महिला १०, पुरुष १९

पुरुषहरूको मस्तिष्कमा प्रत्येक सात सेकेन्डमा यौनबारे कुरा खेल्छ भन्ने मान्यता गलत रहेको नयाँ अनुसन्धानले देखाएको छ । 'जर्नल अफ सेक्स रिसर्च' मा प्रकाशित नयाँ अध्ययन परिणामअनुसार, पुरुषहरू एक दिनमा औसत १९ पटक रतिरागात्मक सोचाइमा समय व्यतीत गर्छन् ।  अर्थात्, प्रत्येक ५० मिनेटमा एकपटक ।
यौन चिन्तनमा पुरुषहरू महिलाको तुलनामा अगाडि रहेको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् । महिलाहरू प्रतिदिन कम्तीमा १० पटक त्यस्तो सोचाइमा भुल्ने गर्छन् । महिलाहरू यौनभन्दा खानपिनबारे बढी सोचमग्न हुने गर्छन् । 

यसबारे अध्ययनमा २ सय ८३ कलेज विद्यार्थीलाई सामेल गरिएको थियो । छात्रा १ सय ६३ जना थिए भने छात्र १ सय २० जना । सबैको उमेर उमेर १८ वर्षदेखि २५ वर्षसम्म थियो । उनीहरूलाई सोधिएको थियो, 'दिनहँु कतिपटक यौनबारे सोचाइ आउने गरेको छ ?'
छात्रहरूको औसत उत्तर रह्यो- १९ पटक । छात्राहरूले भनेअनुसार, उनीहरू औसतमा प्रतिदिन १० पटक यौन सोचाइमा रम्दा रहेछन् । अर्कातर्फ, उनीहरू दिनहुँ १५ पटक खानपिनबारे सोच्दा रहेछन् ।
१९ प्रतिशत भारतीय दिनहुँ
यौनक्रियाका मामिलामा भारतीयहरू रुचि बढ्दो क्रममा रहेको छ । पछिल्लो अध्ययनअनुसार १९ प्रतिशत भारतीय दिनहँु समागममा सामेल हुन्छन् । सातामा तीनदेखि पाँचपटकसम्म सहवासको इच्छा राख्ने भारतीयहरूको संख्यामा वृद्घ िभइरहेको छ ।
२० प्रतिशत भारतीय यौनक्रियामा सक्रिय रहने सर्वेक्षणले देखाएको छ । त्यो सर्वेक्षणमा एक हजार व्यक्तिसँग उनीहरूको यौन जीवनबारे प्रश्न गरिएको थियो । २६ प्रतिशतले आफूहरूले सातामा दुईदेखि तीन पटकसम्म यौनानन्द उठाउने गरेको बताए । १५ प्रतिशतले एकदेखि दुई महिनासम्म दुईपटक मात्रै यौनसम्पर्क राख्दा रहेछन् ।
पैसालाई महत्त्व दिँदा बिग्रन्छ दाम्पत्य
भनिन्छ, पैसाले सुबै सुख किन्न सक्छ । तर साँचो माया किन्न सक्दैन । नयाँ अध्ययनले यो भनाइको पुष्टि गरेको छ । त्यसअनुसार, पैसाप्रति आवश्यकताभन्दा बढी मोहले तपाईंको वैवाहिक सम्बन्धलाई बिगार्न सक्छ । यो अध्ययन प्रतिवेदन 'जर्नल अफ कपल एन्ड रिलेसन थेरापी' मा प्रकाशित छ ।
बढी भौतिकवादी दृष्टिकोण राख्ने वा पैसाको पछाडि लाग्नेहरूको वैवाहिक जीवन पैसालाई बढी महत्त्व नदिने जोडीको दाँजोमा निकै कम हाँसीखुसीले बित्ने अमेरिकी अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् । प्रा. जेसोन क्यारोल भन्छन्, 'यो धारणा सबै आय वर्गकालाई लागू हुन्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out