको पहिलो भ्रुण भेटायो भने महिनौँसम्मको विभिन्न बातचितमा त्यो विस्तारै विकास भएको पाउँछ । त्यो विचार परिपक्व भएर सार्वजनिक नभएसम्म त्यो विकासक्रमलाई क्यास्ट्रोसँगको गफमा नियाल्न सकिन्छ । यसरी एउटा विषयको काम सकिएपछि एउटा चक्र पूरा हुन्छ, जसलाई क्यास्ट्रो फेरि दोहोर्‍याएर हेर्दैनन् ।

तर, यो चक्र घुम्न उनलाई मजाले चपाएर पचाइएको सूचना, स्रोतहरूको अविरल आपूर्ति चाहिन्छ । उनको उत्कृष्ट सहयोगी उनको स्मरणशक्ति हो । उनले यही शक्तिलाई व्यक्तिगत कुराकानी र भाषणहरू टिकाउन, लम्ब्याउन र त्यसमा तर्कवितर्क गर्न दुरुपयोगकै हदसम्म प्रयोग गर्थे । बिहान उठेदेखि नै उनी मथिंगलमा सूचना संग्रह गर्न थाल्छन् । संसारभरिका दुई सय पृष्ठ समाचारपत्रसँगै उनी बिहानको चियाचमेना लिन्छन् । दिउँसोभरि जता हिँडे पनि उनी जुहाँसुकैबाट भए पनि अत्यावश्यक सूचनाहरूबाट सूचित भइरहन्छन् । उनकै अनुमानमा पनि दिनभरिमा उनले कम्तीमा ५० वटा 'डकुमेन्ट' पढ्नुपर्छ रे । पाहुना र सरकारी कार्यालयबाट आउने सूचनाको त कुरै छाडौँ । फूर्ति लगाएको होइन । यो जहाजको कुरोबाटै छर्लंग हुन्छ ।

उनी जहाजमा उड्न त्यति मन पराउँदैनन् । केही विकल्प नभएमा मात्रै उनी हवाइजहाज चढ्छन् । तर, उनीजतिको खराब यात्री कोही हुनैसक्दैन । उनी सबै कुरो जान्न बेचैन रहन्छन् । उनी न सुत्छन्, न पढ्छन् । अलिकति शंका लाग्नेवित्तिकै जहाजका कर्मचारीलाई नक्सा लिएर बोलाउँदै सोध्न थाल्छन् । जहाजले किन अर्को रूट नलिएर यो रूट लिएको भन्ने प्रश्न सोध्छन् । त्यति मात्रै होइन, टर्वाइनको आवाज किन बदलियो वा सफा मौसम हुँदाहुँदै पनि जहाज किन उपि|mरहेको छ आदि सोधेर हैरान पार्छन् । उत्तर एकदम सही हुनैपर्छ । उनी शब्दमा अलिकति पनि तलमाथि पर्‍यो कि समातिहाल्छन् । क्यास्ट्रोको सूचनाको अर्को महत्त्वपूर्ण स्रोत किताब हो । विरोधीहरूले बनाएको उनको विम्बसँग उनको व्यक्तित्व केही मिल्नुको कारण उनको औधि पढन्ते बानी पनि हो ।

उनी पढ्ने समय कसरी जुटाउँछन् र यति छिटो पढ्ने विधि के हो, कसैले बताउन सक्दैन । उनी आफैँ चाहिँ त्यस्तो विशेष केही छैन भन्छन् । प्राग्ऐतिहासिकजस्तो लाग्ने 'ओल्डसमोबाइल' कार, त्यसपछिको सोभियत जिलन र हालसालैको मर्सिडिजमा पनि पढ्नलाई पर्याप्त उज्यालो बत्ती हुन्छ । धेरैपटक त उनले मध्यराततिर पढेर बिहानै त्यसबारे टिप्पणी पनि गरेका छन् । उनी अंग्रेजी पढ्छन्, तर बोल्दैनन् । प्रायः स्पेनीमा पढ्न रूचाउँछन् । उनलाई हालसालैको कुनै किताब चाहिएको छ, तर अनुवाद भएको छैन भने उनी आफैँ अनुवाद गर्न लगाउँछन् । उनका एकजना डाक्टर साथीले उपहारस्वरूप हाडजोर्नीसम्बन्धी आफ्नो किताब पठाएछन् । उनलाई क्यास्ट्रोले त्यो किताब पढ्लान् भन्ने लागेकै रहेनछ । तर, एकहप्तापछि क्यास्ट्रोले ती डाक्टरलाई किताबमाथिको टिप्पणीसहित चिठी पठाएछन् । आर्थिक र ऐतिहासिक विषयका उनी नियमित पाठक हुन् । लि इयाकोकाको संस्मरण पढ्दा क्यास्ट्रोले एकदम गम्भीर त्रुटिहरू भेटेछन् । उनले स्पेनीसँग तुलना गरेर हेर्नलाई अंग्रेजी संस्करण लिन एकजनालाई न्युयोर्क नै पठाएछन् । वास्तवमा स्पेनीमा अनुवाद गर्ने मान्छे 'खरब' शब्दको अर्थमा झुक्किएको रहेछ । उनी साहित्यका पनि राम्रा पाठक हुन् । उनी एकदम ध्यान दिएर पढ्छन् । 'बेस्ट सेलर'हरूको तीव्र उपभोगमा उनको लत मैले नै सुरु गरिदिएको हुँ भन्ने तथ्य मेरो चेतमा अझैँ छ । सरकारी कागजातहरूको कर्मकाण्डीय पढाइविरुद्धको ओखतीका रूपमा मैले त्यसो गराएको थिएँ ।

तर, अझैँ उनको तत्कालीन र सबैभन्दा उपयोगी सूचनाको स्रोत गफगाफ नै बनिरहेको छ । एकदम चाँडो सोधीखोजी गरिहाल्छन् उनी । अन्तिम जवाफ नपाएसम्म उनी किन, के, कसरी भन्नेजस्ता प्रश्नहरूको वषर्ा गरिरहन्छन् । कुनै केरकारमा फँसेजस्तो अनुभव नगर्ने स्रोता भेट्न मस्किल पर्छ । एकपटक दक्षिण अमेरिकाकै एकजना पाहुनाले आफ्नो देशका जनताले गर्ने चामल उपभोगको हचुवा तथ्यांक दिएछन् । क्यास्ट्रोले मनमनै लेखाजोखा गरेर भनेछन्, 'कति अनौठो ! एकजनाले दिनमा ४ पाउन्ड चामल खाँदोरहेछ ।' उनी आफूले जानेको कुरो पनि सोधेर आफ्नो जानकारीलाई थप पुष्टि गर्छन् । कहिलेकाहीँ चाहिँ आफूसँग कुराकानी गरिरहेको साथीको क्षमता जाँच्न र त्यसैअनुरूप गफ अगाडि बढाउन पनि उनी प्रश्न सोध्छन् । उनी आफूले सूचना पाउने कुनै पनि अवसर खेर जान दिँदैनन् । कोलम्बियाली राष्ट्रपति बेलिसारियो बेटानकुरसँग उनको वेलाबखत फोनमा कुराकानी भइरहन्छ । अहिलेसम्म यी दुईले न प्रत्यक्ष भेटेका छन्, न यी दुई देशबीच कूटनीतिक सम्बन्ध नै कायम भएको छ । यस्तैमा एकपटक कोलम्बियाली राष्ट्रपतिले फोन गरेछन् । पछि मलाई क्यास्ट्रोले भने, 'कोलम्बियाको कफी खेतीबारे सोध्ने मौका उठाइहालेँ मैले । यस्तो सूचना अरूवेला समाचारमा बिरलै आउँछन् ।"

क्रान्तिभन्दा पहिले र पछि पनि उनले 'प्रोटोकल'को साँघुरो घेराभित्र रहेर केही देशहरूको औपचारिक भ्रमण गरेका छन् । आफूले भ्रमण गरेको देशबारे त कुरा गरिहाल्छन् नै, आफू नगएको देशबारे पनि गएजसरी नै बखान गर्छन् । अंगोलामा युद्ध चलिरहेका वेलामा एउटा आधिकारिक सरकारी भोजमा त्यहाँको युद्धको यति विस्तारमा वर्णन गरे कि एकजना युरोपेली कूटनीतिज्ञलाई उनले अंगोलाको युद्धमा भाग लिएका छैनन् भनेर सम्झाउन हम्मेहम्मे पर्‍यो । चेग्वेभाराको पक्राउ र हत्याबारे उनले भाषणमा दिएको विवरण, मोनकाडा प्यालेसमा भएको बमवारी र साल्भाडोर एलेन्डेको मृत्युको वर्णन जीवन्त थियो उनको । उनी शब्दमार्फत घटनाको वृतचित्र देखाउँछन् ।

(क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको आत्मकथात्मक पुस्तक 'मेरो युवाकाल'मा मार्खेजले लेखेको भूमिकाको सम्पादित एक अंश । मूल्यांकन प्रकाशन गृहले हालै प्रकाशन गरेको पुस्तकको अनुवाद विकास बस्नेतले गरेका हुन् ।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out