मुस्ताङ 'क्रिम दलेजस्तो' मात्रैः माओवादी महासचिव

तनहुँ, कार्तिक ४ - माओवादी महासचिव रामवहादुर थापाले माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री वावुराम भट्टराईले मुस्ताङ गाडी चड्नु 'क्रिम दलेजस्तो'मात्रै भएको टिप्पणी गरेका छन् ।
वैद्य निकट तमुवान राज्य समिति सदस्यहरुलाई गोप्य प्रशिक्षण दिन शुक्रवार दमौली आएका महासचिव थापा वादलले भट्टराईले नेपालमा नै वनेको गाडी सवै मन्त्रीले चढ्नु पर्ने प्रावधान वनाउनको साटो गाडीको सस्तो विज्ञापन मात्रै गरेको आरोप लगाए ।
'प्रधानमन्त्रीले सवैले नेपालमा नै वनेको गाडी चड्नु पर्ने प्रावधान वनाउनुको साटो गोल्छाको विज्ञापन मात्रै गरे,' उनले भने ।

जनताले अपेक्षा गरेका केही भएनन्
महाचिव थापाले नयाँ सरकारको नेतृत्वसँगै जनताले अपेक्षा गरेका कुराहरु केही हुन नसकेको वताए ।
उनले अहिलेको सरकारले  मुलुकमा शान्ति र सुशासन कायम गर्न समेत अक्षम रहेको आरोप लगाए । 'अहिलेको सरकारको पालामा झनै मुलुकमा हत्या हिंसा वढेको छ,' उनले भने, 'राजधानीमा नै मानिसहरु मारिदा समेत सरकारले कुनै शान्ति सुरक्षामा राम्रो काम गर्न सकेको छैन ।'
उनले छिमेकी मुलुकवाट सिमाना मिचिदा समेत सिमा मिच्न नदिने वारेमा सरकारको कुनै प्रतिकृया नआएको वताए । 'छिमेकी मुलुकलाई नेपाली भुमिप्रति जे गरेपनि हुन्छ भन्ने छ,' महासचिव ले भने,' सिमाका नेपाली दिनदहाडै कुटिंदा समेत हाम्रो सरकार मौन वसको छ ।'
उनले ४५ दिन भित्र शान्ति प्रकृयालाई पूर्णता दिन्छु भनेर सरकारको वर्तमान नेतृत्वले भने पनि शान्ति प्रकृयाको कुनै पनि काम अघि नवढेकोले जनता झुक्याउने काम भएको वताए । 'यो सरकार सफल भयो की असफल त्यो सवैलाई थाहा छ,' उनले रक्षामन्त्री शरतसिंह भण्डारीले देश टुक्र्याउने अभिव्यक्ति दिंदा समेत केही समय प्रधानमन्त्रीले केही गर्न नसक्नु दुखद भएको वताए ।
वैद्य पक्षको गण्डकी अञ्चलस्तरीय गोप्य प्रशिक्षण  
माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले शुक्रबार आफू निकट कार्यकर्तालाई भेला गराएर शुक्रवार गण्डकी अञ्चल स्तरीय गोप्य प्रशिक्षण दमौलीमा दिएको छ । माओवादीका महासचिव रामवहादुर थापाले प्रशिक्षण दिए ।
प्रशिक्ष्ाणमा वैद्य निकट करिव एक दर्जन माओवादी केन्द्रीय सदस्यहरु नेत्रविक्रम चन्द, ईन्द्रमोहन सिग्देल, श्रीराम अधिकारी, सन्तोष वुढामगर, सभासद् श्रीराम ढकाल, सावित्री दुरा, परशुराम रम्तेल लगायत नेता सहभागी छन् ।
गण्डकी अञ्चल स्तरिय तमुवान राज्य समिति सदस्यहरुको प्रशिक्षण भनिए पनि वैद्य निकट कार्यकर्ता भन्दा अन्य माओवादी कार्यकर्तालाई खवरै नगरिएको क्षेत्र नम्वर २ की ईन्चार्ज तथा तमुवान राज्य समिति सचिवालय सदस्य आशा खनालले वताइन् । 'तमुवान राज्य समितिको प्रशिक्षण भएको भए मलाई त खवर गर्नु पर्ने हो,' उनले भनिन्, 'तमुवानको प्रशिक्षण हो भन्ने मलाई थाहै छैन ।'
उनले माओवादी महासचिव रामवहादुर थापा आउने थाहा पाएपनि प्रशिक्षण दिने वारेमा केही थाहा नपाएको वताइन् । 'माओवादीको प्रशिक्षण वारेमा म नै वेखवर छु,' उनले भनिन्, 'पार्टीको महासचिव आउनुभएको होला भनेको त किरण गुटको नेता भएर पो वादल आएका रहेछन् ।'
माओवादी जिल्ला ईन्चार्ज हरिवहादुर चुमानले तमुवान राज्य समिति सदस्यहरुको प्रशिक्षण भएपनि माओवादी भित्र अग्रगमन चाहनेहरुको वाहुल्यता वढी रहेको वताए । 'यो प्रशिक्षणमा  अग्रगमन चाहनेहरुको वाहुल्यता वढी रहेको मात्रै हो,' उनले भने, 'कुनै गुट उपगुटको प्रशिक्षण भने होइन ।' उनले प्रशिक्षणमा तनहुँ, लम्जुङ्ग, गोर्खा, स्याङ्जा र कास्की गरी ५ जिल्लावाट तमुवान राज्य समितिका करिव ३ सय सदस्यहरुको भेला रहेको वताए ।
उनले वैद्य पक्षको गोप्य भेला भन्ने माओवादीका अन्य कार्यकर्ताहरुलाई मुख थुन्न नसकिने वताए । 'वैद्य पक्षको प्रशिक्षण भन्नेहरुको मुख थुन्न सकिन्न,' उनले भने, 'हामीले यहाँ गोप्य प्रशिक्ष्ाण नभई अग्रगमनका लागि वहश मात्रै गरेका हौं ।'
महासचिव थापाले वैद्य पक्षको गोप्य प्रशिक्षण नभई जनताको पक्षमा कसरी शान्ति र संविधान वनाउन सकिन्छ भन्ने वारेमा वहश मात्रै भएको वताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out