बलिउड ब्युटी सिक्रेट्स

मानव शरीरका लागि पानी बढी आवश्यक हुन्छ, चाहे त्यो प|mुट्स, अरु प|mुट्स भेजिटेबल, जुस आदिबाट नै किन प्राप्त नहोस् । म यो कुरामा विशेष सजग रहन्छु । म ब्युटीका लागि होममेड प्रोडक्ट्स बढी प्रयोग गर्छु, जस्तै दूध, बेसन, दही काँक्रा आदि । यसबाट छाला मुलायम हुनुका साथै स्वस्थ पनि रहन्छ ।
म जिममा वर्क आउट गर्छु  साथै सकारात्मक सोच, योग एवं ध्यानका माध्यमबाट मनलाई शान्त राख्छु । यसले छालालाई सुन्दरर स्वस्थ  बनाउँछ ।

कैटरिना कैफ
 म आफ्नो दिनको प्रारम्भ तीन-चार गिलास पानीबाट प्रारम्भ गर्छु । स्किनका लागि म प्युरिफाइङ एपि्रकेट ओयल प्रयोग गर्छु । एक्सरसाइज, स्वीमिङ र जगिङ मेरा ब्युटी सिक्रेट्स हुन् । यी सबैले ब्लड सर्कुलेसन बढ्छ र छाला स्वस्थ रहन्छ । मेकअप क्लिन गरेर मात्र सुत्नु मेरो ब्युटी रुल हो । जति नै थकित भए पनि राति सुत्नुपूर्व अनुहारबाट पूरा मेकअप उतार्न कहिल्यै बिर्सन्न । आँखाका लागि क्लिन्जिङ मिल्क तथा अनुहार धुन फेसवास प्रयोग गर्छु । छाला स्वस्थ र राम्रो भएकाले म कम मेकअप प्रयोग गर्छु । म मिनरल मड मास्क प्रयोग गर्छु जसले छाला सफा र स्वस्थ रहन्छ । यसबाहेक बडी मोस्चराइज गर्नुका साथै भिटामिन 'सी' को ट्याबलेट्स पनि खान्छु ।
फिटनेस
म एकदम धेरै वर्क आउट त गर्दिन तर आफ्नो छालाको विशेष ख्याल राख्छु । म केही सेलेक्टेड ब्रान्डका सरसामान प्रयोग गर्छु । आफ्नो स्किन टाइपको हिसाबबाट नै मुहारको हेरचाह गर्छु । मेरो खानपिन सिम्पल छ । म धेरै पानी पिउँछु । जुस र तरलपदार्थ पनि बढी मात्रामा सेवन गर्छु । क्रन्च र मिड एअर साइकिलिङ पेट घटाउने राम्रो व्यायाम हो ।
फिक्स वर्ट आउट रुटिन ।
कुकिङमा एपि्रकट ओयलको प्रयोग
धेरै मात्रामा पानी ।
कुनै फिक्स डाइट रुटिन छैन ।
 स्न्याक्समा पिज्जा, पकौडा, वर्गरका साथै चाइनिज तथा जापानिज फिस स्टार्टर्स ।

सोनम कपूर
फ्याट टु फिटको रहस्य नियमित एक्सरसाइज । यसमा कार्डियो भ्यास्कुलर, स्ट्रेच र बि्रथिङ एक्सरसाइज समावेश छ । डाइटिङ गरिँदैन ।
लिक्विडमा धेरै मात्रामा पानी, गि्रटी पट जुस ।
 रेड मिट र ट्रान्स फ्याट -केक, कुकिज, बिस्कुट आदि) बाट परहेज ।
 प्रोटिन रिच डाइट अर्थात् सोया, चिकेन, अण्डा, माछा, पनीर, टोफु

आदिलाई प्राथमिकता ।
सुत्नुभन्दा दुई-तीन घन्टाअघि डिनर ।

शिल्पा सेट्टी
बिहान उठेर सबैभन्दा पहिले म अनुहारलाई मनतातो पानी र त्यसपछि चिसो पानीले धुन्छु । त्यसपछि मोस्चराइजर र आइक्रिम लगाउँछु । राति ओलिभ आयल, बेबी आयल तथा बायो आयलले मसाज गर्छु र तातो कपडाले पुछ्छु । म ब्रान्डेड लिक्विड आइलाइनर, फाउन्डेसन, पाउडर, मस्कारा एवं लिपिस्टिक प्रयोग गर्छु । मलाई स्पा पनि अत्यन्त मन पर्छ । म प्रायः डिप टिस्यु मसाज तथा नियमित योग गर्छु । यसबाट मन-मस्तिष्क दुवैलाई आराम प्राप्त हुन्छ ।

फिटनेस
दैनिक डान्स गर्नु मेरो फिटनेसको रहस्य हो । एउटा राम्रो र प्रभावकारी वर्क आउटपछि म स्पामा डिप टिस्यु मसाज गर्न रुचाउँछु । यसबाट स्किनको पोर्स खुल्छ र शरीरबाट टक्सिन बाहिर निस्कन्छ । यसबाट थकान पनि हट्छ । यसबाहेक फिटनेसका लागि म पावर योगा पनि गर्छु । मनतातो पानीले अनुहार धुन्छु  र तुरुन्तै चिसो पानी छर्किन्छु । यो अनुहार धुने सर्वोत्तम विधि हो । फिटनेस र कब्र्सको रहस्य हो सन्तुलित डाइट र सातामा तीन पटक जिम । ब्रेकफास्ट -वर्क आउट गरेपछि) मा चिया वा दलिया । त्यसपछि प्रोटिन सेक, दुईवटा छोहारा र ८-१० वटा किसमिस । लन्चमा एउटा रोटी, तरकारी -रिफाइन्ड तेलमा बनाइएको), चिकेन र दाल । गुलियोमा कुल्फी र चकलेट । साँझको खाजामा सोया मिल्क -भटमासको दूध) वा ग्रीन टी र अमलेट । डिनरमा लेटयुस सलाद, अनार वा स्याउ ।

गहना रोजाइ
शिल्पा सेट्टीलाई मनपर्ने गहना ककटेल रिङ हो । शिल्पाका अनुसार यो रिङ अलग-अलग साइजको अनकट डायमन्डबाट बनेको हुन्छ र घुमाउँदा यसको आकार बदलिन्छ जसले यो रिङलाई विशेष बनाउँछ । यति मात्र नभई शिल्पा डायमन्ड र एमेरल्डका इयरिङको पनि सौखिन हुन् । शिल्पा आफ्ना सम्पूर्ण गरगहना फेमिली ज्वेलरबाट खरिद गर्छिन् । शिल्पालाई सुनका गहनाप्रति पनि उत्तिकै रुचि छ । उनी गोल्डेन ज्वेलरी, क्याजुयल र ट्रेडिसनल दुवै अवसरमा लगाउँछिन्् । हीरा उनलाई अत्यन्त मनपर्छ । शिल्पा हीरालाई आफ्नो बेस्ट प|mेन्ड मान्छिन् । कैफ
दीपिका पादुकोण

क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ मेरो छालाको रेगुलर स्किन केयर रुटिन हो । स्वस्थ स्किनका लागि माइल्ड क्लिजिङ जरुरी छ । त्यसैले म जेन्टल सोप र माइल्ड प्रोडक्ट्स प्रयोग गर्छु । म बढी मेकअप गर्दिन । मोस्चराइजर लिपवाम र न्यूट्रल फाउन्डेसन लगाउँछु । म रेग्ाुलर फेसियल गर्दिन तर क्लिनअप गराउँछु । सुत्नुपूर्व मेकअप उतार्न बिर्सिन्न । मेरो दृष्टिकोणमा स्वस्थ शरीर सबैको प्राथमिकता हुनुपर्छ । यसबाहेक सकारात्मक धारणा पनि अन्यन्त आवश्यक छ ।

फिटनेस
परफेक्ट फिगरका लागि एक्सरसाइज र डाइटको कम्बिनेसन ।
घरमा बनेको खाना । राति भात र मासुमा परहेज ।
बिहानको नास्तामा डोसा, उत्तपम, इडली, परौंठा । कहिलेकाहीँ ननभेज नास्ता ।
लन्चमा दुईवटा रोटी, तरकारी, दाल, भात र सलाद । कहिलेकाहीँ थाइ फुड र डेजर्टमा चकलेट ।
डिनरमा सलाद र सब्जी ।

ऐश्वर्या राय
मेरो सुन्दरताको रहस्य हो-स्वस्थ जीवनशैली । म जंक फुड, स्मोकिङ, डि्रङक्स आदिबाट टाढै रहन्छु । ती सबैको साटो प|mुट्स, भेजिटेबल्स, डेयरी प्रोडक्टस पर्याप्त मात्रामा लिन्छु । दिनभरिमा ८ गिलास पानी पिउँछु । मानव शरीरका लागि पानी बढी आवश्यक हुन्छ, चाहे त्यो प|mुट्स, अरु प|mुट्स भेजिटेबल, जुस आदिबाट नै किन प्राप्त नहोस् । म यो कुरामा विशेष सजग रहन्छु । म ब्युटीका लागि होममेड प्रोडक्ट्स बढी प्रयोग गर्छु, जस्तै दूध, बेसन, दही काँक्रा आदि । यसबाट स्किन मोस्चराइज हुनुका साथै हेल्दी पनि रहन्छ । म जिममा वर्क आउट गर्छु  साथै सकारात्मक सोच, योग एवं ध्यानका माध्यमबाट मनलाई शान्त राख्छु । यसले छालालाई सुन्दर र स्वस्थ  बनाउँछ । सुन्दर एवं स्वस्थ छालाका लागि वेसिक हाइजिन र पर्याप्त निद्रा अति आवश्यक छ साथै थ्री स्टेप्स स्किन केयर रुटिन पालना गर्नुपर्छ, क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ ।

मलाइका अरोरा खान
म सुटिङ नभएका बेला मेकअप गर्दिन, मोस्चराइजर मात्र लगाउँछु । म प|mेस, क्लिन र नेचुरल ग्लोमा विश्वास गर्छु र त्यसका लागि मोस्चराइजिङ सबैभन्दा राम्रो एवं प्रभावकारी उपाय हो । यसबाट छालाको सुन्दरता बढ्नुका साथै फुर्ती पनि झल्कन्छ । छाला स्वस्थ र सफा भएकाले म अत्यन्त कम मेकअप प्रयोग गर्छु । मस्कारा प्रयोग गर्न मन पराउँछु । मेरो आइल्यासेज लामो र बाक्लो छ, मस्कारा लगाउँदा ती अझ सुन्दर देखिन्छन् । म गालामा ब्लसअन लगाएर हाइलाइट गर्छु ।

फिटनेस
फिटनेसको रहस्य डान्स र सातामा तीन पटक जिम ।
बिहानको प्रारम्भ एक लिटर मनतातो पानी, मह र कागतीको रससहित ।
डाइट मन्त्र ब्रेकफास्ट किङ -राजा) को जस्तै, लन्च पि्रन्स -राजकुमार) को  जस्तै र डिनर सोल्जर -सिपाही) को जस्तै । नास्तामा ताजा फल र इडली, पोहा, दलिया । दिउँसोको खानामा ब्राउन वा रेड राइस, दुई थरी तरकारी, चिकेन वा फिस र एउटा बाउल स्प्राउट सलाद । साँझको खाजामा पिनट बटर स्यान्डबीच वा बिहानको नास्ताजस्तै । डिनरमा सुप, सलाद, लाइट मिल, म्याचिङ नट्स र प|mुट्स ।

गहना रोजाइ

हट र सेन्सेसनल मलाइकालाई मनपर्ने ज्वेलरीमा फराह खान कलेक्सनको सुन्दर विङ तथा रुवी एमराल्ड जडिएको सुन्दर सोलिटिर हो । यसबाहेक ट्रेडिसनल एन्टिक गोल्ड र जडाउ कंगन पनि उनको फेभरेट हो । मलाइका प्रायः भारतमै ज्वेलरी खरिद गर्छिन् । उनलाई ट्रेडिसनल इन्डियन ज्वेलरी विशेष मन पर्छ । उनको कलेक्सनमा आधुनिक र कन्टेम्परी ज्वेलरी पनि छ । ट्रेडिसनल ज्वेलरी खरिद गर्दा उनलाई पूरा सेट नै खरिद गर्न मन लाग्छ अर्थात् उनी टाउकोमा लगाउने हेयर पिनदेखि खुट्टामा लगाउने बिच्छीसम्म खरिद गर्न रुचाउँछिन् । वेस्टर्न लुकका लागि उनी एक वा दुई स-साना पिस लगाउँछिन् ।

पि्रयंका चोपडा
सुटिङ, फोटो सुट्स आदिका कारण हामीले सधैं मेकअप गर्नुपर्ने हुन्छ तर सुटिङ नहुँदा म क्रिम मात्र लगाउँछु । पब्लिकमा नहुँदा पनि म अत्यन्त कम मेकअप अर्थात् आइलाइनर, ब्लसर र लिपिस्टिक मात्र प्रयोग गर्छु । म आफ्नो छालामा बढी एक्सपेरिमेन्ट गर्दिन । पानी प्रशस्त पिउँछु र मल्टी भिटामिन लिन्छु । छाला सफा गरेपछि टोनिङ र मोस्चराइजिङ गर्छु । समय प्राप्त भए फेसियल गर्छु । नियमित रूपमा केशमा तेल हाल्छु । कन्डिसनिङ पनि गर्छु र दुई महिनामा एकपटक केश टि्रम गर्छु । राम्रो ब्रान्डको हेयर प्रोडक्ट्स प्रयोग गर्छु । म खानाप्रेमी भएकीले डाइटिङ गर्न सक्दिन तर हेल्दी डाइट्समा भने सजग रहन्छु । म लुक, स्टाइल, हेयर होस् वा आउटफिट अथवा मेकअप सबैमा आरामदायी छ-छैन विचार गर्छु ।

फिटनेस
नियमित वर्क आउट गर्दिन । सातामा केही दिन एक घन्टा जिम ।
स्वस्थ रहनु तर भोको रहेर पातलो हुनु फिटनेस मन्त्र होइन ।
योगबाट तनमनलाई तन्दुरुस्त राख्छु ।
तेल, गुलियो र मसलेदार खाना धेरै कम खाने । खानामा रोटी, हरियो सागपात, सुप, सलाद र भात । धेरै पानी र फलफूल । सप्ताहान्तमा चकलेट डेजर्ट, केक र तन्दुरी स्टफ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out