सर्वाधिक खोजीमा कटि्रना

बलिउड नायिका कटि्रना केफको सुन्दरताको चर्चा अब फिल्मको पर्दामा मात्रै सीमित रहेन । हालैको एक सर्वेक्षणमा उनी मोबाइलमा समेत सर्वाधिक खोजी गरिने सेलिब्रटीमा दरिएकी छिन् ।
एक मोबाइल भिडियो सम्बन्धी स्वतन्त्र संस्थाले निकालेको सर्वेक्षण नतिजामा कटि्रनाले गायिका बि्रट्नी स्पेयर्सलाई समेत दोस्रो स्थानमा झारिदिएकी हुन् ।
हङकङमा जन्मेकी २७ वषर्ीया बेलायती नागरिक भए पनि बलिउडलाई कर्मथलो बनाइरहेकी कटि्रनाको पछिल्ला फिल्म 'जिन्दगी नामिलेगी दोबारा' र 'मेरी दुल्हनकी ब्रदर' ले उनको चर्चा ह्वात्तै बढाइदिएको थियो । त्यसो त उनलाई 'तीस मार खान' को 'शिलाकी जवानी' गीतले समेत चर्चा दिलाएको थियो ।भारतका मोबाइल प्रयोगकर्तामा गरिएको उक्त सर्वेक्षणमा अहिलेकी चल्तीकी नायिका करिना कपुर चौथो स्थानमा आएकी छन् भने सोनाक्षी सिन्हाले उनलाई पछ्याउँदै छैंटौं बढी खोजिने सेलिब्रेटीमा परेकी छन् । उक्त संस्थाले जनाए अनुसार लिन्ड्से लोहान, बियोन्से र साकिरा पनि उक्त तालिकाको उत्कृष्ट दसभित्र पर्न सफल छन् ।
पुरुष सेलिब्रेटीका लागि भारतीय मोबाइलकर्ताको सर्वाधिक खोजीमा भने मास्टर ब्लास्टर्स क्रिकेटर सचिन तेन्दुलकर परेका छन् । त्यसैगरी सर्वेक्षण नतिजामा फिल्म 'रास्कल्स' का लागि कोस्टार कंगना रनावतको बिकिनी फोटोसुटका विषयमा अजय देवगनको ठट्यौली र रिलिजको क्रममा रहेको आफ्नो फिल्म 'द डर्टी पिक्चर' का बारेमा विद्या बालनको गसिप भिडियो पनि बढी खोजिने र हेरिनेमा परेका छन् । सेप्टेम्बर महिनासम्मको अवधिमा रेकर्ड गरिएको तथ्यांकमा राखी सावन्तले गरेको विवाह प्रस्तावमा बाबा रामदेवको उत्तर भएको भिडियो पनि बढी हेरिने भिडियोको उत्कृष्ट पाँचमा परेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out