घट्दै छ जागिरेहरूको रुचि

काठमाडौ, पुस २ - यौनमा रुचि नराख्ने व्यक्ति विरलै हुन्छन् । अरूका अघिल्तिर यौन शब्द सुन्नासाथ शरम वा हेयको भाव देखाउनेहरूमध्ये धेरैजसो एकान्तमा त्यही शब्द सुन्न लालायित हुन्छन् । तर अचेल यौनको सुखानुभूति समाप्त हुँदै गइरहेको छ । अनुसन्धाताहरू यसै भन्छन् ।
जागिरेहरुले यौनलाई यथोचित समय दिन भ्याइरहेका छैनन् । कार्यालयमा बस्दाबस्दै उनीहरूबाट आयुसँगै यौनेच्छासमेत फुत्केर गइरहेको छ । एउटा सर्वेक्षणमा के पाइएको छ भने कामकाजी व्यक्तिहरूमध्ये ८० प्रतिशतको जीवनको लामो समय कार्यालयमा बस्दाबस्दै सकिन्छ र उनीहरू यौनबाट वञ्चित रहन्छन् ।
कार्यालयमा निरन्तर काम गर्नेहरुको यौनजीवन प्रभावित हुने विभिन्न अनुसन्धानले प्रस्ट पारेका छन् । त्यस अनुसार, धेरै समयसम्म एउटै ठाउँमा बसिराख्नाले ढाडको समस्या उत्पन्न हुन्छ ।
यसबाट थकान उत्पन्न हुन थाल्छ र यौनसम्पर्कमा संलग्न हुने इच्छा मर्दैमर्दै जान्छ । ढाडको हाडमा पर्ने दबाबले कसैको पनि यौनजीवनलाई प्रत्यक्ष प्रभावित गर्छ । 
अध्ययनमा के पनि पाइएको छ भने, विवाहित व्यक्तिहरू करिअरमा धेरै माथिल्लो स्थान प्राप्त गर्नका लागि लामो समयसम्म कुर्सीमा बसेर काम गर्छन् । यसले पनि अचेल धेरैजसो व्यक्तिहरुमा यौनेच्छा कम हुँदै गइरहेको छ । कुर्सीमा धेरै समय बस्नैपर्नेहरूले बेलाबेला उठेर जीउ तन्काउने गरे, कार्यालयमै सामान्य व्यायाम गर्ने गरे शरीरमा त्यति असर पर्न पाउँदैन ।
पुरुष किन सेक्सी देखिन्छन् ?
महिलाजस्तै पुरुषसमेत छालाको चमकका कारण सेक्सी र आकर्षक मानिन्छन् । जर्मनीको युनिभर्सिटी अफ गोटिनबर्गका अनुसन्धाताका अनुसार पिगमेन्ट -छालामा रंग प्रदान गर्ने वस्तु) को समान विस्तार भएको छाला बढी युवा देखिन्छ । रगतलाई रातो बनाउने हेमोग्लोबिनको कणले तपाईंलाई स्वस्थ र आकर्षक बनाउँछ ।
अध्ययन दलका प्रमुख बर्नहार्ड पिंक भन्छन्, 'स्वास्थ्य राम्रो हुनु र आकर्षक देखिनु मानवको सामाजिक पहिचानको मुख्य कारक हो । यसले कुनै व्यक्तिलाई जीवनसाथी बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । छालाले स्वास्थ्य आकर्षक/अनाकर्षक हुने प्रस्ट संकेत गर्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out