छोरीको विहेमा भुवनको काइदा !

अभिनेता भुवन केसी पछिल्लो समय जेठी छोरीको विहेलाई लिएर चर्चामा छन् । आगामी मंसिर दोस्रो साता भुवन पुत्री काजोलको विहे हुँदैछ । काजोल दसैंदेखि सिनामंगलस्थित भुवनकै घरमा छिन् जो टीका थाप्न दसैंअघि काठमाडौं आएकी थिइन् । नेपालीमूलका अमेरिकी एक युवकसँग विहे गर्न लागेकी काजोलको यसअघि नै अमेरिका रहँदै इन्गेजमेन्ट भैसकेको छ ।
खासगरी उट्पट्याङ कामले गसिपका पात्र बनिरहने भुवन यतिबेला सिनेमाभन्दा छोरीको विहेको तयारीमा व्यस्त छन् । रोचक कुरा त, भुवनको घरबाटै धुमधामपूर्वक बाजा बजाएर उक्त विहे हुँदैछ । वर्षौंअघि डिभोर्स भैसकेकी पत्नी विजया केसीतर्फकी छोरीलाई आफ्नै घरबाट विहे गरेर पठाउन लागेको कुराले धेरैजनाको ध्यान खिचेको छ । काजोललाई आफ्नै घरबाट विहे गराउने भुवनको योजनालाई धेरैले जेठी पत्नीसँग नजिकिने उपायका रुपमा बुझेका छन् ।
कान्छी पत्नी सुस्मितसँगको विच्छेदपछि पनि भुवन छोरा अनमोलसँगै रहँदै आएका थिए । जेठी पत्नी विजया लामो समयदेखि अमेरिकामा रहँदै आएकी छिन् । विजय कुनै समय नेपाल टेलिभिजनमा अंग्रेजी समाचार बाचन गर्थिन् । छोरीको विहेका लागि विजय काठमाडौं आउने÷नआउने निश्चित छैन । तर, डिभोर्स भैसकेकी श्रीमतीकी सन्तानलाई घरबाटै कन्यादान गर्ने भुवनको योजनामा कतै विजया नजिक हुने मेसो त लुकेको छैन ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out