नेपाली अभिनेता श्रीकृष्ण श्रेष्ठले भारतीय काँग्रेस महासचिव राहुल गान्धी प्रमुख अतिथि रहेको एक कार्यक्रममा विशेष अतिथिका रुपमा आसन ग्रहण गर्न पाउने अवसर पाएका छन् । मुम्बइमा अर्को साता हुने शारीरिक सुगठन (वडिविल्डिङ) प्रतियोगिताको समारोहमा हिरो श्रीकृष्णलाई अतिथिका रुपमा निम्तो दिइएको छ । सोही समारोहमा भारतीय शिव सेना प्रमुख बाल ठाकरे पनि सहभागि हुनेछन् ।
एकसाता लामो मुम्बइ दौडानका क्रममा श्रीकृष्णले यस्तो मौका पाएका हुन् । ‘गतवर्ष आयोजक साथीहरू नेपाल आएको बेला भेट भएको थियो’ मेरोसिनेमासँग श्रीले भने, ‘उहाँहरूले जसरी पनि आउनैपर्छ है भनेर निम्तो पठाउनुभएको थियो, त्यही निम्तो मान्न जान लागेको हुँ ।’ समारोहमा भाग लिन श्रीकृष्ण शुक्रबार मुम्बइ उड्दैछन् । उनले कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
यसबाहेक उनी, मुम्बइमा आप्रवासी नेपालीले आयोजना गर्ने दुई बेग्लाबेग्लै सांस्कृतिक कार्यक्रममा सहभागि हुनेछन् । ती कार्यक्रममा श्रीकृष्णले उनीसँग केमेष्ट्री मिलेको ठानिएकी हिरोइन श्वेता खड्कासँग कम्मर मर्काउनेछन् । गायिका कोमल वलीपनि जाँदैछिन् । कार्यक्रममा ‘कहाँ भेटिएला’ हिरोले शारीरिक सुगठन प्रतियोगितालाई पनि नजिकबाट नियाल्नेछन् ।
किन अघिपछि ?
रोचक त, मुम्बइ जानका लागि श्रीकृष्ण र श्वेता सँगै नजाने भएका छन् । श्रीकृष्ण शुक्रबार र श्वेता शनिबार जाने भएका हु्न । पछिल्लो समय यो जोडीको सम्बन्धलाई लिएर गाइँगुइँ चलिरहेको बेला एउटै थलोमा जान एकदिन अघि र पछि जानेभएपछि नयाँ आशंकाहरू सुरु भएका छन् । यसबारे श्वेतालाई सोध्दा श्रीकृष्णको त्यहाँ अरुपनि काम भएकाले उनी एकदिन चाँडो जान लागेको बताइन् । तर, श्रीकृष्णले भने आइतबार अघि खासै काम नभएको बताए । किनभने स्वदेशमा जुनसुकै कार्यक्रम र गेट–टुगेदरमा श्वेतासँगै देखिने श्रीकृष्णको यो मुम्बइ उडानले भने संशय पैदा गर्नु स्वभाविक पनि हो ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago