लण्डन । एउटा लोकप्रिय आम धारणाविपरीत एक तिहाई महिला आलिङ्गन मन पराउँदैनन् । जब कि अहिलेसम्म महिला आलिङ्गन मन पराउछन् भन्ने मानिदै आएको थियो।
एउटा नयाँ अध्ययन अनुसार पुरुष पुरुषहरु गला मिलाउन वा आलिङ्गन गर्न बढी मन पराउछन् तर तीनमध्ये एक महिला स्वयमलाई यो अवस्थामा असहज महशुस गर्दछन् र पुरुष साथी सिराउने डरले दबावमा यस्तो गर्दछन् ।
सुत्न जानुअघि ५५ प्रतिशत महिला आफ्नो पुरुष साथीलाई आलिङ्गनको अनुमति दिने गर्दछन् । दोस्रोतर्फ ४५ प्रतिशत महिला स्वीकार गर्छन् कि ओछ्यानमा आलिङ्गनबद्ध हुन मन पर्दैन, उनीहरु राम्रो निद्रा लिन चाहन्छन् ।
डेली मेलका अनुसार पाँचमध्ये एक महिलाका अनुसार उनीहरु ओछ्यानमा आफ्नो साथीसँग लामो समयसम्म शारीरिक सम्पर्कमा रहन चाहँदैनन् । महिलाहरुका अनुसार यसो गर्दा उनीहरु असहज महशुस गर्दछन् ।
एक तिहाई महिला साताभरमा केवल दुई पटक आलिङ्गनबद्ध हुने गर्दछन् । २० मध्ये एकभन्दा बढी महिलाका अनुसार उनीहरु मुस्किलले मात्रै कहिलेकाहिँ आफ्नो साथीसँग आलिङ्गनवद्ध हुन्छन् । यही १० मध्ये एक महिलाका अनुसार उनीहरु ओछ्यानमा आफ्नो साथीसँग अलिङ्गनबद्ध हुनुको सट्टा फेसबुक हेर्न मन पराउछन् । अध्ययनका अनुसार ३६ प्रतिशत बेलायती पुरुष भन्छन् कि रातको समय आलिङ्गन नभएका कारण शयनकक्षमा तनाव वा झगडाको स्थिति उत्पन्न हुन्छ । जब कि यस्तो भन्ने महिलाको संख्या मात्र २६ प्रतिशत छ ।
२२ प्रतिशत पुरुष पुरा रात आलिङ्गनबद्ध हुन चाहन्छन् । जब कि यस्तो चाहने महिलाको संख्या १८प्रतिशत मात्र छ । साइलेन्टनाइट कम्पनीले यो अध्ययन गरेको हो । कम्पनीका प्रवक्ता भन्छन्, आम धारणा छ कि महिलाहरु पुरुषका साथ आलिङ्गनबद्ध हुन मन पराउछन् तर हाम्रो शोधबाट यो स्पष्ट हुँदैन । एजेन्सी
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago