सागपातले दीर्घायु

के ९० वर्षको उमेरमा कसैले मृत्युलाई परास्त गर्न सक्छ ? ३० वर्षको उमेरदेखि नै तपाईं ढुंगे (पाषाण) युगको जस्तै खाना खाने गर्नुभएको छ भने यो सम्भव हुन्छ । 
जीव विज्ञानी प्रा. माइकल रोजका अनुसार अन्न र दुग्ध उत्पादनको सट्टा समुद्री भोजन, फलफूल, ड्राइप|mुट्स र सागसब्जी बढी खानाले तपाईंको उमेरमा ब्रेक लाग्न सक्दैन । यस्तो पदार्थ पाषाण युगमा हाम्रा पूर्वजहरू खाने गर्थे । क्यालिफोर्निया विश्वविद्यालयमा प्राध्यापनरत गर्ने रोजले यही कारण गहुँ, चामल जस्ता अन्न र दुग्ध उत्पादन खान छोडेका छन् । उनका अनुसार यस्ता अन्नको शरीरमा राम्रो प्रभाव दीर्घकालिक रूपले पर्दैन । रोजको यो खोज मानिसको जीवनकाल बढाउन सहयोगी हुने विश्वास गरिएको छ ।

तर केही वैज्ञानिकले रोजको खोजमा प्रश्न उठाएका छन् । रोजले बुढ्यौली हुनुको कारणबारे केही नबताएको उनीहरूको जिकिर छ । न्यु क्यासल विश्वविद्यालयको इन्स्िटच्युट अफ एजिङ एन्ड हेल्थका प्रा. टाम किर्क उड ठोकुवा गर्छन्, 'जीवनको अन्तिम समयमा बुढ्यौलीलाई वशमा राख्न सकिन्छ भन्ने कुरा भ्रामक छ ।'
जनसांख्यिक तथ्यांकहरूका अनुसार बढ्दो उमेर सामान्यतया ९३ वर्ष पुगेपछि स्थिर हुन्छ । ९९ वर्ष पुगेपछि ९३ वर्षका व्यक्तिको तुलनामा मृत्युको सम्भावना कम हुन्छ । प्रा. रोज भन्छन्, 'यो कुरा सुन्दा अवश्य अस्वाभाविक लाग्छ, तर यसको सम्बन्ध समयसँगै परिवर्तन हुने हाम्रो आनुवांशिक संरचनासँग छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out