सबेरै दीपिका गायब

दीपिका पादुकोण समकक्षी बलिउड नायिकामा अग्लीमा गनिन्छन् । जति आकर्षक उचाइ छ त्यति नै सुन्दर र आकर्षक शरीरका कारण उनको चर्चाले थप उचाइ लिने गर्छ । सफल डेब्यु फिल्म 'ओम शान्ति ओम' मै नायक शाहरूख खानसँग अभिनय गर्ने मौका पाएदेखि छोटो समयमै प्रसिद्धि कमाइरहेकी दीपिका आफ्नो स्वास्थ्यका लागि कति कटिबद्ध रहेछिन् भन्ने हालै खुलासा भएको छ ।

कुरा फिल्म 'देशी ब्वाइज' को लन्डन सुटिङको हो । जब फिल्म युनिट सबेरैदेखि छायांकनका लागि व्यस्त हुन्थ्यो, नायिका दीपिका भने एक घन्टा कतै हराउँथिन् । फिल्म युनिटले पनि सायद वयस्क युवती यसरी हराउनुलाई खासै नौलो ठानेनन् र व्यक्तिगत विषयलाई केरकार गर्न पनि चाहेनन् । यस कारण कि २५ वर्षीया यी नायिकाले आफ्नै कारणले कहिल्यै पनि सुटिङमा अवरोध आउन दिइनन् र भनेको समय भन्दा कहिल्यै ढिलो पनि गरिनन् ।
हराउनुको रहस्य भने अर्कै रहेछ । 'म सधैं बिहान ६ बजेदेखि एक घन्टा साइक्लिङका लागि निस्कन्छु,' दीपिकाले भनिन्, 'लन्डनको अक्सफोर्ड स्टि्रट र अबे रोडमा निस्कँदा कसैलाई भनिरहनुपर्ने आवश्यकता नठानेकाले पनि युनिट भ्रममा परेको रहेछ ।' सुटिङमा रहँदा दीपिकाको अनुशासित जीवनशैलीले पनि युनिटका सबैलाई प्रभावित पारेको स्रोतको दाबी छ । खाली समयको सदुपयोग गर्ने उनको तरिका र परेका बेला १८ घन्टासम्म पनि लगातार काम गर्ने जाँगरको युनिटले प्रशंसा नै गरेको थियो ।
'फिल्म युनिट नै उनको प्रतिबद्धतामा नतमस्तक हुने गथ्र्यो । उनमा विचित्रको शारीरिक तन्दुरुस्ती देखिन्थ्यो,' उनीसँगै काम गरेका एकले भने । उनका अनुसार पनि दीपिका सामान्य र स्वस्थकर खानेकुरामा बढी जोड दिने गर्छिन् । जोन अब्राहम, अक्षय कुमार, चित्रांगद सिंहको समेत अभिनय रहेको 'देशी ब्वाइज' मा सोनाम कपुर र अनुष्का शर्माले खेल्न नमानेपछि दीपिकाले मौका पाएकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out