औषधि र यौन क्षमता

ओछ्यानमा राम्रो प्रदर्शनको लोभ कुन पुरुषलाई नहोला ? यो मोहमा परेर कतिपयले मन औषधि सेवनतिर लगाउँछन् । तपाईं पनि यस्तो चक्करमा पर्नुभएको छ भने सावधान भइहाल्नुस् । यस्ता औषधिको बढी उपयोगले तपाईंको रति प्रदर्शनलाई सधैंका लागि समाप्त हुन सक्छ ।

पछिल्लो अध्ययनअनुसार, यौन क्षमता बढाउने औषधिको नियमित सेवनले सुरुसुरुमा ओछ्यानमा सफल देखाए पनि कालान्तरमा तपाईंको यौन क्षमता घटाउन सक्छ । यो निष्कर्षमा पुग्नुअघि वैज्ञानिकहरूले 'सेक्स पावर बढाउने चक्की' उपयोग गर्ने साउथ क्यालिफोर्नियाका करिब ३७ हजार व्यक्तिमाथि सर्वेक्षण गरेका थिए । त्यसमा ४६ वर्षदेखि ६९ वर्षसम्मका व्यक्तिहरू सामेल थिए । तीमध्ये २९ प्रतिशत पुरुषले त्यस्ता औषधिको बढी उपयोगका कारण उनीहरूलाई धेरै प्रकारको 'इरेक्टाइल डिस्फङ्सन' -लिंग उत्थानमा समस्या) भएको

बताए ।

अध्ययन परिणामले के पनि स्पष्ट पार्‍यो भने यौन क्षमता बढाउने औषधि नियमित रूपमा सेवन गर्नेहरूलाई लिंगोत्थानमा कठिनाइ मात्र नभई उच्च बडीमास इन्डेक्स, मधुमेह, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप र अवसाद -डिप्रेसन) जस्ता समस्याले समेत ग्रस्त पार्छन् ।

अध्ययन दल प्रमुख डियाना सी लोडोन भन्छिन्, 'सर्वेक्षणको परिणामबाट हामीले थाहा पाएका छौं- दिनहुँ यौन क्षमता बढाउने चक्की सेवन गर्नेहरूले इरेक्टाइल डिस्फङ्सन र अन्य साइड इफेक्टहरूको सामना गर्नुपरिरहेको छ ।'
उक्त अध्ययनमा सामेलमध्ये ५७ प्रतिशत व्यक्तिहरू तिनभन्दा बढी किसिमका औषधि लिँदा रहेछन् । औषधिका अम्मलीहरूको उमेर बढेसँगै उनीहरूको लिने चक्कीको संख्यासमेत बढ्दै

जान्छ । सहभागीमध्ये ५० वर्षदेखि ५९ वर्षसम्म उमेर समूहका ५३ प्रतिशत व्यक्ति तीनभन्दा बढी प्रकारको औषधि उपयोग गर्नेमा पर्दा रहेछन् । ६० वर्षदेखि ६६ वर्षसम्म उमेर समूहमा यो संख्या बढेर ६६ प्रतिशत भयो ।

इरेक्टाइल डिस्फङ्सन यस्तो रोग हो, जसबाट विश्वभरिका पुरुष समस्यामा छन् । यसअघि गरिएको अध्ययनमा भनिएको थियो- विश्वभरिमा ६० वर्षभन्दा माथि उमेरका ३५ प्रतिशत

व्यक्ति इरेक्टाइल डिस्फङ्सनबाट ग्रस्त छन् ।

यौनको पनि उमेर हुन्छ

कम उमेरमा यौनसम्बन्ध राख्ने किशोरकिशोरीहरूको मानसिक विकास अवरुद्घ हुन्छ । ओहियो स्टेट विश्वविद्यालयअन्तर्गत कलेज अफ मेडिसिन्सका वैज्ञानिकहरूका अनुसार, किशोरावस्थामा तन्त्रिका प्रणाली विकासको प्रकृयामा हुन्छ । सँगै किशोरीको प्रजनन अंग समेत विकासको अवस्थामा हुन्छ । यस्तो बेला यौनसम्बन्धको व्यापक नतिजा देखिन सक्छ ।

कम उमेरमा यौनसम्बन्ध राख्नाले डिप्रेसनको स्तरसमेत बढी हुन्छ । यसैले किशोर वयमा यौनसम्बन्धबाट टाढै रहनुलाई राम्रो मानिएको हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out