लामो आयु चाहिए खुस रहनुस्

शोधकर्ताहरुका अनुसार यदि तपाई लामो उमेर बाँच्न चाहनु हुन्छ भने खुस रहनु आवश्यक छ । युनिभर्सिटी कलेज लण्डनको नेतृत्वमा पाँच वर्षसम्म लगाएर गरिएको अध्ययनबाट यो तथ्य फेला परेको हो । अध्ययनअनुसार खुस रहनेहरु बढी बाँच्ने गर्दछन्
अध्ययनबाट जीवनका लागि सकारात्मक सोच राख्नेहरु अल्पायुमै मर्ने खतरा ३५ प्रतिशतसम्म कम हुनेसमेत तथ्य फेला परेको छ ।
युनिभर्सिटी कलेज लण्डनका मनोविज्ञानका प्राध्यापक एन्ड्रयु स्टेपटोले डेली एक्सप्रेसलाई बताएअनुसार यो अध्ययनको नतिजाबाट वृद्धवृद्धाको राम्रो हेरविचार हुनु आवश्यक छ ।
यसअघि पनि केही अध्ययनबाट सकारात्मक सोच राख्दा प्रतिरक्षा क्षमता बढ्ने तथ्य फेला परेको थियो । यसबाट राम्रो स्वास्थ्य र लामो जीवनको सम्भावना बढ्ने गर्दछ ।
यो अध्ययनमा ३८ सय जनालाई सहभागी गराइएको थियो । तिनै सहभागीहरुलाई प्रसन्नताको दैनिक आधारमा अंक दिइयो । उनीहरुको लिङ्ग, उमेर, स्वास्थ्यसम्बन्धी व्यवहार अध्ययन गरेर जो बढी खुस थिए उनीहरुको चाँडै मृत्यु हुने आशंका ३५ प्रतिशतसम्म घटेको थियो ।
प्राध्यापक एन्ड्रयु स्टेपटोका अनुसार प्रसन्नता र लामो आयुबीचको सम्बन्धका लागि विभिन्न जैविक प्रक्रियाहरु जिम्मेवार रहन सक्छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out