म पुरुषभन्दा केहीमा पनि कम छैन

म पुरुषभन्दा कुनै मामलामा पनि कम छैन । म कोही पुरुषसँग हेपिएर, दबिएर बस्न सक्दिनँ । म निर्माता पनि भएकीले अव्यावसायिक र कामप्रति गैरजिम्मेवार व्यक्तिसँग मेरो कुरा मिल्दैन । निखिल उप्रेती, विराज भट्ट हुँदै आर्यन पनि अव्यावसायिक भए ।
अभिनेत्री रेखा थापा अचेल निकै खुसी छिन् रे । उनी खुसी हुनुको मुख्य कारण हो- अन्दाजको सफलता । एकसाथ रिलिज भएका तीन फिल्ममध्ये आफू अभिनीत अन्दाज दर्शकले मन पराएर हिट बनाइदिएका कारण रेखा पुलकित भएकी हुन् । रेखा फिल्मस्, आयुष फिल्मस् र फिल्म वल्र्ड नेपालले संयुक्त रूपमा निर्माण गरेको अन्दाज दसैँको ताकमा फूलपातीको दिनदेखि मोफसल र विजयादशमीको अर्काे दिनदेखि राजधानीमा प्रदर्शन गरिएको थियो । रेखाले अन्दाजमा स्वाभिमानी सोचकी सहरिया युवती र मुस्ताङकी टुहुरी थकाली युवती गरी दोहोरो भूमिका निभाएकी छिन् ।
अन्दाजको 'रेस्पोन्स' कस्तो पाइरहनुभएको छ ?
एकदमै राम्रो । अन्दाज राजधानी र मोफसलमा गरी चार दर्जनभन्दा बढी हलमा रिलिज भएको छ । मुख्य स्टेसनहरूमा रिलिजदेखि आजसम्म पनि अन्दाजको व्यापार उस्तै छ । आफ्नो फिल्म राम्रो चलेको सबैले दाबी गर्छन् । तर, अन्दाज कत्तिको चलेको छ भन्ने कुरा हलमा पुग्ने जोकोहीले पनि जान्न सक्छ ।

विगतका फिल्मजस्तो अन्दाज राम्रो चलेको छैन भन्ने सुनिन्छ नि ?
त्यस्तो होइन । अन्दाज दर्शकले निकै मन पराएका छन् । हाम्रो फिल्मसँगै लागेका अरू दुई फिल्म र अन्दाजको व्यापारमा आकाश-जमिनको अन्तर छ । अन्दाजले हाम्रा विगतका फिल्मको रेकर्ड तोड्न आँटेको छ । हाम्रो फिल्म चलेन भनेर जो व्यक्तिले हल्ला पिटाउने कोसिस गरेको छ, तिनीहरू आफ्नो फिल्म फ्लप भएकोे चिन्ताले रन्थनिएका छन् । उनीहरू होस गुमेको अवस्थामा बर्बराएका मात्र हुन् । आफ्नो फिल्म फ्लप भए फ्लप भन्न हामीलाई अप्ठ्यारो लाग्दैन । र, हिट भएको फिल्मलाई हिट भन्न पनि असहज लाग्दैन । तर, यहाँ सुपरफ्लप फिल्मलाई पनि हिट भनेर झुट बोल्नेहरू हाबी हुन खोजेका छन् । कसैले पनि गधालाई गाई भन्नुहुन्न । फ्लप भएपछि फ्लप भन्न के लाज मान्नु ? हामी जे छ त्यही भन्छौँ । हाम्रो फिल्म हिट भएको छ ।

एकैसाथ अन्दाज, मेरो लभ स्टोरी र म तिम्रो भइसकेँ गरी तीन फिल्म रिलिज भएका थिए । दुई फिल्मसँग भिड्नुपर्दा अन्दाजलाई कत्तिको असर पर्‍यो ?
हामीलाई ती फिल्मले कुनै असर पार्न सकेका छैनन् । हाम्रो फिल्ममा दर्शकको भीड अहिले पनि उस्तै छ । हामी आमनेपाली दर्शकका लागि फिल्म बनाउँछौँ । नेपाली दर्शकले के खोज्छन्, त्यो हामीले बुझेका छौँ ।

तपाईंहरूले निर्माण गरेको फिल्म अहिलेसम्म फ्लप नभएको हो ?
हो, हामी आमनेपाली दर्शकको भावनाको कदर गरेर फिल्म बनाउँछौँ । हामी मिहिनेत धेरै गर्छौं । दर्शकलाई मनोरञ्जन दिनका लागि कुनै कुरामा कम्प्रमाइज गर्दैनौँ । हाम्रो ब्यानरले झारेझुरे फिल्म बनाउँदैन भन्ने विश्वास दर्शकको छ । त्यसकारण हामी दर्शक ठग्ने, झुक्याउने काम कहिल्यै गर्दैनौँ । यही कारणले अहिलेसम्म हाम्रो ब्यानरमा बनेको फिल्म असफल भएको छैन । र, मलाई विश्वास छ, आगामी दिनमा पनि सफल नै भइरहनेछौँ ।

मेरो लभ स्टोरीमा तपाइर्ंकै ब्यानरबाट 'ब्रेक' पाएका आर्यन सिग्देल प्रमुख भूमिकामा छन् । आफूले 'ब्रेक' दिएको कलाकारको फिल्म असफल हँुदा तपाईंलाई दुःख लागेको छैन ?
आफूले जन्माएको कलाकार सधैं सफल होस् भन्ने कामना त हुन्छ तर यो सबै व्यक्ति स्वयंमा भर पर्ने कुरा हो । आर्यनको मेरो लभ स्टोरी मात्र होइन, त्यसअघिका फिल्म पनि फ्लप भएका छन् । यसमा मलाई दुःख होइन दया लागेको छ । आर्यनले खेलेका जति पनि फिल्म रिलिज भएका छन्, रेखा फिल्मस्को बाहेक अरू सबै फिल्म असफल भएका छन् ।

आर्यन रेखा फिल्मस्को किस्मत, हिफाजत र कसले चोर्‍यो मेरो मन, तीन फिल्ममा लगातार देखिए । त्यसपछि उनलाई रेखा फिल्मस्ले लिन किन छाड्यो ? विवाद भएको हो ?

विवाद भएको होइन । आफूले जन्माएको कलाकारसँग विवाद गर्ने, इगो राख्ने कुरै हुँदैन । कुनै शिक्षकले आफ्नो विद्यार्थीप्रति इगो राख्छ र ? हामीले उनलाई एकपछि अर्काे गरी निरन्तर लिएका हौँ । उनी हिरो बन्नका लागि वषर्ांैदेखि संघर्ष गरिरहेका थिए । हामीहरूले उनलाई एउटा मात्र चान्स दिएनौँ, लगातार तीनवटा फिल्ममा काम दियौँ । हाम्रो फिल्म हिट भएकाले उनले बाहिरी फिल्ममा बिस्तारै काम पाउन थाले । बाहिरका एक-दुईटा फिल्म हात पर्नेबित्तिकै उनी निकै मात्तिए ।

भनेपछि रेखा फिल्मस्को ब्यानरमा आर्यनको 'रि-इन्ट्री' हुने सम्भावना छैन ?
रेखा फिल्मस्को नजरबाट बाहिरिएको व्यक्तिको 'रि-इन्ट्री' हुने सम्भावना निकै कम हुन्छ । आर्यनको मामलामा कुरा गर्नुपर्दा यो घोषणा नै हो कि आर्यनलाई रेखा फिल्मस्ले अब कहिल्यै पनि लिने छैन ।



उसो भए अहिले रेखा फिल्मस्को प्यारो हिरो को त ?

प्यारो भनेर प्रतिभाविहीनलाई काखी च्याप्ने काम गदर्ैनौँ हामी । सबै सञ्चारकर्मी तथा दर्शकले अन्दाजमा देखिसकेका छन् कि त्यहाँ एकजना नयाँ प्रतिभाले डेब्यु गरेका छन् । ती हुन्, सविन श्रेष्ठ । रेखा फिल्मस्ले उनलाई अन्दाजलगत्तै रावणमा पनि मौका दिएको छ । सविनको काम दर्शकले मन पराएको प्रमाणित भइसकेको छ । सविनबाहेक कसले चोर्‍यो मेरो मनका किशोर खतिवडा पनि हाम्रो पहिलो रोजाइ र प्राथमिकतामा छन् ।
तपाईंको धेरैजना हिरोसँग पानीबाराबार छ, जस्तो पहिला निखिल उप्रेती, विराज भट्ट हुँदै आएर अहिले आर्यन सिग्देल, खास कारण के हो ?

म २१औँ शताब्दीकी नारी हुँ । म पुरुषभन्दा कुनै मामलामा पनि कम छैन । म कोही पुरुषसँग हेपिएर, दबिएर बस्न सक्दिनँ । म निर्माता पनि भएकीले अव्यावसायिक र कामप्रति गैरजिम्मेवार व्यक्तिसँग मेरो कुरा मिल्दैन । निखिल उप्रेती, विराज भट्ट हुँदै आर्यन पनि अव्यावसायिक भए । उनीहरूले मै ठूलो, मै हिट भन्ने अहंता देखाए । उनीहरूको अहंताप्रति नतमस्तक हुने नारी होइन म । मैले उनीहरूमध्ये केहीलाई आफ्नो फिल्मबाट निकालेँ र कुनैसँग फिल्म खेल्न मानिनँ । त्यसकारण उनीहरूले नै मनमुटाव साँधेका हुन् । मैले इगो राखेकी छैन ।

प्रसंग बदलौँ, नेपाली फिल्म कतिसम्मको बजेटमा बनाउनुपर्छ ?
बजार हेरेर लगानी गर्नुपर्छ । धेरै लगानी गरेर मात्रै राम्रो फिल्म बन्छ भन्ने ग्यारेन्टी छैन । हामीले आमदर्शकको मनोभाव बुझेर त्यहीअनुसारको फिल्म बनाउनुपर्छ । फिल्म पैसाले मात्रै बन्दैन । राम्रो, आमदर्शकले मन पराउने फिल्म बनाउन दर्शकको रुचि बुझ्नुपर्छ । कसले चोर्‍यो मेरो मन हिट भयो तर आमदर्शक हिम्मत, हिफाजत र अन्दाज नै चाहन्छन् । यी फिल्म सत्तरी लाखसम्ममा बन्छन् । मेरो फिल्म निकै एडभान्स्ड छ भनेर डेढ-दुई करोड लगानी गर्नेहरूको फिल्मको ताल देखिएकै छ नि । त्यसकारण समसामयिक परिवेशमा बजारअनुसारको फिल्म बनाउनुपर्छ ।

कस्तो फिल्म दर्शकले मन पराउँदा रहेछन् ?
नेपाली समाजमा भइरहेका घटनालाई फिल्ममा उतार्नुपर्छ । हरेकले फिल्मभित्र आफू र आफ्नो समाज खोज्छ । हामीले बनाएका हरेक फिल्म दर्शकको चाहनाअनुरूपका छन् । त्यसकारण हामी सफल छौँ ।
प्रस्तुति : लक्ष्मण सुवेदी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out