हत्यारा माओवादी मन्त्रीका समर्थकद्वारा रौतहट-पर्सामा प्रदर्शन

वीरगन्ज, असोज २४ । हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशिनाथ तिवारीको हत्यारा भनेर प्रमाणित हुन प्रमाण जुटिसके पनि भूमिसुधार मन्त्री प्रभु साहमाथि प्रहरीले झुटो मुद्दा चलाउन लागेको भन्दै समर्थकले मंगलबार  रौतहट र पर्सामा विरोध प्रदर्शन गरेका छन्। पर्सा प्रहरीले सोमबार सरकारी वकिलको कार्यलयमा 'अनुसन्धान पत्र' बुझाएपछि साहका समर्थक  विरोधमा उत्रेका हुन्।

माओवादीका कार्यकर्ताले मंगलबार बिहानैबाट रौतहटका विभिन्न ठाउमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले  विहानैदेखि चन्द्रनिगापुर- गौरसडक खण्ड बन्द गराएपछि यस क्षेत्रमा चल्ने लामा तथा छोटा सवारी साधन चल्न  सकेनन्। साहमाथिको आरोपविरुद्ध भइरहेको प्रदर्शनको अगुवाइ रौतहट क्षेत्रनंबर १  का सभासद देवेन्द्र पटेलले गरेका छन्।
त्यसैगरी वीरगन्जमा पनि सचेत नागरिक समूको व्यानरमा निस्केको एक समूहले वीरगन्जमा विरोध जुलुस निकालेको  छ। प्रहरीविरुद्ध नारा लगाउदै उनीहरुले वीरगन्ज नगर परिक्रममा गरे। नगर परिक्रमापछि घन्टाघरमा कोण सभा गर्दे  साहविरुद्ध प्रहरीले भुटो आरोप लगाएको दावी गरे। सचेत समूहको नेतृत्व रविन्द्र साहले गरेका थिए।
तिवारी हत्याको आरोपमा प्रहरी नियन्त्रणमा परेका अमन कुशवाहले तिवारीमाथि सियाराम कुशवाह (हाल मन्त्री साहका  स्वकिय सचिव)ले गोली प्रहार गरेको र उक्त योजना प्रभु साहकै सामुन्ने तयार भएको बयान दिएपछि भूमिसुधार मन्त्री  रहेका साह हत्या प्रकरणको अनुसन्धानमा तानिएका हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out