सेफको करिना प्रेम

नायक सेफ अलि खानले पत्नी अमृता सिंहसँग विवाहको १३ वर्षपछि सम्बन्धविच्छेद गरी करिना कपुरसँग बुढेसकालमा प्रेम कस्न पुगेको त अब पुरानो भइसक्यो ।
प्रेमसम्बन्धले नै सात वर्ष मनाइरहेका बेला खान प्रेमिकाप्रति कतिबिध्न मोहित भएका रहेछन् भन्ने हालै उनैले दिएको एक प्रतिक्रियाले स्पष्ट पारेको छ । सेफले कोही पनि करिनासँग हिँडेको वा अनस्त्रिmन रोमान्स गरेको देखे भने उसलाई मारिदिऊँजस्तो हुने बताएका छन् ।
हालै नायिका प्रीति जिन्टाद्वारा सञ्चालित एक टेलिभिजन च्याट सोमा आफ्ना मनका कुरा खोल्ने क्रममा पतौदीका दसौं नवाफ सेफले भने, 'त्यो समय जतिबेला करिनाको हात कुनै अभिनेताले समातेको वा प्रेम दर्साइरहेको देख्छु, ममा उसलाई मारिदिऊँ कि जस्तो भावना पलाउँछ । मलाई लाग्छ, करिनालाई पनि त्यस्तै हुँदो हो ।' सेफले आफू करिनाप्रति अति ईष्र्यालु भए पनि त्यस्तो भावना स्वतः आउने गरेको स्विकारे ।
तर केही समयअघि नै करिनाले यस्तै जिज्ञासामा सेफले कुनै नायिकासँग अनस्त्रिmन रोमान्स गर्दा आफूलाई जलन नहुने टिप्पणी गर्दै भनेकी थिइन्, 'त्यो त हाम्रो पेसाको एक अंश हो नि । समस्या ल्याउने कुरै भएन । म हरेक फिल्मलाई फिल्मकै रूपमा हेर्छु न कि हाम्रो जीवनकै एक हिस्सा ।' करिना पनि शाहिद कपुरसँगको आफ्नो प्रेमसम्बन्धलाई एकाएक टुंग्याउँदै सेफसँग जोडिएकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out